• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

वीरगञ्‍ज भन्सारमा १६ वर्षदेखि थन्किएको छ भेहिकल स्क्यानर, फेरि अर्को किन्ने अर्थमन्त्रीको सुरसार

64x64
सुमित्रा कार्की बिहीबार, पुस १, २०७८  ०९:१२
1140x725

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले गत भदौमा तीन महिनाभित्र भन्सार जाँच गर्ने स्थानमा भेहिकल स्क्यानर मेसिन जडान गर्न निर्देशन दिएका थिए। उनले निर्देशन दिइरहँदा वीरगञ्‍ज भन्सारमा भने यही प्रयोजनका लागि चीन सरकारले अनुदानमा दिएको कन्टेनर स्क्यानर अलपत्र अवस्थामा थियो।

विगत १६ वर्षदेखि बेवारिसे रहेको उक्त स्क्यानर चलाउन यसबीचमा बनेका कुनै पनि सरकारले पहल गरेनन्। सरकार परिवर्तनसँगै अर्थ मन्त्रालय सम्हाल्न आएका अर्थमन्त्रीहरुले उक्त स्क्यानर सञ्‍चालन गर्न चासो देखाएनन्। त्यही प्रवृत्ति वर्तमान अर्थमन्त्री शर्माले दोहोर्‍याएका छन्।

अर्थ मन्त्रालयलगायत सरोकारवाला निकायको बेवास्ताकै कारण अलपत्र बनेको उक्त स्क्यानर सञ्चालन गर्नुको सट्टा अहिले फेरि नयाँ स्क्यानर खरिद गर्ने तयारी गरिएको छ। अर्थमन्त्री शर्माको निर्देशनपछि भन्सार विभागले नयाँ मेसिन खरिदको प्रक्रिया अगाडि बढाएको छ। मेसिन खरिदका लागि प्रस्ताव आह्वान गर्न आवश्यक कार्यविधिको मस्यौदा तयार पारिएको भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले जानकारी दिए। उक्त कार्यविधि मन्त्रिपरिषद्‍बाट पारित भएपछि स्क्यानर खरिदका लागि बोलपत्र आह्वान गरिने उनले बताए।

भन्सार विभागका अधिकारीहरु दक्ष कर्मचारी नहुँदा कन्टेनर तथा ट्रक स्क्यान गर्ने उक्त मेसिन सञ्चालनमा ल्याउन नसकिएको बताउँछन्। तर, जनशक्ति अभाव देखाएर स्क्यानर थन्क्याइनुको मुख्य कारण नयाँ खरिदमा आर्थिक चलखेल गरी लाभ लिने दाउ रहेको भन्सारकै अधिकारीहरु बताउँछन्।

विभागका महानिर्देशक सापकोटाले उक्त कुरा अस्वीकार गरे। उनले १६ वर्षअघि ल्याइएको उक्त मेसिन कन्टेनर तथा ट्रक स्क्यान गर्ने मेसिन नभएको बताए। 'त्यो मेसिनबाट कारहरु मात्र स्क्यान गर्न मिल्छ, कन्टेनर तथा ट्रक स्क्यान गर्ने मेसिन होइन त्यो,' उनले भने, 'अहिले मालवाहक गाडी, कन्टेनर तथा ट्रक स्क्यान गर्ने स्क्यानर खरिद गर्न लागिएको हो।'

तर, विभागका एक पूर्वमहानिर्देशक उक्त मेसिन कन्टेनर स्क्यान गर्ने स्क्यानर नै भएको बताउँछन्। पुरानो भइसकेका कारण मर्मत नगरी चलाउन नसकिने अवस्थामा पुगेको उनी बताउँछन्। 'सरकारले मर्मतका लागि चासो दिएको छैन। मर्मत नहुने हो भने लिलामी गर्नुपर्थ्यो, त्यो गरिएन। पुरानो मेसिनलाई अलपत्र छाडेर फेरि नयाँ ल्याउन लागिएको छ,' उनले भने।

यसरी ल्याइएको थियो १६ वर्षअघि स्क्यानर मेसिन
चीन सरकारले झण्डै २५ मिलियन अमेरिकी डलर पर्ने दुईवटा भेहिकल स्क्यानर मेसिन नेपाल सरकारलाई अनुदानमा दिएको थयो। ती मेसिनमध्ये एउटा वीरगञ्ज भन्सार कार्यालय र अर्को त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको थियो। नेपाल सरकारलाई १६ वर्षअघि नेपालको प्रमुख नाका वीरगञ्ज भन्सार तथा सुख्खा बन्दरगाहमा भित्रिने सामान चेकजाँच गर्नका लागि भन्दै चीन सरकारले उक्त मेसिन अनुदानमा उपलब्ध गराएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

चीन सरकारले नेपाललाई स्क्यानर मेसिन चलाउनका लागि मेकानिक आवश्यक पर्ने भन्दै दुई जना नेपालीलाई चीनमै लगेर मेसिन चलाउने तालिमसमेत दिएको थियो। चीनले तालिम दिएका ती कर्मचारीमा अहिले एक जनाले अवकाश लिइसकेका छन्। एक जना कता छन् भन्ने पत्तो छैन।

भन्सारमा स्क्यानर मेसिन नहुँदा समस्या 
भन्सार विभागमा आयात निर्यात गर्दा सामान जाँच गर्ने मेसिन नहुँदा भन्सारमा आउने/जाने सामानको राम्रोसँग जाँच हुन सकेको छैन। जसले गर्दा भन्सारमा हुने चुहावट रोक्न गाह्रो परेको वीरगञ्‍ज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेल बताउँछन्।

'अहिले भारतबाट नेपाल भित्रिने सामानका लागि चारवटा लेन बनाएर भन्सार चेक गर्ने गरेका छौं,' उनी भन्छन्, 'हरियो लेन (ग्रिन लेन), रातो लेन (रेड लेन), पहेँलो लेन (यल्लो लेन) र निलो लेन (ब्लु लेन) गरेर चारवटा लेनमा विभाजन गरेर जाँच गरिरहेका छौं। यसरी ग्रेडिङ गरेर ल्याइएको सामान हरियो लेनमा परेमा त्यसको कुनै परीक्षण हुँदैन। पहेँलो लेनबाट आएका सामानको कागजातमात्र चेक हुन्छ।'

निलो लेनमा आएका सामानको पोस्ट क्लियरेन्स अडिटमात्र हेर्ने गरेको उनले बताए। बाँकी रातो लेनबाट आउने ट्याङ्‍करको मात्रै भौतिक रूपमा परीक्षण गरिन्छ। रातो लेनमा पर्ने आयातित वस्तुहरू शंकास्पदको घेरामा पर्ने हुनाले पनि भौतिक रूपमा परीक्षण गरेर मात्रै नेपाल भित्र्याउन दिने गरेको प्रमुख भन्सार अधिकृत पौडेलको भनाइ छ।

Xtrem

Xtrem

यसरी रातो लेनमा परेको एउटा कन्टेरनको सामान जाँच गर्न भन्सारका कर्मचारीलाई २० देखि ३० मिनेटसम्म लाग्ने पौडेल बताउँछन्। रातो लेनमा आएको सामानमा पनि पहिलो, दोस्रो कन्टेनरको डिब्बा चेक गरेपछि केही शंकास्पद लाग्ने सामान नभेटिए अन्य डिब्बाहरु चेक नै नगरी मालबाहक ट्रकमा लोड गर्ने गरेको भन्सारका एक कर्मचारीले बताए।

यता त्रिभुवन विमानस्थलमा राखिएको स्क्यानर पनि सुरुको एक महिना सञ्चालन गरेपछि बिग्रिएर थन्क्याइएको छ। उक्त मेसिनलाई समेत मर्मत गरेर चलाउन कसैले वास्ता नगरेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका एक अधिकारीले बताए।

प्रकाशित मिति: बिहीबार, पुस १, २०७८  ०९:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ? अघिल्लो दिन प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ८०० रुपैयाँले बढ्दै २ लाख ९२ हजार ३०० रुपैयाँमा पुगेको... बुधबार, असोज २१, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैया... बुधबार, असोज २१, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ... मंगलबार, असोज २०, २०८३
ताजा समाचारसबै
प्रहरी पोसाक खरिद अध्ययन उपसमितिको पहिलो बैठक आज बस्दै बुधबार, असोज २१, २०८३
कांग्रेसको बन्दसत्र अपराह्न ४ बजे सुरु हुने बुधबार, असोज २१, २०८३
बिर्तामोडमा भीषण आगलागी, पाँच घर जलेर नष्ट बुधबार, असोज २१, २०८३
क्रिकेटको नयाँ गन्तव्य बन्दै जुम्ला, २४ सय मिटर उचाइमा पहिलो ‘हाई अल्टिच्युड’ प्रतियोगिता बुधबार, असोज २१, २०८३
नेपाली सेनाले डीडीसीबाट दैनिक १० हजार लिटर दूध किन्ने बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्