काठमाडौं– नेकपा माओवादी केन्द्रको आइतबारदेखि सुरु भएको महाधिवेशनको दोस्रो दिन आज बन्दसत्रको कार्यक्रम सुरु भएको छ।
बन्दसत्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले हलमा राजनीतिक प्रतिवेदन पेस गरेका छन्।
उनले पेस गरेको प्रतिवेदनमा समूहगत छलफल हुने छ । र त्यहाँबाट आएको सुझावलाई प्रतिवेदनमा समावेश गरिने छ।
त्यसअघि बन्दसत्र सञ्चालनका लागि अध्यक्षमण्डलको घोषणा गरिएको थियो।
कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश शाह, पर्शुराम तामाङ, पर्शुराम रम्तेल, पूर्णकुमारी सुवेदी र रुपा श्रेष्ठ महर्जन रहेको अध्यक्षमण्डल घोषणा गरिएको छ।
तस्बिरहरु
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।