• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

तस्करी गर्ने सशस्त्र, कारबाही भोग्ने सर्वसाधारण!

64x64
नारायण अधिकारी बुधबार, पुस २८, २०७८  १६:५३
1140x725
पीडित भनिएका द्रोण केसी र उनले छानबिनको माग गर्दै दिएको निवेदन।

काठमाडौं– सीमा सुरक्षा तथा तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बलको एक टोली नै तस्करीमा संलग्न भएको आरोपमा मुछिएको छ। दक्षिणी सीमा क्षेत्र नवलपसारी (पूर्व)को गैँडाकोट नगरपालिका–१०, पितौजीस्थित सशस्त्र प्रहरीको ३१ नम्बर गुल्मबाटै तस्करीका सामान भनेर बरामद गरेका सामानहरु बेच्ने गरेको आरोप लागेको छ। 

तस्करीमा सामान बोक्न लगाउने सशस्त्र प्रहरी अधिकारीले उन्मुक्ति पाएको तर, सामान बोक्ने आफू भने कारबाहीको भागिदार भएको भन्दै एक सर्वसाधारण न्यायका लागि करिब २ वर्षदेखि विभिन्न निकाय धाइरहेका छन्। 

घटना २०७६ चैतको हो। रा१च ९४३ नम्बरको टाटा एस गाडीका चालक ५० वर्षीय द्रोण केसीले हल्चोक क्षेत्रमा गाडी पार्किङ गरेर राख्दै थिए। त्यति नै बेला एक अपरिचत व्यक्तिले उनलाई सामान लिन नारायणगढसम्म जाने प्रस्ताव गरे। ‘फेन्सी सामान लिन जानुपर्ने र १५ हजार भाडा दिने भनेपछि म तयार भएँ’, द्रोणले नेपाल लाइभसँग भने, ‘नारायणगढ भनेर नवलपुर पुर्‍याए।’

उनका अनुसार २०७६ चैत १ गते राति साढे ८ बजेतिर सशस्त्र प्रहरीको ३१ नम्बर गुल्म (ब्यारेक) बाट लेडिज कपडा ८ बोरा लोड भयो। ‘ब्यारेकबाट एक सिपाहीले तलबाट सामान दिए, मैले गाडीमा मिलाएँ’, द्रोणले भनेका छन्।

महानगरीय प्रहरी वृत्त थानकोटले विमानस्थल भन्सार कार्यालयलाई पठाएको पत्र।

द्रोणलाई फेन्सी सामान भनेर सशस्त्रको ब्यारेकमा पुर्‍याएर सामान लोड गराउने व्यक्ति थिए, मकवानपुरका रामहरि लुँइटेल र दाङका मेघे राउत। द्रोणसँगै अर्को निजी कारमा उनीहरु पनि काठमाडौंबाट गैँडाकोटस्थित सशस्त्रको ब्यारेकसम्मै पुगेका थिए। सामान लिएर उनीहरु करिब ९ बजे राति गैँडाकोटबाट काठमाडौंका लागि हिँडे। रामहरि र मेघे निजी कारमा फर्किए भने द्रोणले सामान बोकेको गाडी हाँके। नागढुंगा चेकपोस्टमा आएपछि प्रहरीले द्रोणको गाडी रोक्यो। फेन्सी सामानको बिल माग्यो। 

‘सुरक्षाकर्मीको ब्यारेकबाट सामान लोड भएकाले मैले बिलबारे कुरै नगरी सामान बोकेको थिएँ। प्रहरीले बिल मागेपछि मैले बिल भएको मान्छे आउँदैछन् भनेर रामहरिलाई फोन गरेँ’, द्रोणले नेपाल लाइभसँग भने, ‘रामहरिले आइपुग्न लागेको भनेका थिए। तर, निकैबेर कुर्दा उनी आएनन्। त्यसपछि प्रहरीले सामान, गाडीसहित मलाई भन्सार कार्यालय बुझायो।’

बिना बिल बिजक भन्सार छलेर सामान ल्याएको भन्दै महानगरीय प्रहरी वृत्त थानकोटले द्रोणलाई कारबाही गर्न भनेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाएको थियो। त्यसबेला वृत्तका डीएसपी घनश्याम श्रेष्ठ थिए। आउँछु भन्दै नआएपछि द्रोणले घनश्यामलाई त्यसबेला रामहरिसँग कुरा गर्न भन्दै नम्बर दिएका थिए। डीएसपी श्रेष्ठले रामहरिसँग फोनमा कुराकानी पनि गरे। तर, उनलाई पक्राउ गर्नुको साटो द्रोणलाई मात्रै डीएसपी श्रेष्ठले भन्सारको जिम्मा लगाए।

द्रोणले भन्सार कार्यालयमा पनि आफू निर्दोष रहेको, भाडामा सामान बोक्न मात्रै गएको बताएका थिए। यस घटनामा सशस्त्र प्रहरीदेखि रामहरि र मेघे दोषी रहेको उनको भनाइ थियो। ८ दिन हिरासतमा राखेपछि २ लाख ३० हजार ५०० धरौटीमा द्रोण रिहा भए। रिहापछि अहिलेसम्म उनी न्यायका लागि लडिरहेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb
पीडित भनिएका द्रोण केसीको निवेदन।

स्रोतका अनुसार ३१ नम्बर गुल्मले तस्करीका सामान नियन्त्रणमा लिने र व्यापारी रामहरिलाई बेच्ने गरेको थियो। त्यही सामान बोक्दा द्रोण फसेका थिए।

सशस्त्र प्रहरीकै ब्यारेकबाट सामान लोड भएकाले घटनाको छानबिन गरी तस्करीको सामान नियन्त्रणमा लिएर बेच्न सशस्त्र प्रहरी र फरार दुई व्यापारी (रामहरि र मेघे)लाई कारबाही गरी पाउँ भन्दै उनले सशस्त्रको हेडक्वार्टरदेखि महानगरीय प्रहरी परिसर काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र भन्सार कार्यालयसम्म लिखित निवेदन दिएका थिए। तर, कतैबाट अहिलेसम्म सुनुवाइ नभएको उनले बताए। 

सशस्त्रले ‘यस घटना हाम्रो क्षेत्राधिकारभित्र नपरेको र भन्सारले नै सबै काम गर्ने’ भन्दै जवाफ फर्काएको थियो। परिसर काठमाडौंले पनि भन्सारलाई देखाउँदै पन्छिएको थियो।

रामहरि लुँइटेललाई पक्राउ गर्न विमानस्थल भन्सार कार्यालयले प्रहरीलाई लेखेको पत्र।

यता भन्सार कार्यालयले भने रामहरि र मेघेलाई पक्राउ गरी ल्याउन भन्दै उनीहरुको ठेगानासहित जिल्ला प्रहरी कार्यालय मकवानपुर र दाङ प्रहरीलाई पत्र पठाएको थियो। तर, अहिलेसम्म प्रहरीले उनीहरुलाई पक्राउ गरेर उपस्थित गराउन सकेको छैन। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मान्छे नै फेला नपरेको जवाफ प्रहरीले पठाएको छ। जबकि द्रोण आफैंले ठेगाना खोज्दै मकवानपुर पुगेर रामहरिलाई भेटेका थिए। ‘नफस्नु फसिहालियो अब म केस सल्टाउँछु’ भनेर आश्वासन दिएका रामहरि त्यसपछि सम्पर्कविहीन भएको द्रोणको भनाइ छ। 

‘तस्करी गर्ने सशस्त्र प्रहरी, व्यापारी, सजाय पाउने म जस्तो सर्वसाधारण? न्याय भन्ने चिज हराएको महसुस भयो’, द्रोणले भने, ‘बिना कसूर दुःख त पाइयो नै। १६ लाखमा किनेको गाडी अहिलेसम्म भन्सारले फिर्ता दिएको छैन। किस्ता भने हालिराख्नु परेको छ। अब हामीजस्तो सर्वसाधारण कसरी बाँच्ने? कतैबाट न्याय नपाइने भइयो।’

द्रोण केसीलाई हिरासतमा राख्न विमानस्थल भन्सार कार्यालयले प्रहरीलाई लेखेको पत्र।

द्रोणले भनेको बेला ३१ नम्बर गुल्मको गुल्मपति थिए, सशस्त्रका डीएसपी भानुभक्त लम्साल। डीएसपी लम्सालले द्रोणको कुरा अस्वीकार गरे। ‘सशस्त्रको ब्यारेकबाटै तस्करीका सामान लोड हुने भन्ने कुरा हुँदैन। त्यसो भन्दा आफू जोगिन्छु कि भनेर उहाँले भन्नु भएको होला’, उनले भने। 

यस विषयमा उजुरी परेपछि कानुन शाखाले समेत छानबिन गरिसकेको र आफू निर्दोष रहेको डीएसपी लम्सालको दाबी छ। 

प्रकाशित मिति: बुधबार, पुस २८, २०७८  १६:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
कर्णाली र महाकालीबाट दुई जनाको ज्यान जोगाउने प्रहरी पुरस्कृत ७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार गृहमन्त्री सुधन गुरुङले सहायक हवलदार राजेन्द्र चौधरी र प्रहरी कार्यालय सहयोगी प्रकाश सिंह महरालाई... शुक्रबार, असोज ३०, २०८३
नवलपरासीमा १४ लाख ८४ हजारको भन्सार छलीको मदिरा बरामद नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट प्रहरीले १४ लाख ८४ हजार रुपैयाँ बराबरको भन्सार छलीको मदिरा बराम... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्री बालेनको सन्देश : आर्थिक अभावका कारण दसैं कसैका लागि बोझ बन्नु हुँदैन शनिबार, असोज ३१, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शनिबार, असोज ३१, २०८३
दशैँ–तिहार लक्षित गर्दै डीडीसीको याक चिज र थप १५ सय किलो घिउ दुबई निर्यात शनिबार, असोज ३१, २०८३
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर शनिबार, असोज ३१, २०८३
‘कबड्डी ५’ ले पायो युनिभर्सल सर्टिफिकेट, कात्तिक ६ देखि प्रदर्शनमा आउने शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा शुक्रबार, असोज ३०, २०८३
सफ्टवेयर केन्द्रमा ३८ जनालाई जागिर खुल्यो, मासिक तलब साढे २ लाखसम्म शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्