• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

२० हजार तलबमा ‘कर्मचारी’ राखेर जेलबाटै लागुऔषधको कारोबार

64x64
नारायण अधिकारी मंगलबार, पुस २०, २०७८  १७:३९
1140x725

काठमाडौं– जेलमा कैद सजाय भुक्तान गरिरहेका व्यक्ति र कारागारका कर्मचारीको मिलेमतोमा लागु औषधको काराबार भइरहेको खुलेको छ। सिन्धुली कारागारमा रहेका दुई कैदी र कारागार प्रशासनका कर्मचारीसमेतको मिलेमतोमा लागु औषधको कारोबार भएको खुलेको हो।   

लागु औषधको मुद्दामा १८ वर्ष कैद सजाय तोकिएर कैद भुक्तान गरिरहेका भारतीय नागरिक गुड्डु गुप्ताको योजनामा जेलबाटै लागु औषधको धन्दा सञ्चालन भएको खुलेको छ। प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोले ‘अपरेशन एम्पुल’ नाम दिएर गरेको झण्डै एक महिना लामो अपरेशनको क्रममा जेलबाटै लागु औषधको कारोबार हुने गरेको खुलेको हो। ब्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हदृय थापाका अनुसार गुप्ताले जेलमै रहेका कर्मचारी रिता सारुमगर समेतको मिलेमतोमा लागु औषधको कारोबार गर्दै आएको पाइएको छ। 

जेलबाटै धन्दा सञ्चालन गरी लागु औषध कारोबार गरेको आरोपमा ८ जना पक्राउ परेका छन्। ब्यूरोको टोलीले सुरुमा काठमाडौं बौद्ध महांकालबाट सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–७ का २३ वर्षीय संग्राम मुक्तान  र सोही ठाउँका २८ वर्षीय पञ्च स्याङ्तानलाई गत मंसिर १६ गते लागु औषधसहित पक्राउ गरेको थियो। 

उनीहरुबाट डाइजापाम १६६ एम्पुल, फेनारगन १७० एम्पुल र बुफ्रेनोर्फिन १७५ एम्पुल बरामद भएको थियो। यी दुईबाट सुरु भएको अनुसन्धान कारागारसम्म पुगेको ब्यूरोका एसपी जीवन श्रेष्ठले बताए। 

उनीहरु पक्राउ परेको भोलिपल्ट मोरङको विराटनगर महानगरपालिका–१४ का सुरज सिंह ठकुरी र दुई नाबालकलाई ब्यूरोले काठमाडौंको चाबहिलबाट पक्राउ गरेको थियो।  पुस १९ गते नयाँबानेश्वरबाट १०० एम्पुल, फेनारगन १०० एम्पुल र बुफ्रेनोर्फिन १०० एम्पुलसहत काठमाडौं बालाजुका दीपक महर्जन पक्राउ परेका थिए। 

उनीहरु पक्राउ परेपछि नै  सिन्धुली कारागारमा रहेका भारतीय नागरिक गुड्डु गुप्ता, सन्तोष स्याङ्तान र कारागारकी  कार्यालय सहयोगी रिता सारुमगरको मिलेमतोमा लागु औषधको कारोबार हुने गरेको खुलेको हो। 

टेलिफोन नाइके र कर्मचारीको मिलेमतोमा गुड्डुको धन्दा
सिन्धुली कारागारमा रहेका भारतीय नागरिक गुड्डु २०६८ सालमा ७ सय ग्राम खैरो हेरोइनसहित पक्राउ परेको घटनामा दोषी ठहर हुँदै १८ वर्ष कैद सजाय तोकिएका व्यक्ति हुन्। काठमाडौं जिल्ला अदालतले उनलाई २०६९ कात्तिक २१ गते १८ वर्ष कैद सजाय तोकेको थियो। त्यसपछि उनी सिन्धुली कारागारमा थुनामा थिए। 

उनै गुड्डुले कारागारमा रहेका टेलिफोन नाइके सन्तोष स्याङ्तानसँग सम्पर्क बढाए। जेलबाटै लागु औषध कारोबार गरी राम्रो आर्थिक आर्जन गर्न सकिने आफ्नो योजना सुनाए। त्यसका लागि बारम्बार टेलिफोन गर्नुपर्ने र त्यसमा टेलिफोन नाइकेको सहयोग चाहिने र सहयोग भए राम्रो रकम दिने योजनामा स्याङतान सहमति भएपछि गुड्डुले आफ्नो धन्दा सुरु गरेको ब्यूरोका एसएसपी थापा बताउँछन्।

Ncell 2
Ncell 2
nimb
nimb

फोनमार्फत नै लागु औषध काराबार गर्नका लागि उनले मान्छे खोजेर राखेका थिए। उनीहरुले गुड्डुले फोनमा निर्देशन दिएजसरी काम गर्थे। यसरी लागु औषधको कारोबारबाट आएको रकम आफूसम्म प्राप्त गर्ने माध्यम चाहिने भएकाले गुड्डुले कारागारकै कार्यालय सहयोगी सारुमगरलाई प्रयोग गरेको खुलेको छ। 

सारुमगरलाई पनि केही आर्थिक सहयोग गरेर गुड्डुले लागु औषध कारोबारबाट प्राप्त भएको रकम उनको खातामा जम्मा गर्न लगाउँथे। सारु मगरले उक्त रकम गुड्डुलाई दिने गरेकी थिइन्। 

लागु औषध बेच्न २० हजार दिएर राखेका थिए कर्मचारी
गुड्डुले लागु औषधको कारोबार गर्नकै लागि काठमाडौंमा कोठा खोजेर मान्छे राख्नेदेखि मासिक २० हजार रुपैयाँसम्म तलब दिने गरेको अनुसन्धानबाट खुलेको छ। टेलिफोन नाइके स्याङ्तानमार्फत जेलबाहिर रहेका उनका भाइ पञ्चसँग सम्पर्क बढाएका थिए। पञ्चलाई मासिक २० हजार रुपैयाँ दिने गरी लागु औषधको कारोबार लगाइएको थियो। पञ्चलाई फोनमै गुड्डुले सबै निर्देशन दिने गरेका थिए। सोही अनुसार उनी लागु औषध लिनदेखि दिनसम्म जाने गरेका थिए। यसरी लागु औषध कारोबारबाट आएको रकम पञ्चले कारागारकी कार्यालय सहयोगी सारुमगरको खातामा जम्मा गर्थे। सारुमगरमार्फत गुड्डुले रकम हात पार्थे।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पञ्चसँगै २ नाबालक पनि मासिक १५ हजार रुपैयाँमा लागु औषधको कारोबार गर्दै आएका थिए। यी दुई नाबालकलाई भने पञ्चले निर्देशन दिने गरेका थिए। जेलभित्रको सबै व्यवस्था गुड्डुले मिलाउथे भने जेलबाहिरको सबै व्यवस्था मिलाउने जिम्मा पञ्चको थियो। जेलबाहिरबाट काम गर्नेहरुमा सुरजसिंह, संग्राम लगायतका मान्छे थिए। 

कारागार प्रशासनको भूमिका संकास्द
गुड्डुले लागु औषध कारोबारमा खटाएका मान्छे धमाधम पक्राउ पर्न थालेसँगै सिन्धुली कारागारबाट गुड्डु र टेलिफोन नाइक स्याङ्तानको सरुवा भएको खुलेको छ। 

उनीहरु दुबै जनालाई सिन्धुली कारागारले पुस २ गते रौतहट कारागार पठाएको थियो। लागु औषधका मुख्य नाइकेका सहयोगी नै पक्राउ पर्न थालेसँगै कारागारबाट दुबै जनाको सरुवा हुनुले कारागार प्रशासनको भूमिका संकास्पद रहेको पाइएको छ। प्रहरी स्रोत भन्छ, ‘गुड्डुका सहयोगी पक्राउ पर्न थालेसँगै दुबै जनाको एउटै कारागारमा सरुवा हुनु, लागु औषध कारोबारमा कारागारकै कर्मचारी पक्राउ पर्नुले कारागार प्रशासनको भूमिका संकास्पद देखिन्छ।’

यता कारागार प्रशासन भने सरुवामा संयोग मात्रै पर्न गएको दाबी गर्छ। सिन्धुली कारागारका जेलर मातृका प्रसाद पहाडी भन्छन्, ‘सरुवा संयोग पर्न गएको हो। उनीहरुको धन्दा नै यही रहेछ भन्ने हामीले पनि पछि थाहा पाएका हौं।’ 

टेलिफोनका नाइकेलाई नै आर्थिक प्रभावमा पारेर आफ्नो पकडमा लिएपछि यस्तो भएको उनले बताए। गुड्डुले टेलिफोनमा बोल्दा पनि कोड भाषाबाट कुरा गर्ने भएकाले लागु औषध कारोबारको धन्दाबारे जानकारी हुन नसकेको जेलर पहाडीले बताए। गुड्डु ७ महिना अघि मात्रै सिन्धुली कारागारमा सरुवा भएको उनले बताए।
 

प्रकाशित मिति: मंगलबार, पुस २०, २०७८  १७:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु जिल्ला प्रशासन कार्यालय बझाङ, गृह मन्त्रालयलगायतका निकायमा पहल गरी हेलिकोप्टरको उडानको तयारी हुँदाहुँदै उनको मृत्यु भइसकेको थियो । शुक्रबार, कात्तिक ६, २०८३
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ? २४ सै घण्टा पहरा दिने प्रहरी हटाइएपछि एमालेले कार्यालय असुरक्षित हुनबाट जोगाउन नयाँ सुरक्षा व्यवस्था अपनाएको छ । बिहीबार, कात्तिक ५, २०८३
जेन–जी आन्दोलनमा फरार भएका चन्द्र दमाई एक वर्षपछि पक्राउ जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ४६ वर्षीय केसीलाई २०८३ कात्तिक ३ गते बिहान ९:३० बजे तारकेश्वर नगरपालिका–६, धर्मस्थलीबाट पक्राउ... बिहीबार, कात्तिक ५, २०८३
ताजा समाचारसबै
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्