काठमाडौँ– आज मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले शपथ लिने भएका छन्।
संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादवले मंसिर १७ गते राजीनामा दिएपछि कांग्रेस दलका नेता यादव मुख्यमन्त्री नियुक्त भएका हुन्।
शनिबार राति भएको छलफलपछि मन्त्रालयको भागवण्डामा दलहरुबीच सहमति बनेको छ।
बैठका जसपा नेपालले सभामुखसहित तीन मन्त्रालय पाउने भएको छ। यस्तै, नेकपा एससहित समाहित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)लाई पनि मधेश सरकारका तीन मन्त्रालय उपलब्ध हुने बताइएको छ।
मुख्यमन्त्रीसहित नेपाली काकांग्रेसले दुई मन्त्रालयमा चत्त बुझाउने छ।
जनमत पार्टीले पनि दुई मन्त्रालय पाउने मोटामोटी सहमति बनेको छ।मुख्यमन्त्रीमा विश्वासको मत नपाएको लोसपा नेपालले पनि दुई मन्त्रालय पाउने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।