• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
लेख-विश्लेषण

खेलाडीमाथि ‘डन्डा’ चलाएर छोपिएला क्यानको अकर्मण्यता?

फेरि ओरालो यात्राको डिलमा नेपाली क्रिकेट
64x64
दीप सुवेदी बिहीबार, पुस १, २०७८  २१:३०
1140x725

काठमाडौं– करिब सात वर्षअगाडि, सन् २०१४ मा नेपाल टी–२० विश्वकपमा सहभागी हुँदा सारा नेपालीको छाती गर्वले फुलेको थियो। हङकङलाई ८० र अफगानिस्तानलाई ९ रनले पराजित गरेपछि अन्तर्राष्ट्रिय क्रिकेट जानकारहरूको तारिफ सुन्दा लाग्थ्यो, नेपाल सन् २००० मा टेस्ट मान्यता पाएको बंगलादेशको बाटोतिर पाइला राख्दै छ।

तर, सात वर्षपछि हेर्दा नेपालले बाटो बिराइसकेको छ। बरु नेपाली क्रिकेट सन् २०१६ को बाटोमा हिँड्ने आशंका उब्जिन थालेको छ। विश्वकप खेलेको दुई वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपाल क्रिकेट संघ (क्यान)लाई निलम्बन गर्दा नेपाली क्रिकेट अस्तव्यस्त भएको थियो। यसको प्रमुख कारण थियो, ‘इगो’ र मैमत्तापन।

क्यान र खेलाडीबीच चलिरहेको इगोको लडाइँ हालसालै सृजना भएको होइन। बंगलादेशको चटगाउँस्थित जोहुर अहमद चौधरी रंगशालाबाट विश्वकप खेलेर खेलाडी नेपाल फर्किएसँगै सुरु भएको यो द्वन्द्वले फेरि उग्ररूप लिने छाँट देखाएको छ।

गत असोजमा बसेको क्यानको बोर्ड बैठकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहभागिता र प्रदर्शनलाई आधार बनाएर १८ खेलाडीलाई तीन श्रेणीमा वर्गीकरण गरेको थियो। त्यसबाट सुरु भएको विवादले क्यानका पदाधिकारी र खेलाडीबीच पानी बाराबरको स्थितिमात्रै पैदा गरेको छैन, नेपालले अहिलेसम्म हासिल गरेको उपलब्धि पनि गुम्ने खतरा बढाएको छ।

नेपाली क्रिकेट टोली अर्को महिना टी–२० विश्वकप छनोट यात्रामा जाँदैछ। त्यसपछि, नेपालको अहिलेसम्मको ठूलो उपलब्धि एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउन कस्सिएर लाग्नुपर्ने छ। तर, जुँगाको लडाइँले ज्ञानेन्द्र मल्लबाट कप्तानी र दीपेन्द्रसिंह ऐरीबाट उपकप्तानी मात्रै खोसिएन, चार खेलाडी (उनीहरुसहित सोमकाल कामी र कमलसिंह ऐरी)लाई देखाएर अभिभावकीय संस्थासँग गुनासो गर्नै नसक्ने गरी सबै खेलाडी तर्साउन खोजिएको छ।

क्यानको बुधबार बसेको बोर्ड बैठकले ‘अनुशासन उल्लघंन गर्दै सञ्चारमाध्यममा बोलेको’ आरोपमा मल्ललाई कप्तान र ऐरीलाई उपकप्तानबाट पदमुक्त गरेपछि नयाँ कप्तानको जिम्मेवारी सन्दीप लामिछानेलाई दिइएको छ। साथै सन् २०२२ को सुरुको ६ महिना चारै खेलाडीलाई केन्द्रीय सम्झौतामा नराख्ने निर्णय पनि गरेको छ।

क्यान अध्यक्ष चतुरबहादुर चन्दको भनाइ मान्ने हो भने क्रिकेटभित्र हुने हस्तक्षेप र गुटबन्दी अन्त्यका लागि खेलाडीमाथि कारबाही गरिएको हो। उनी भन्छन्, ‘कप्तानको रूपमा ज्ञानेन्द्र मल्लले खेलाडीहरूलाई एकजुट बनाउन सक्नु भएन। टिममा गुट र उपगुट धेरै देखिए। गुटबाजी गर्दैगर्दा क्रिकेट विकासमा नराम्रो प्रभाव परेका कारण कारबाही गरिएको हो।’

चन्द यस गुटबन्दीको प्रमुख कारण सन्यास लिइसकेका पूर्वकप्तान पारस खड्कालाई मान्छन्। पारस र निवर्तमान कप्तान ज्ञानेन्द्रलगायतले अनेक बहानामा खेलाडीलाई क्यानविरुद्ध उक्साउने र पदाधिकारीको मुखमा ‘कालो पोत्ने’ नियत रचेकाले तत्काललाई खेलमा ध्यान फर्काउन चार खेलाडीमाथि कारबाही गरिएको उनको स्पष्टोक्ति छ।

nimb
nimb
Ncell 2
Ncell 2

उनले खेलाडीको गुट र उपगुटको विषय उठाइरहँदा यो प्रश्न उनीमाथि पनि तेर्सिन्छ– के क्यानका पदाधिकारीभित्र चाँहि गुट र उपगुट छैन? उनी यसको उत्तर बिल्कुलै दिन चाँहदैनन्। किनभने, क्रिकेट विकासको लागि भन्दै क्यान अध्यक्षका अर्का उम्मेदवार विनयराज पाण्डेविरुद्ध एक भएर चुनाव लडेको र नेतृत्वमा आइपुगेको चन्द समूह नै गुट चलाउँदै आएको थियो र अहिले त्यही समूह फेरि अनेक गुटमा विभाजित भइसकेको छ। निर्वाचनमा उनैलाई साथ दिएका उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुरेलले राजीनामा दिइसकेका छन्।

आईसीसीबाट क्यानको निलम्बन फुकुवा गराउन प्रमुख भूमिका खेलेका प्याकुरेलले आफ्नो राजीनामाको स्पष्ट कारण नखुलाए पनि यसको पछाडि क्यानभित्रको गुट र उपगुट नै भएको संकेत गरेका थिए। क्यानमा हाल चार गुट सक्रिय छन्। अध्यक्ष चन्द र कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ललगायत केही पदाधिकारी एक गुट चलाइरहेका छन्। राजीनामा दिनुअघि प्याकुरेल र श्रेष्ठको भिन्दै गुट थियो। यस्तै, अर्को गुट चलाइरहेका छन्, कोषाध्यक्ष रोशन सिंह। सिंह र चन्दको पानी बाराबर भएको नै तीन महिना पुगिसक्यो। उनीहरु न एकसाथ मिडियामा देखिन्छन्, न त सार्वजनिक कार्यक्रममै।

खेलाडीको पक्षमा बोल्ने छुम्बी लामा चौँथो गुट चलाइरहेका छन्। यही गुटमा छन्, पारस र ज्ञानेन्द्र। क्रिकेटको व्यावसायिकतामा पनि सँगै रहेका यी तीन जनालाई चन्द फुटाउन चाहन्छन्। तर, क्यानको जिम्मेवार पदमा बसेर ‘रिमोट’ चन्दले चलाइरहेको देखिए पनि वास्तविकता फरक छ। चन्दलाई चलाउने असली ‘रिमोट’ भने कुनै बेला पारसको 'जिग्री' भनेर चिनिने अमिर अख्तर हुन्।

सुरुवातमा ईपीएल र एनपीएललाईमाथि उकास्न सहयोग गरेका पारससँग अख्तरको सम्बन्ध करिब तीन वर्षअगाडि नै बिग्रिएको थियो। ईपीएलको व्यवस्थापनलाई लिएर पारसले बारम्बार मिडियामा अख्तरमाथि प्रश्न उठाएका थिए। ज्ञानेन्द्रलगायतका केही खेलाडीले पारसलाई नै साथ दिएपछि अख्तर बिच्किए।

गत वैशाखमा नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक सिरिज आयोजनाको अवसर विनाटेण्डर नै अख्तरलाई दिने क्यानको निर्णय यो संस्थाभित्र ‘रोटी सेक्नेहरू’लाई बुझ्न पर्याप्त हुन्छ। यो निर्णयले विवादको आगोमा घ्यु थपेको थियो। क्यान सदस्य छुम्बी उक्त निर्णयविरुद्ध गए। उनलाई बाहिरबाट पारसले साथ दिए। पारसले उक्त प्रतियोगिता त खेलेनन् नै, प्रतियोगिताभरि टीयू क्रिकेट मैदान पनि गएनन्।

उक्त प्रतियोगितामा तत्कालीन प्रशिक्षक डेभ वाट्मोरले मौका दिएका दुई प्रतिभा कुशल भुर्तेल र आशिफ शेख चम्किए। उनीहरुकै लगभग एकल प्रदर्शनमा नेपालले सिरिज जितेपछि अख्तरले खुलमखुला भन्दिए– अब क्रिकेटमा पारस र ज्ञानेन्द्रको राज अन्त्य हुने भयो!

छेउमै रहेका ज्ञानेन्द्रको मन अमिलो भयो। हुनु पनि स्वभाविक थियो। उनले अब अख्तरले आयोजना गरेको प्रतियोगिता नखेल्ने निधो गरे। उनलाई पारसले पनि साथ दिए। क्यानको हरेक निर्णयमा अख्तरको खुलमखुला हस्तक्षेप बढ्यो। त्यसपछि क्यान निलम्बन हुँदा ‘म नै संघ हुँ’ भन्ने भाव देखाउने पारसको ‘घमण्ड’ पनि त्यहीँ सकियो।

 नेपाली क्रिकेटमा ‘पारस प्राधिकार’ समाप्त पार्न अख्तर र क्यान अध्यक्ष चन्दले चालेको यो पहिलो चाल भने थिएन। उनीहरूले यो समूलाई तह लगाउन आफू अनुकूल प्रशिक्षक ल्याउने प्रयास पनि गरे।

भारतीय राजदूतावाससँग राम्रो सम्बन्ध भएका अख्तरकै योजना बमोजिम अध्यक्ष चन्द भारतीय प्रशिक्षक ल्याउन चाहन्थे। उनैको योजनामा क्यानले क्षमता नै नभएका उमेश पटवाललाई मुख्य प्रशिक्षकमा नियुक्तिसमेत दियो। पारसको नजिक मानिने पबुदु दासानायेकेलाई भने त्यतिबेला विगतमा गरेको गल्तीको स्पष्टीकारण दिन लगाएर आईसीसीका प्रतिनिधिसमक्ष बेइज्जत गरिएको थियो।

क्यानका पदाधिकारीले आफू अनुकूल चलाउन खोजेपछि पटवालको कार्यकाल सम्झनलायक बनेन। त्यसपछि आएका वाट्मोरले बीचैमा नेपाली टिम छाडेर भारत गए। पछिल्लो समय क्यान पदाधिकारी र अख्तर केही खेलाडीको सेखी झार्न भारतीय प्रशिक्षक मोन्टी देसाई ल्याउन चाहन्थे। उनका लागि २० हजार डलरसम्म खर्च गर्नसमेत राजी थिए। तर, आईपीएलको बेला लामो समय बिदा मागेका कारण आईसीसी प्रतिनिधि सहमत हुन सकेनन्।

क्यान पदाधिकारीले बाध्यताबस फेरि उनै पुबुदुलाई प्रशिक्षकको जिम्मेवारी दिनुपर्ने भयो। तर, क्यान र अख्तरलाई कतै सन् २०१६ नै त फर्किने होइन भन्ने डर थियो। त्यसका लागि पनि उनीहरु ज्ञानेन्द्र मल्ललाई कप्तानबाट हटाउन चाहन्थे। नत्र चार खेलाडीसँग वार्ता गरेर समस्या समाधान गर्न सकिन्थ्यो। सम्झौताका मापदण्डमा राखिएका बुँदाका स्पष्ट व्याख्या गरेर खेलाडीलाई चित्त बुझाउन सकिन्थ्यो। वास्तवमा भन्ने हो भने नेपाली क्रिकेटमा अहिले पहिलेको जस्तो चरम आर्थिक संकट छैन। खेलाडीहरुलाई मात्र ‘म्याच फि’मा पनि देशको लागि खेल्न सक्ने अवस्था छ। केही हदसम्म व्यवसायिक भइसकेको नेपाली क्रिकेटको सफलता नै हो यो पनि। अनुशासनको ‘डन्डा’ चलाएर प्रमुख खेलाडीलाई दबाब सिर्जना गर्दा नेपालले खेल्ने अबको प्रतियोगितामा प्रदर्शन प्रभावित हुने जोखिम हुने थिएन।

टी–२० विश्वकप छनोट नजिकिँदै जाँदा खेलाडी पनि क्यानसँग मुठभेडमा उत्रिनेभन्दा वार्ता नै गरेर अगाडि बढ्न चाहन्थे। उनीहरूले क्यानलाई त्यसैअनुरूप ११ बुँदे पत्र पनि बुझाएका थिए। तर, उक्त पत्रमा ‘केही नरहेको’ र सबै खेलाडीको माग सामान्य रहेको प्रचार गर्दै हिँडेका कार्यवाहक सचिव मल्लले एकाएक बोली फेर्दै ‘ज्ञानेन्द्रले शक्तिको प्रयोग गरेर खेलाडीलाई जबर्जस्ती हस्ताक्षर गराएको’ र ‘क्यानलाई धम्की दिएको’ मिडियाबाजी गरे।

क्यानका केही पदाधिकारी खेलाडीले राजनीति गरेको आरोप लगाउँछन्। तर, तिनै पदाधिकारी राजनीतिको सिँढी चढेर यहाँ आइपुगेका छन्। उनीहरूको गन्तव्य क्रिकेट विकास नभएर राजनीतिक भविष्य सुधार्नु हो। क्यान अध्यक्षमा निर्वाचित हुँदा चन्द बैतडी कांग्रेसको उपसभापति थिए। अघिल्लो महिना भएको जिल्ला अधिवेशनबाट सभापति भएका छन्। उनको धेरैजसो समय जिल्लाको राजनीतिमा नै बित्छ। उनै चन्दले क्रिकेट बुझेको जस्तो गर्ने तर, काम भने खेल भावनाविपरीत गर्ने मल्ललाई आफ्नो गुटबाट फुत्त ल्याएर कार्यवाहक सचिव नियुक्त गर्दा थप समस्या उत्पन्न भएको हो।

मल्लले यदी क्रिकेट नै बुझेको भए तथा कसैको प्रभाव र दबाबमा नपरेको भए खेलाडीको तलबको कुरा उठेको यो पहिलो घटना होइन भन्ने पनि बुझ्नु पर्ने थियो। यसअघि पनि पटक–पटक यही विषयमा कुरा उठ्दै आइरहेको थियो। तर, यसपटक खेलाडीलाई त्यति ‘कठोर’ सजाय दिनु उपयुक्त थिएन।

खेलाडीको तलबको विषय नेपालमा मात्र पेचिलो छैन, विश्वव्यापी रूपमा नै उठ्ने गरेको छ। तर, ज्ञानेन्द्रलगायतका खेलाडीलाई कारबाही नै गर्ने नियत बोकेका सचिव मल्लले खेलाडीहरूसँग बदला लिने अख्तरको चाहनालाई पनि पूरा गरिदिए। यो कदमले नेपाली क्रिकेटमा ठूलो धक्का लाग्ने छ, अन्तर्राष्ट्रिय छविसमेत धमिलो बनाउने छ।

लामो समयको निलम्बन, त्यसपछि पुनर्बहाली हुनासाथ कोभिड महामारीको प्रकोप, क्यानको फितलो व्यवस्थापन र सबै क्षेत्रमा अनुशासनको कमीबीच गुज्रिएको नेपाली क्रिकेटमा सुधार गर्नुपर्ने बेला गरिएको यो निर्णय सामान्य छैन। यसले अल्पकालीन रूपमा अध्यक्ष चन्द, सचिव मल्ल र अख्तरलाई त फाइदा पुग्ला, तर दीर्घकालीन रुपमा नेपाली क्रिकेटलाई पछाडि धकेल्ने छ।

प्रकाशित मिति: बिहीबार, पुस १, २०७८  २१:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
कुशल भूर्तेल ‘ए’ टोलीमा अनिल साहको कप्तानीमा रहेको नेपाल ‘ए’ टोलीमा भुर्तेलसहित तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, रशिद खान... सोमबार, साउन २५, २०८३
‘अन्डरडग’ जिरोना इतिहास कोर्ने बाटोमा, दिनसक्छ एउटा ‘सरप्राइज’ नतिजा ला–लिगाको सिजन २०२३/२४ को पहिलो १९ हप्ता सकिँदा जिरोनाले पाँच पटक शीर्ष स्थानको अग्रता बनाएको थियो। र, अहिले पनि रियल मड्रिडसँग समान... मंगलबार, पुस २४, २०८०
जनतासँग माओवादी अभियान : रूपान्तरणको सार्थक बहस हुन त यसअघि पनि केन्द्रीय महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी बिग्रिएको र विघटन गर्दा हुने भनाइ राख्दै जनतामा फर्कनुपर्ने उद... बुधबार, भदौ २०, २०८०
ताजा समाचारसबै
सरकार रोम जलिरहँदा निरोले बाँसुरी बजाएझैँ गैरजिम्मेवार बनेको सांसद केरुङको आरोप मंगलबार, भदौ २, २०८३
सरकारको कार्यसम्पादनमाथि हर्कराज राईको आरोप : सहकारी पीडितले पैसा पाएनन्, अस्पतालमा उपचार छैन मंगलबार, भदौ २, २०८३
प्रतिपक्षमाथि टीका संग्रौलाको कडा प्रहार– ‘कुन हिम्मतले फेरि जनतामाथि शासन गर्छौँ भन्दैछन्?’ मंगलबार, भदौ २, २०८३
शिक्षकलाई आन्दोलनमा धकेल्ने काम बन्द गर्न सरकारलाई सांसद जोशीको चेतावनी मंगलबार, भदौ २, २०८३
प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्रीको भेट मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्