• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिल्म समीक्षा

यहुदीको नरसंहार र चिहानका ढुङ्गा ओछ्याइएको सडक

64x64
युवराज भट्टराई शनिबार, मंसिर ४, २०७८  १३:१५
1140x725

दोस्रो विश्वयुद्धको क्रममा जर्मनीले ६० लाखभन्दा धेरै यहुदीहरूको हत्या गरे। नाजी सेनाको क्रुरताका कारण कैयौं निर्दोष यहुदीहरुको ज्यान गयो। विश्वको इतिहासमा यो एउटा यस्तो पाठ भयो, जुन आज पनि उत्तिकै महत्वपूर्ण छ। कुनै जातिप्रतिको घृणाले मानवता धरापमा परेको थियो। 

यहुदीमाथि नाजी सेना र जर्मनीले गरेको अत्याचारमाथि बनेका कैयौं फिल्म छन्। तीमध्ये अमेरिकी निर्देशक स्टिफन स्पिलबर्गको ‘सिन्डलर्स लिष्ट’ निकै चर्चित भयो। स्पिलबर्गले १९९३ मा यो फिल्म बनाएका थिए।

यो फिल्म आफ्नो जीवनको महत्वपूर्ण र महत्वकांक्षी ‘प्रोजेक्ट’ भएको उनले बताएका थिए। ‘जुरासिक पार्क’ जस्ता ‘साइन्स फिक्सन’मा आधारित फिल्म बनाएर चर्चामा आएका स्पिलबर्गको ‘सिन्डलर्स लिष्ट’ ‘माष्टर पिस’ थियो।

यहुदी र नाजीको ऐतिहासिक कथन लामो छ। स्पिलबर्गले यहुदीहरुको सामुहिक हत्यालाई मूल विषय बनाएका छन्। उनीहरु आफ्नो जातीयताकै कारण मर्न बाध्य भइरहेको विषयले उनलाई निकै छोएको थियो। त्यसैले उनी फिल्मलाई जिवन्त देखाउन सफल भए। फिल्म सार्वजनिक भएको २९ वर्षसम्म यसमाथि बहस जारी छ। यो फिल्मलाई त्यो इतिहासको यथार्थताको रुपमा पनि चिनिन्छ। 

फिल्म सन् १९८२ मा सार्वजनिक भएको ‘बुकर पुरस्कार’ विजेता उपन्यास ‘सिन्डलर्स आर्क’मा आधारित छ। यो उपन्यास अष्ट्रेलियन लेखक थोमस केनेल्लीले लेखेका हुन्।

दोस्रो विश्वयुद्ध ताका आफ्नो व्यापार बढाउने सोच लिएको व्यापारी अस्कर सिन्डलर्सको दृष्टिकोणबाट फिल्म बनाइएको छ। यहुदीहरुबाट सस्तोमा काम गराएर लाभ लिने हेतुले उसले आफ्नो व्यापार सुरु गरेको हुन्छ। तर, जब उसलाई यहुदीमाथि नाजीले गरिरहेको क्रुरताबारे ज्ञात हुन्छ, तब आफ्नै सोचबाट पछि हट्छ र निर्दोषहरूलाई बचाउनतर्फ लाग्छ।

नरसंहारको जीवन्त दृश्यांकन
दोस्रो विश्वयुद्ध ताका जर्मनीले शासन गरिरहेको पोल्याण्डको कार्कोव गेट्टोमा अस्कर सिन्डलर्स नामका एक व्यापारी हुन्छन्। नाजीले शाशन गरिरहेको ठाउँमा यहुदीहरूलाई कम खर्चमा काम गराएर आफ्नो व्यावसाय बढाउने हेतुले उनी त्यहाँ एक उद्योगको सुरुवात गर्छन्।

नाजी पार्टीका सदस्य रहेका अस्करले जर्मन सेनालाई घुस दिएर इनामेलवेर (एक प्रकारको प्लास्टिकका भाँडाहरु)को उत्पादन सुरु गर्छन्। नाजीसँगको मित्रतामार्फत उनले यहुदीहरूलाई प्रयोग गरेर आफ्नो व्यवसाय चलाएका हुन्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

त्यहाँ जर्मन सेनाका सेकेण्ड लेफ्टिनेन्ट अमोन गोत कार्कोव आइपुग्छन्। यहुदीहरूलाई सजायका लागि त्यहाँ ‘कन्सन्ट्रेसन क्याम्प’को स्थापना भइरहेको हुन्छ। उनको आगमनपछि शहरमा यहुदीमाथिको अत्याचार बढ्छ। मानिसहरू सडकमै मारिन्छन्। सिन्डलर्स, जो नाजी पार्टीकै सदस्य हुन्, यहुदीमाथि भइरहेको त्यो अत्याचारबाट दुःखी हुन्छन्। एकै पटकमा दुई हजार यहुदीहरुको निर्मम हत्याको दृश्यले उनी त्यहाँ भइरहेको नरसंहार विरोधी बन्न पुग्छन्। 

एक दिन रातो कोट लगाएकी एक यहुदी बालिका नाजीहरुबाट बच्नका लागि सडकमा भागिरहेकी हुन्छिन्। घरको बार्दलीबाट नियालिरहेका अस्करको नजरबाट ती बालिका एकै छिनमा अलप हुन्छिन्। केही क्षणपछि नाजीले हत्या गरेका मानिसहरुको लासमा ती बालिका पनि हुन्छिन्। 

अस्करलाई यो दृश्यले यति भावुक बनाउँछ कि उनी आफ्नो व्यवसायको फाइदा र घाटा छाडेर आफूसँग काम गरिरहेका यहुदीहरुको ज्यान बचाउनतर्फ लाग्छन्। उनमा धेरैभन्दा धेरै आम्दानी गरेर यहुदीहरुको जीवन किन्ने सोच सुरु हुन्छ। 

Xtrem

Xtrem

जब जर्मनीको हातबाट युद्ध गुम्दै जान्छ, जर्मन सेनाका सेकेण्ड लेफ्टिनेन्ट अमोन गोतले शहरमा रहेका बाँकी यहुदीलई पाल्सजवदेखि असविट्स कन्सन्ट्रेसन क्यापमा सार्न आदेश दिन्छन्। अस्कर आफूसँग भएका कामदारको ज्यान बचाउन अर्को शहरमा रहेको मुनिटिओन उद्योगमा लैजान चाहन्छन्। त्यसका लागि गोतसँग अनुरोध गर्छन्। उनले ब्रुन्नलिट्ज शहरमा नयाँ उद्योग बनाउने बहानामा कामदार सार्न अनुमति मागेका हुन्छन्। गोतले ८५० जना यहुदीहरूलाई लैजान अनुमति दिन्छन्। तर, त्यसका लागि अस्करले निकै महङ्गो मूल्य चुकाउनुपर्छ।

आफूले आफ्नो उद्योगबाट लगेका यहुदीहरुको जीवन बचाउन आफूसँग भएको सबै जायजेथा नाजी सेनालाई घुस दिनमा खर्च गर्छन्। नयाँ उद्योगमा नाजीहरुलाई प्रवेश निषेधका लागि घुस दिइएको हुन्छ। ठूलो रकम तिर्नु पर्दा उनको उद्योगको स्थिती नाजुक बन्दै जान्छ। सन् १९४५ मा जर्मनीले आत्मसमर्पण गर्दा अस्करले पनि आफूसँग भएको सबै पैसा खर्च गरिसकेका हुन्छन्। 

अस्कर व्यापारमा असफल हुन्छन्। उनको वैवाहिक जीवन पनि असफल हुन्छ। तर, १२ सय यहुदीहरुको जीवन जोगाउन उनी सफल हुन्छन्। फिल्मको उत्तरार्धको दृश्यमा आफूसँग भएको गाडीदेखि स–साना सामग्री बेचेको भए थप थप यहुदीलाई बचाउन सक्ने सोचका कारण अस्कर भावुक भएको दृश्य देखाइन्छ।

कार्कोवबाट यहुदीहरुलाई बचाएर ब्रुन्नलिट्ज शहरमा लैजाने क्रममा महिला र युवतीहरुमाथि जर्मन सेनाले गरेको अत्याचारका दृश्य देखाइएका छन्। कार्कोवमै हुँदा पनि जीवन जोगाउन सडकमा भौतारिइरहेका यहुदीहरूलाई कुनै खेलमा जस्तै नाजीहरुले गोली हानेर मारेको दृश्यमार्फत स्पिलबर्गले इतिहासमा मानिसमाथि भएको एउटा निर्मम अत्याचा प्रस्तुत गरेका छन्। यी हरेक दृश्यहरुमा जर्मन सेना र नाजीको अत्याचार र यहुदीहरुको निरिहता देखिन्छ।

फिल्मका मुख्य पात्र अस्कर भए पनि कथाले अस्करको बारेमा मात्रै भन्दैन, बरु ती मानिसहरूको कथा भन्छ जो कुनै नश्लकै भएो कारण मर्नु परेको छ। कुनै पनि मानिसमाथि उसको नश्लकै आधारमा यति क्रुरता हुन्छ भन्ने दृश्यहरु देख्दा जो कोही पनि भावुक हुन्छ। तर, यी दृश्यहरु कुनै काल्पनिकता नभएर इतिहासको एक सत्य घट्ना हो भन्दा त्यसले थप अर्थ राख्छ।

सादा फिल्ममा रातो कोट लगाएकी बालिका
‘सिन्डलर्स लिष्ट’ पुर्ण रुपमा सादा (ब्लाक एण्ड ह्वाइट) मा खिचिएको फिल्म हो। इतिहासलाई झल्काउन पनि निर्देशकले फिल्ममा यस्तो प्रयोग गरेका छन्।

साढे तीन घण्टाको फिल्म पूर्ण रुपमा सादा भए पनि एक दृश्यमा रातो रङको प्रयोग छ। यहुदीहरुले ‘शब्बात’ प्राथना गर्नका लागि बालेको मैनबत्तीको ज्वालाबाहेक अर्को यही दृश्यमा बालिका देखिन्छिन्। तीन वर्षकी यहुदी बालिका रातो कोट लगाएर नरसंहारमा आफूलाई जोगाउन हिँडिरहेकी हुन्छिन्। पछि त्यही कोटका कारण अस्करले बालिकाको लास पहिचान गर्छन्। यो दृश्यपछि अस्करको यात्रा मोडिन्छ। 

नरसंहार भइरहेको थाहा पाएर पनि हात बाँधेर बस्ने अमेरिकी अधिकारीहरुको मनोविज्ञान प्रस्तुत गर्न फिल्ममा यो दृश्य राखेको निर्देशक स्पिलबर्ग बताएका थिए। उनले भनेका थिए– ‘सडकमा रातो कोट लगाएर हिँडेकी बालिकाजस्तै स्पष्ट थियो नरसंहारका घटना। तर, यसलाई कम गर्न वा रोक्न कसैले पनि केही गरेन। त्यहि कुरा फिल्ममा रातो रङ देखाएर दिन खोजेको सन्देश थियो।’

बिम्बमार्फत इतिहासको चित्रण
यहुदीमाथिको अत्याचार र नरसंहारलाई लिएर धेरै सिनेमा बनेका छन्। इतिहासको त्यो घटनालाई यथार्थ चित्रण गर्ने ‘द पियानिष्ट’, ‘द रिडर’जस्ता फिल्म पनि छन्। सन् २०१९ मा प्रदर्शनमा आएको फिल्म ‘जो जो र्‍याबिट’मा पनि यहुदी नरसंहार र ‘होलोकास्ट’को इतिहासलाई व्यंग्यात्मक हिसाबले प्रस्तुत गरिएको छ।

‘सिन्डलर्स लिष्ट’ होलोकास्टमा आधारित फिल्ममध्ये उच्च स्थानमा पर्नुमा यसमा प्रयोग भएका बिम्बात्मक दृश्य हुन्। उपन्यासमाथि आधारित फिल्ममा सत्यतथ्यलाई तोडमोड गरिएको छैन। दृश्यहरू जिवन्त लाग्छन्।

बालिकाले लगाएको रातो कोटवाला बिम्ब सबैभन्दा शक्तिशाली लाग्छ। त्यसबाहेक यहुदीमाथि नाजीले गरेको अत्याचार देखाउन अनेक बिम्बात्मक दृश्य राखिएका छन्। फिल्मलाई सादा रङको प्रयोगले यहुदीको जीवन कति फिक्का थियो भन्ने देखिन्छ।

फिल्ममा एउटा दृश्य छ, जहाँ यहुदीहरुलाई आफू रहेको रेलबाट निस्किएर गाडामा चढ्न भनिन्छ। तर, उनीहरूको सरसामन भने त्यहीँ छोडिन्छ। रेलबाट निस्किएकाहरू फरक गन्तव्यको यात्रामा निस्किन्छन्। नाजीहरुले यहुदीका सामग्रीहरुमार्फत पनि फाइदा लिइरहेका हुन्छन्, जहाँबाट गहना, सुन लैजान्छन्। त्यहाँ संख्यात्मक रुपमा रहेका सामग्रीहरुमार्फत कति यहुदीहरुको निर्मम हत्या भएको थियो भन्ने देखाइन्छ।

पाल्सजवको श्रम शिविरको सडकमा यहुदीहरुको चिहानबाट निकालिएका ढुंगाहरुले सडक छापिएको हुन्छ। सडकमा छापिएका ढुंगाहरुमा यहुदीको अस्तित्व नै हुँदैन। स्पिलबर्गले सिनेमामा देखाएको यो दृश्यले नरसंहारमाथि उभिएको निर्मम इतिहासको झलक हो। चेक रिपब्लिकको राजधानी प्रागमा अहिले पनि यहुदीहरुको चिहानबाट निकालिएका ढुंगाहरुले बनेको सडक छ।

यहुदीहरुको हत्या गर्नु नाजीहरुका लागि मामुली काम हो। तर, यहुदीहरुको मृत्युपछि पनि उनीहरुको अस्तित्व मेटाउन चिहानबाट ल्याइएका ढुंगाबाट नाम मेटाएर सडकमा ओछ्याइएको हुन्छ। 

०००

फिल्मको प्रमुख भूमिकामा लिएम निसन (अस्कर शिन्डलर)ले अभिनय गरेका छन्। उनीसँगै फिल्ममा राल्फ फिइन्नेस (अमोन गोथ), एलिजाबेथ डेभिड्ज (हेलेन हिर्सच), बेन किङ्गस्ले (इट्ज्याक स्टेर्न) लगायतको अभिनय छ।

फिल्मसँग जोडिएको एउटा किस्सा निकै चर्चित छ। स्पिलबर्गले फिल्ममा अभिनय गर्ने ओलिभिया (रातो कोट लगाउने बालिका) लाई १८ वर्ष नपुग्दासम्म आफूले तीन वर्षको हुँदा अभिनय गरेको फिल्म नहेर्न भनेका थिए। तर, उनले आफू ११ वर्ष हुँदा उक्त फिल्म हेरिन्। फिल्म हेरेपछि उनले भनेकी थिइन्, ‘म निकै डराएकी थिएँ।’

प्रकाशित मिति: शनिबार, मंसिर ४, २०७८  १३:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
‘पुष्पा २’ : तीन दिनमा २ सय करोड कमाउने पहिलो भारतीय फिल्म यो संवादको अर्थजस्तै भारतीय बक्स अफिसमा पनि फिल्म ‘वाईल्ड फायर’ बनेको छ। ‘रेकर्ड ब्रेक’ ओपनिङ गरेको फिल्म शुक्रबार र शनिबार पनि कमाइ... आइतबार, मंसिर २३, २०८१
दिमाग खराब : आम जनताको ‘फ्रस्टेसन’ बोल्ने फिल्म हिजोको दिनमा पार्टी, संगठनको आवश्यकता किन पर्यो, यसबारे निर्देशकले सोचेको भए फिल्म समसामयिक घटनाका फुटेजको सुन्दर संयोजनभन्दा माथि उ... आइतबार, कात्तिक २६, २०८०
हल्कारा : नेपाली फिल्म क्षेत्रको ‘अमूल्य’ पूँजी ‘हल्कारा’ हेरेर मन हलुका भएको कुरा म सुनाउन चाहन्छु। त्यति नै हलुका ५ वर्षअघि चाइनिज फिल्म ‘पोस्टम्यान इन द माउन्टेन’ हेर्दा पनि भएक... बुधबार, जेठ ३, २०८०
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्