काठमाडौं- वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरी छनोट परीक्षा भएको छ।
स्थानीय निर्वाचनका लागि एक लाखको संख्यामा म्यादी प्रहरीका लागि चैत १ गते आवेदन खुलेको थियो।
उक्त समयमा म्यादीका लागि फर्म भरेर शारीरिक जाँच पास गरेकाहरुले जाँच दिएका हुन्।
सोमबार काठमाडौंको किर्तिपूरमा म्यादी प्रहरीको परीक्षा सञ्चालन भएको छ।
चउरमा लामबद्धरुपमा परीक्षा दिने व्यवस्था गरिएको थियो। कतिपय महिला छोराछोरी लिएर परीक्षामा सहभागी भएका थिए।
छनोटपछि आधारभूत तालिम दिई निर्वाचनमा खटाइने एसपी दिनेश मैनालीले जनाए।
छनोट भएका म्यादी प्रहरीले ४० दिन काम गर्न पाउनेछन्। ४० दिनसम्मको मासिक ३० हजार २४० रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ। भर्ना भएका म्यादी प्रहरीले दिनको ७५६ रुपैयाँका दरले तलब पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।