काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ ।
मंगलबार प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ६ हजार ३०० रुपैयाँले घटेर २ लाख ६० हजार ९०० रुपैयाँ कायम भएको छ ।
आज १० ग्राम छापावाल सुनको मूल्य २ लाख २३ हजार ६८० रुपैयाँ तोकिएको छ ।
चाँदीको मूल्य पनि आज तोलामा ११० रुपैयाँले घटेको छ । मंगलबारको तुलनामा घटेर चाँदी प्रतितोला ३ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको छ । १० ग्राम चाँदीको मूल्य २ हजार ८९८ रुपैयाँ तोकिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।