• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ २६, २०८३ Fri, Sep 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

२० हजार तलबमा ‘कर्मचारी’ राखेर जेलबाटै लागुऔषधको कारोबार

64x64
नारायण अधिकारी मंगलबार, पुस २०, २०७८  १७:३९
1140x725

काठमाडौं– जेलमा कैद सजाय भुक्तान गरिरहेका व्यक्ति र कारागारका कर्मचारीको मिलेमतोमा लागु औषधको काराबार भइरहेको खुलेको छ। सिन्धुली कारागारमा रहेका दुई कैदी र कारागार प्रशासनका कर्मचारीसमेतको मिलेमतोमा लागु औषधको कारोबार भएको खुलेको हो।   

लागु औषधको मुद्दामा १८ वर्ष कैद सजाय तोकिएर कैद भुक्तान गरिरहेका भारतीय नागरिक गुड्डु गुप्ताको योजनामा जेलबाटै लागु औषधको धन्दा सञ्चालन भएको खुलेको छ। प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोले ‘अपरेशन एम्पुल’ नाम दिएर गरेको झण्डै एक महिना लामो अपरेशनको क्रममा जेलबाटै लागु औषधको कारोबार हुने गरेको खुलेको हो। ब्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हदृय थापाका अनुसार गुप्ताले जेलमै रहेका कर्मचारी रिता सारुमगर समेतको मिलेमतोमा लागु औषधको कारोबार गर्दै आएको पाइएको छ। 

जेलबाटै धन्दा सञ्चालन गरी लागु औषध कारोबार गरेको आरोपमा ८ जना पक्राउ परेका छन्। ब्यूरोको टोलीले सुरुमा काठमाडौं बौद्ध महांकालबाट सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–७ का २३ वर्षीय संग्राम मुक्तान  र सोही ठाउँका २८ वर्षीय पञ्च स्याङ्तानलाई गत मंसिर १६ गते लागु औषधसहित पक्राउ गरेको थियो। 

उनीहरुबाट डाइजापाम १६६ एम्पुल, फेनारगन १७० एम्पुल र बुफ्रेनोर्फिन १७५ एम्पुल बरामद भएको थियो। यी दुईबाट सुरु भएको अनुसन्धान कारागारसम्म पुगेको ब्यूरोका एसपी जीवन श्रेष्ठले बताए। 

उनीहरु पक्राउ परेको भोलिपल्ट मोरङको विराटनगर महानगरपालिका–१४ का सुरज सिंह ठकुरी र दुई नाबालकलाई ब्यूरोले काठमाडौंको चाबहिलबाट पक्राउ गरेको थियो।  पुस १९ गते नयाँबानेश्वरबाट १०० एम्पुल, फेनारगन १०० एम्पुल र बुफ्रेनोर्फिन १०० एम्पुलसहत काठमाडौं बालाजुका दीपक महर्जन पक्राउ परेका थिए। 

उनीहरु पक्राउ परेपछि नै  सिन्धुली कारागारमा रहेका भारतीय नागरिक गुड्डु गुप्ता, सन्तोष स्याङ्तान र कारागारकी  कार्यालय सहयोगी रिता सारुमगरको मिलेमतोमा लागु औषधको कारोबार हुने गरेको खुलेको हो। 

टेलिफोन नाइके र कर्मचारीको मिलेमतोमा गुड्डुको धन्दा
सिन्धुली कारागारमा रहेका भारतीय नागरिक गुड्डु २०६८ सालमा ७ सय ग्राम खैरो हेरोइनसहित पक्राउ परेको घटनामा दोषी ठहर हुँदै १८ वर्ष कैद सजाय तोकिएका व्यक्ति हुन्। काठमाडौं जिल्ला अदालतले उनलाई २०६९ कात्तिक २१ गते १८ वर्ष कैद सजाय तोकेको थियो। त्यसपछि उनी सिन्धुली कारागारमा थुनामा थिए। 

उनै गुड्डुले कारागारमा रहेका टेलिफोन नाइके सन्तोष स्याङ्तानसँग सम्पर्क बढाए। जेलबाटै लागु औषध कारोबार गरी राम्रो आर्थिक आर्जन गर्न सकिने आफ्नो योजना सुनाए। त्यसका लागि बारम्बार टेलिफोन गर्नुपर्ने र त्यसमा टेलिफोन नाइकेको सहयोग चाहिने र सहयोग भए राम्रो रकम दिने योजनामा स्याङतान सहमति भएपछि गुड्डुले आफ्नो धन्दा सुरु गरेको ब्यूरोका एसएसपी थापा बताउँछन्।

Ncell 2
Ncell 2
nimb
nimb

फोनमार्फत नै लागु औषध काराबार गर्नका लागि उनले मान्छे खोजेर राखेका थिए। उनीहरुले गुड्डुले फोनमा निर्देशन दिएजसरी काम गर्थे। यसरी लागु औषधको कारोबारबाट आएको रकम आफूसम्म प्राप्त गर्ने माध्यम चाहिने भएकाले गुड्डुले कारागारकै कार्यालय सहयोगी सारुमगरलाई प्रयोग गरेको खुलेको छ। 

सारुमगरलाई पनि केही आर्थिक सहयोग गरेर गुड्डुले लागु औषध कारोबारबाट प्राप्त भएको रकम उनको खातामा जम्मा गर्न लगाउँथे। सारु मगरले उक्त रकम गुड्डुलाई दिने गरेकी थिइन्। 

लागु औषध बेच्न २० हजार दिएर राखेका थिए कर्मचारी
गुड्डुले लागु औषधको कारोबार गर्नकै लागि काठमाडौंमा कोठा खोजेर मान्छे राख्नेदेखि मासिक २० हजार रुपैयाँसम्म तलब दिने गरेको अनुसन्धानबाट खुलेको छ। टेलिफोन नाइके स्याङ्तानमार्फत जेलबाहिर रहेका उनका भाइ पञ्चसँग सम्पर्क बढाएका थिए। पञ्चलाई मासिक २० हजार रुपैयाँ दिने गरी लागु औषधको कारोबार लगाइएको थियो। पञ्चलाई फोनमै गुड्डुले सबै निर्देशन दिने गरेका थिए। सोही अनुसार उनी लागु औषध लिनदेखि दिनसम्म जाने गरेका थिए। यसरी लागु औषध कारोबारबाट आएको रकम पञ्चले कारागारकी कार्यालय सहयोगी सारुमगरको खातामा जम्मा गर्थे। सारुमगरमार्फत गुड्डुले रकम हात पार्थे।

पञ्चसँगै २ नाबालक पनि मासिक १५ हजार रुपैयाँमा लागु औषधको कारोबार गर्दै आएका थिए। यी दुई नाबालकलाई भने पञ्चले निर्देशन दिने गरेका थिए। जेलभित्रको सबै व्यवस्था गुड्डुले मिलाउथे भने जेलबाहिरको सबै व्यवस्था मिलाउने जिम्मा पञ्चको थियो। जेलबाहिरबाट काम गर्नेहरुमा सुरजसिंह, संग्राम लगायतका मान्छे थिए। 

कारागार प्रशासनको भूमिका संकास्द
गुड्डुले लागु औषध कारोबारमा खटाएका मान्छे धमाधम पक्राउ पर्न थालेसँगै सिन्धुली कारागारबाट गुड्डु र टेलिफोन नाइक स्याङ्तानको सरुवा भएको खुलेको छ। 

उनीहरु दुबै जनालाई सिन्धुली कारागारले पुस २ गते रौतहट कारागार पठाएको थियो। लागु औषधका मुख्य नाइकेका सहयोगी नै पक्राउ पर्न थालेसँगै कारागारबाट दुबै जनाको सरुवा हुनुले कारागार प्रशासनको भूमिका संकास्पद रहेको पाइएको छ। प्रहरी स्रोत भन्छ, ‘गुड्डुका सहयोगी पक्राउ पर्न थालेसँगै दुबै जनाको एउटै कारागारमा सरुवा हुनु, लागु औषध कारोबारमा कारागारकै कर्मचारी पक्राउ पर्नुले कारागार प्रशासनको भूमिका संकास्पद देखिन्छ।’

यता कारागार प्रशासन भने सरुवामा संयोग मात्रै पर्न गएको दाबी गर्छ। सिन्धुली कारागारका जेलर मातृका प्रसाद पहाडी भन्छन्, ‘सरुवा संयोग पर्न गएको हो। उनीहरुको धन्दा नै यही रहेछ भन्ने हामीले पनि पछि थाहा पाएका हौं।’ 

टेलिफोनका नाइकेलाई नै आर्थिक प्रभावमा पारेर आफ्नो पकडमा लिएपछि यस्तो भएको उनले बताए। गुड्डुले टेलिफोनमा बोल्दा पनि कोड भाषाबाट कुरा गर्ने भएकाले लागु औषध कारोबारको धन्दाबारे जानकारी हुन नसकेको जेलर पहाडीले बताए। गुड्डु ७ महिना अघि मात्रै सिन्धुली कारागारमा सरुवा भएको उनले बताए।
 

प्रकाशित मिति: मंगलबार, पुस २०, २०७८  १७:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
भक्तपुरमा एलपी ग्यास कालोबजारी गर्ने दुई जना पक्राउ प्रहरीका अनुसार बिहीबार करिब ५ बजे ब्रम्हनगरस्थित शाहको किराना पसलमा उपभोक्तालाई खाना पकाउने एलपी ग्यास प्रतिसिलिण्डर २ हजार ८ सय रु... बिहीबार, भदौ २५, २०८३
१८ हजार बढी ट्रामाडोल बसको छतमा राखेर चितवन जाँदै गरेका युवक समातिए चेकिङका क्रममा वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको ना.५ ख ७६२३ नम्बरको यात्रुवाहक बस रोकेर जाँच गर्दा बसको हुड र्‍याकमा राखिएका दुईवटा... बुधबार, भदौ २४, २०८३
१६२ किलो ७९४ ग्राम गाँजासहित दुई जना पक्राउ मनहरी गाउँपालिका–९ भाबरबाट प्रहरीले करिब १६२ किलो ७९४ ग्राम अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। बुधबार, भदौ २४, २०८३
ताजा समाचारसबै
बाढी प्रभावित नुवाकोट र रसुवा जाने एमाले टोलीलाई ओलीको निर्देशन शुक्रबार, भदौ २६, २०८३
भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार शुक्रबार, भदौ २६, २०८३
रास्वपाले ‘राइट टु रिकल’ दस्तावेज बनाउन ११ सदस्यीय समिति गठन गर्‍यो शुक्रबार, भदौ २६, २०८३
नर्भिकको छैटौँ वार्षिक साधारण सभा सम्पन्न, सिटी हस्पिटलदेखि एकीकृत क्यान्सर संस्थान स्थापनासम्मको योजना शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्