• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, मंसिर १, २०८३ Tue, Nov 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

माओवादीमा वर्षमान र जनार्दनबाहेकलाई महासचिव बनाउने ‘गृहकार्य’

64x64
वीरेन्द्र ओली बिहीबार, पुस २२, २०७८  १६:१६
1140x725

काठमाडौं- नेकपा (माओवादी केन्द्र)ले पदाधिकारी चयन नै नगरी आठौं राष्ट्रिय महाधिवेशन टुंग्यायो। आठ दिन चलेर गत आइतबार सम्पन्न भएको महाधिवेशनपछि बसेको पहिलो केन्द्रीय समिति बैठकलगत्तै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेताहरु वर्षमान पुन र ओनसरी घर्ती चीनबाट फर्केपछि मात्र पदाधिकारी चयन हुने बताए।

माओवादीमा पदाधिकारी चयन कठिन बन्नुको प्रमुख कारण महासचिव पद थियो। र, त्यो पदका एक प्रमुख दाबेदार पुन पनि थिए। माओवादीभित्र प्रभावशाली नेता मानिने पुन र घर्ती उपचारको क्रममा चीनमै रहेकाले उनीहरु फर्किएपछि मात्र पदाधिकारी तय गरिने प्रस्टीकरण प्रचण्डले दिएका थिए।

पुन मंगलबार अस्पतालबाट डिस्चार्ज भएका छन्। उनी यही साता फर्कने तयारीमा छन्। माओवादीले आउँदो आइतबार केन्द्रीय समितिको अर्को बैठक बोलाएको छ। त्यही बैठकबाट माओवादीका पदाधिकारी चयन गरिने आकलन गरिएको छ।

माओवादीले आफ्नो विधानमा १५ जना पदाधिकारी रहने व्यवस्था गरेको छ। तीमध्ये अध्यक्षमा प्रचण्ड सर्वसम्मत चयन भइसकेका छन्। नारायणकाजी श्रेष्ठ वरिष्ठ उपाध्यक्ष बन्ने निश्चितजस्तै छ। माओवादी नेताहरुका भनाइमा श्रेष्ठकै लागि वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरिएको हो।

माओवादीका पदाधिकारीमध्ये सबभन्दा धेरै चासो रहेको पद महासचिव हो। भूमिकाका हिसाबले यो अध्यक्षपछिको शक्तिशाली पद हो। त्यसमाथि अब हुने महासचिव नै भावी पार्टी नेतृत्वमा पुग्ने भएकाले प्रभावशाली नेताहरुले यो पदमा दाबी गरेका छन्।

महासचिवमा वर्षमान पुनदेखि जनार्दन शर्मा, पम्फा भुसाल, देव गुरुङ, शक्तिबहादुर बस्नेत र गिरिराजमणि पोखरेल प्रतिस्पर्धामा देखिएका छन्। प्रतिस्पर्धा चर्को देखिए पनि प्रभावका हिसाबले पुन र शर्मा नै महासचिवका प्रमुख दाबेदार छन्।

तर, पुन र शर्माबीचको टक्कर यति चर्को देखिएको छ कि उनीहरुमध्ये एकलाई महासचिव बनाउँदा अर्कोलाई व्यवस्थापन गर्न सहज नहुने निचोडमा अध्यक्ष प्रचण्ड पुगेको उनीनिकट नेताहरु बताउँछन्। त्यो अवस्थामा प्रचण्डले अर्को विकल्प रोज्नसक्ने उनीनिकट नेताहरुको भनाइ छ।

‘महासचिव पदका लागि आधा दर्जन नेताहरुले आकांक्षा राख्नुभएको छ। त्यसमध्ये पुन र शर्मा नै जब्बर दाबेदार हुनुहुन्छ,’ एक केन्द्रीय सदस्यले भने, ‘यदि पुन र शर्मा नै एकापसमा भिड्न थाल्ने हो भने अध्यक्ष कमरेड दोस्रो विकल्पमा जाने देखिन्छ। त्यसो हुँदा गुरुङ, बस्नेत, भुसाल वा कृष्णबहादुर महरासमेत विकल्पमा आउन सक्नुहुन्छ।’

Ncell 2
Ncell 2
nimb
nimb

नेता गुरुङले पार्टी महासचिवका लागि आफूलाई पनि प्रस्ताव आएको सार्वजनिक अभिव्यक्ति दिइसकेका छन्। उनले त्यो प्रस्तावको विस्तृत नखुलाए पनि प्रचण्डले उनलाई नै महासचिवमा विकल्पका रुपमा अघि सार्न खोजेको देखिन्छ। ‘अहिले नेता वर्षमान पुन र जनार्दन शर्माले महासचिवका लागि दाबेदारी प्रस्तुत गर्नुभएको छ। दुई जनाबीच सहमति जुट्न नसकेको अवस्थाका लागि मेरो नाम महासचिवमा प्रस्ताव आएको छ,’ गुरुङले भनेका छन्, ‘हालसम्म पार्टीका कुनै पदमा दाबी गरेको छैन। सहमतिमा महासचिव बन्ने प्रस्ताव आए अस्वीकार गर्दिनँ। तोकिएको जिम्मेवारी पूरा गर्न तयार छु।’

गुरुङको अभिव्यक्तिले समेत प्रचण्डले महासचिवमा पुन र शर्माको विकल्प तयार गर्न थालेको संकेत गरेको छ। 

दोस्रो विकल्प पुन र शर्मा उपमहासचिव
प्रचण्डले महासचिव पदमा दोस्रो विकल्प रोजेमा त्यसका प्रखर दाबेदार पुन र शर्मालाई उपमहासचिवमा व्यवस्थापन गर्ने सम्भावना छ। जानकारहरुका अनुसार पुन र शर्मामध्ये एकलाई महासचिव बनाउँदा आफैंमाथि ‘थ्रेट’ हुने महसुस प्रचण्डले गर्न थालेका छन्। अझै एक दशकजस्तो पार्टी नेतृत्वमा रहन चाहेका प्रचण्ड उनीहरुलाई उपमहासचिवमै थन्क्याएर आफू अनुकूल महासचिव बनाउन चाहन्छन्। दुवैलाई उपमहासचिव बनाउँदा पुन र शर्माको पदीय व्यवस्थापन पनि सहज हुने उनको आकलन छ।

यो निर्णय लिनुअघि भने प्रचण्डले सबैको राय बुझ्ने काम गरिरहेका छन्। पुन चीनबाट फर्केपछि उनकोसमेत मनस्थिति बुझेर पदाधिकारीमा सर्वसम्मत निर्णय लिन सकिने अपेक्षा उनले निकटस्थहरुलाई सुनाएका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यदि महासचिवको टुंगो सर्वसम्मत रुपमा लाग्न नसकेमा पदाधिकारीमा निर्वाचनसमेत हुनसक्ने अर्का एक केन्द्रीय सदस्यले बताए। त्यस्तो अवस्थामा महासचिवमा पुन र शर्माबीच नै प्रतिस्पर्धा हुन सक्छ। त्यसले पार्टीभित्र मनमुटाव बढ्ने सम्भावना भएकाले चुनाव हुन नदिने विकल्पमै प्रचण्डले गृहकार्य गरिरहेको ती नेताले बताए।

प्रकाशित मिति: बिहीबार, पुस २२, २०७८  १६:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
च्यासलमा एमाले स्थायी कमिटी बैठक जारी बैठकले भोलिबाट सुरु हुने राष्ट्रिय भेलाको एजेन्डा अनुमोदन गर्ने प्रचार विभाग प्रमुख निरज आचार्यले बताए। मंगलबार, मंसिर १, २०८३
रोजगारीको बहानामा विदेश लगेर साइबर ठगीमा लगाउनेलाई मानव तस्कर मान्नुपर्छ : सांसद खनाल मंगलबार प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक... मंगलबार, मंसिर १, २०८३
मंसिर ६ मा भारत जाँदै प्रधानमन्त्री बालेन, हवाई रुटदेखि द्विपक्षीय मुद्दामा छलफल हुने भ्रमणका क्रममा नेपालले भारतीय आकाश हुँदै थप हवाई रुट उपलब्ध गराउन गर्दै आएको आग्रहलाई प्रमुखताका साथ उठाउने तयारी छ। हवाई रुटसम्बन्ध... सोमबार, कात्तिक ३०, २०८३
ताजा समाचारसबै
च्यासलमा एमाले स्थायी कमिटी बैठक जारी मंगलबार, मंसिर १, २०८३
सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाएको आरोपमा दुई जना पक्राउ मंगलबार, मंसिर १, २०८३
रोजगारीको बहानामा विदेश लगेर साइबर ठगीमा लगाउनेलाई मानव तस्कर मान्नुपर्छ : सांसद खनाल मंगलबार, मंसिर १, २०८३
उपत्यकाका २१ स्थानीय तहमा आजदेखि मासु जाँच ऐन लागू, जथाभाबी पशु वध गर्न नपाइने मंगलबार, मंसिर १, २०८३
आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको रिटमाथि आज सुनुवाइ भएन मंगलबार, मंसिर १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
स्कुटर दुर्घटनामा दुई जनाकाे मृत्युु सोमबार, कात्तिक ३०, २०८३
शेख हसिनाको गृहजिल्ला गोपालगञ्जमा हिंसा र प्रदर्शन चर्कियो सोमबार, कात्तिक ३०, २०८३
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु सोमबार, कात्तिक ३०, २०८३
नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, २५ जना घाइते सोमबार, कात्तिक ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
छठ घाटमा राजनीतिक उपस्थिति : ‘भक्ति’ कि ‘शक्ति’ को खोजी धर्मेन्द्र झा
रावणका दश शिरदेखि लुसिफरको पतनसम्मः नेपालको राजनीतिमा शक्ति र अहंकार सुरेश गिरी
लोकपर्व छठ र यसका विभिन्न महत्वहरु आनन्द अस्तित्व
विश्वव्यापी बन्दै छठ पर्व नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्