काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीमाथि गरेको कारबाहीबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।
शुक्रबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका अध्यक्ष प्रचण्डले क्रिकेट खेलाडीमाथि क्यानले गरेको कारबाहीबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।
क्यानको बुधबार बसेको बैठकले कप्तान ज्ञानेन्द्र मल्ललाई जिम्मेवारीबाट हटाएर सन्दीप लामिछानेलाई नयाँ जिम्मेवारी दिएको थियो। त्यस्तै मल्लसहित दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई २०२२ को सुरुआती ६ महिना चारै खेलाडीलाई केन्द्रीय सम्झौतामा नराख्ने निर्णय गरेको थियो।
पछिल्लो पटक क्यानको नयाँ वर्गिकरण हुँदा श्रेणी निर्धारणमा गडबड गरेको भन्दै कप्तान मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल र बलर कमलसिंह ऐरीसमेत चार खेलाडीले आफ्नो असन्तुष्टि सञ्चार माध्यममा सार्वजनिक गरेका थिए।
यो विषयमा क्यानले दुई पटक स्पष्टिकरण सोधेको थियो। तर, स्पष्टीकरण चित्त नबुझेको भन्दै ज्ञानेन्द्रलाई कप्तानीबाट हटाइएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।