टी२० विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत पाकिस्तानविरुद्धको पहिलो खेलमै पराजित भएपछि भारतीय कप्तान विराट कोहलीलाई एक पत्रकारले प्रश्न गरे, ‘रोहित शर्माको स्थानमा इशान किशनलाई टोलीमा समावेश गर्नेतर्फ विचार गर्ने कि नगर्ने?’
पहिलो खेलमै पाकिस्तानसँग १० विकेटले पराजित भएपछि निराश देखिएका कप्तान कोहलीले उनको यो प्रश्नको खिल्ली उडाए। कोहलीले भने, ‘यो एकदम साहसी प्रश्न हो, तपाईंलाई के लाग्छ सर? मैले जुन टिमलाई उत्कृष्ट ठानेको थिएँ, त्यही टिमसँग खेलेँ। यसमा तपाईंको राय के छ?’
त्यसपछि पत्रकार सम्मेलनमा सहभागी सबै हाँसे, प्रश्नकर्ताको थप एक बोली निस्कियो, ‘मैले प्रश्नमात्रै गरेको हुँ।’
कोहलीले ती पत्रकारलाई आफूले जानेअनुसार पाठ पढाए र उनीमाथि मिम्स बन्न थाले। आफूलाई सम्हाल्दै उनले पत्रकारलाई कुनै अपमानजनक शब्द भने प्रयोग गरेनन्, जसको प्रशंसा गर्नुपर्छ।
‘के तपाईं रोहित शर्मालाई टी२० अन्तर्राष्ट्रिय खेलबाट हटाउनुहुनेछ? हामीले खेलेको अन्तिम खेलमा उसले के गर्यो तपाईंलाई थाहा छ? यदि तपाईं विवाद चाहनुहुन्छ भने, कृपया मलाई पहिले भन्नुहोस् ताकि म सोही अनुसार जवाफ दिन सक्छु,’ कोहलीले हाँस्दै भने।
कसैले कोहली र शर्मा टी२० टोलीका लागि योग्य छैनन् भन्ने सोच्दछ भने, यो स्पष्ट शब्दमा निन्दा गर्नु बराबर हो। यी दुवै एक छेउमा स्मार्ट ब्याटिङका लागि परिचित छन् र वर्षौंदेखि टी२० क्रिकेटमा स्पिनविरुद्ध संघर्ष गरिरहेका छन्।
भारतीय क्रिकेट टोलीमा दुवैलाई सँगै ब्याटिङमा उतार्ने हो भने सुरुआति रनरेट सुस्त हुन्छ। यो दृष्टिकोण इन्डियन प्रिमियर लिग (आईपीएल)मा प्रभावकारी सावित भएको छ।
किनभने उनीहरु आफ्नो टोलीमा यसरी खेल्ने एक मात्र ब्याट्सम्यान हुन्। कोहलीको रोयल च्यालेन्जर्स बैंग्लोरसँग जोखिम लिन र ठूला शटहरू प्रहार गर्ने एबी डिभिलियर्स छन् भने मुम्बई इन्डियन्सको सम्पूर्ण ब्याटिङ लाइनअप ठूला शटहरू प्रहार गर्न माहिर छ।
हेर्ने हो भने यी दुईका कारण भारत प्रतियोगिताबाट बाहिरिने संघारमा उभिएको छैन। तर, तथ्य यो पनि हो टी२० टोलीमा रोहितको स्थानबारे प्रश्नचिह्न लगाउन नसक्दा भारतको यो ढाँचाप्रतिको दृष्टिकोण स्पष्ट देखिन्छ।
खेल नसुधारिएको परिणाम
कोहलीले भनेको जस्तो सबैखाले प्रतियोगिता हेर्ने हो भने भारतीय टोलीको यो वर्ष फलदायी रह्यो। विश्वकप अगाडि भारतीय टोलीको लयलाई हेर्ने हो भने रोहितको प्रदर्शनलाई कमजोर भन्न मिल्दैन। उनको प्रदर्शनसँगै टोलीले देखाएको लयले भारतलाई टी२० को प्रमुख दावेदार भन्दा फरक नपर्ने स्थितिमा थियो।
उत्कृष्ट लयका साथै भारतीय टोलीहरुसँग अर्को रहेको ‘एडभान्टेज’ भनेको संयुक्त अरब इमिरेट्स (युएई) को पिच हो। यहाँको ढिलो पिचहरूका भारतीय टोलीका लागि उत्कृष्ट बलरहरू थिए र कम्तीमा जोखिम लिन सक्ने ब्याट्सम्यान पनि। त्यसैले पनि भारतलाई उपाधि रक्षा गर्नसक्ने टोलीको रुपमा हेरिएको थियो।
पाकिस्तानविरुद्धको खेलमा भने धेरैको आकलन गलत सावित भयो। यसअगाडि पाकिस्तानसँग नहारेको भारतीय टोली ओभर कन्फिडेन्टका कारण १० विकेटले पराजित भयो। हुन त खेल हो हार जित स्वाभाविक हुन्छ। सधै भारतको जित मात्रै हुन्छ भनेर ‘मेरै गोरुको बाह्रै टक्का’ गर्नु पनि जायज होइन। तर, उक्त खेलमा भारतीय टोलीका भरपर्दा ब्याट्सम्यानदेखि बलरसम्म चल्न सकेनन्।
यसपछिको दोस्रो खेलमा भारतले सुधार गर्ने अपेक्षा गरिएको थियो। यता, कप्तान कोहोलीले पनि पहिलो खेलमा पाकिस्तानले आफूहरुलाई कुनै मौका नदिएको भन्दै दोस्रो खेलमा आफ्नो टोलीमा देखिएको कमजोरीलाई सुधार गर्नुपर्ने औंल्याएका थिए।
तर, दोस्रो खेलमा पनि भारत न्यूजिल्याण्डसँग निरिह देखियो। उक्त खेलमा ८ विकेटले पराजित भयो भारत। न्यूजिल्याण्डविरुद्धको महत्त्वपूर्ण खेलमा भारतको शीर्ष र मध्यक्रमका ब्याट्सम्यान चल्न सकेनन्।
हुन त भारतीय टोली युएईको यो पिचबारे जानकार थिए। आईपीएल पनि यही मैदानमा खेलाइएको थियो। तर, अक्टोबरमा ६ बजे खेल सुरु हुनुको अर्थ पहिलो इनिङ्स पछि मैदानमा शीत परेर ओसिलो हुन्छ भन्ने भारतीय कप्तान कोहलीले बुझ्नुपर्ने थियो। मैदान शीतका कारण ओसिलो हुँदा रन चेज गर्ने टोलीहरूलाई फाइदा पुर्याउँछ। बल बाउन्स हुँदैन भने बलरलाई सही लाइन र लेन्थ सामात्न गाह्रो हुन्छ। यसका अलवा फिल्डलाई हुने असहजता त कोहली जस्तो कप्तानले नबुझ्ने कुरा नै हुँदैन।
यस अगाडिका तीन खेलमध्ये दुई पटक नामिबिया र स्कटल्यान्डविरुद्ध डिफेन्ड गरिएको छ भने तेस्रो पटक टस जितेर पहिले ब्याटिङ गरेको टोलीले मात्र तीन रनको अन्तरले जित हासिल गरेको छ।
सेमिफाइनलमा स्थान बनाइसकेको पाकिस्तानबाहेक लागि समूह २ बाट सेमिफाइनलमा स्थान बनाउन न्युजिल्यान्ड, अफगानिस्तान र भारत गरी तीन टोली अझै प्रतिस्पर्धा गरिरहेका छन्।
तीन टोलीहरूले सुरुमा एक अर्काको सामना गरिसकेका छन्। अब उनीहरुबीच दोस्रो खेल हुनेछैन। त्यसले पहिलो खेलमा गरेको गल्ति दोस्रो खेलमा सुधार गर्छु भन्ने ठाउँ पनि रहेको छैन।
त्यसैले यो खेल भनेको जतिसक्दो आफ्नो पक्षमा पार्नु नै हो। जतिपटक खेल्दा जित निकाल्न सकिन्छ त्यति नै अघिल्लो चरणमा पुग्ने मौका मिल्छ। त्यसैले पाएको मौकालाई सदुपयोग गर्न सके अघिल्लो चरण प्रवेश गर्न भारतीय टोलीलाई जस्तो अंक गणितियमा अरु टोलीसँग भर पर्नु पर्दैन।
यो बताइरहँदा बुझ्नुपर्ने कुरा के हो भने टी२० मा पहिले ब्याटिङ गर्नु गाह्रो काम हो। तर,जब परिस्थिति यस्तो हुन्छ, प्रतिस्पर्धी हुन असाधारण चिजहरू गर्नुपर्छ। राम्रो टोली संरचना र ढाँचाको राम्रो बुझाइ भएको वेस्ट इन्डिजले पनि टस हारेर तीनमध्ये एक खेल मात्रै जित्न सकेको छ। यो जित दिउँसो बंगलादेशविरुद्धको खेलमा भएको हो। भारतका सबै खेल ‘प्राइम टाइम’मा हुने भएकाले दिउँसो खेल्ने मौका पनि छैन।
एकपछि अर्को दबाबमा कोहली
भारतीय कप्तान कोहलीलाई थाहा भएको कुरा हो टी२० प्रतियोगितामा १४० रनको प्राप्त हुँदैन। त्यो पनि युएईको पिचमा। त्यसैले आक्रमक खेलेर १७० रनभन्दा बढी बनाउन सके जित्ने चान्सेस बढी हुन्छ। उनले सुरुवाआती दुई खेलमा आफ्ना खेलाडीलाई त्यही योजनाअनुसार आक्रमक ब्याटिङ गर्न लगाए।
पाकिस्तानविरुद्धको खेलमा दुई बायँहाते ब्याट्सम्यान केएल राहुल र रोहितलाई उनले ओपनिङमा पठाए। तर, बायाँहाते तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले उनीहरुलाई चल्न दिएनन्। अफ्रिदीले कुनैपनि समय भारतीय ब्याटरलाई ठूलो योगफलको बारे सोच्न दिएनन्। अफ्रिदीले पहिलो ओभरको चौंथो बलमै रोहितलाई एलबीडब्लू आउट गर्दै गोल्डेन डक आउट गरेका थिए। योर्कर बलमा रोहित शून्यमा आउट भएपछि भारत सुरुवातमै दबाबमा परेको थियो।
तेस्रो ओभरको पहिलो बलमै अर्का ओपनर केएल राहुललाई ३ रनमा बोल्ड आउट गर्दै पाकिस्तानलाई उत्कृष्ट सुरुवात दिलाएका थिए। कुनैपनि टोलीले पहिला पावर प्लेमा दुवै ओपनर गुमाउँछ भने जित कठिन हुने गर्दछ। भारतका दुवै ओपनर प्रमुख ब्याटर थिए। त्यसपछि भारतले पूरै खेलमा संघर्ष गर्नुपर्यो। कोहलीले क्रिजमा जम्दै भारतलाई केही आशा देखाएका थिए। तर, उनी पनि लामो समय जम्न सकेनन्।
त्यसपछि दबाबमा परेका कोहलीले किशनलाई ओपनिङमा नउतारेका पनि होइनन्। दोस्रो खेलमा उनले दुई दायाँहाते ब्याट्सम्यान रोहित र राहुलको ओपनिङ जोडीलाई विस्थापित गरेर नयाँपन प्रयोग गरे। तर, त्यो तर्किवले पनि भारतलाई जित दिलाएन। न्यूजिल्यान्डसँगको खेलमा पनि ट्रेन्ट बोल्ट र मिचेल सान्टनरको समान संयोजन थियो, जुन अफ्रीदीले देखाएका थिए। बोल्ड र मिचेल त्यस्ता बलर हुन जसले दायाँ हातेलाई बाँध्न सक्छ।
पछिल्ला तीन खेल हेर्ने हो भने भारत पावरप्लेमा रन चाहन्छ। किनकी उनीहरूलाई थाहा छ, मध्य ओभरहरूमा ब्याटिङ गाह्रो हुन्छ।
भारतीय ब्याट्सम्यानले अगाडिका दुवै खेलमा आक्रामक रणनीति अपनाए, तर त्यसले काम गरेन। यता, किशन र राहुलको जोडी जम्न सकेन। लेग साइडमा ठूलो शटमा खेल्ने क्रममा उनीहरुलाई बोल्ड र मिचेलले सस्तैमा समेटे। न्यूजिल्यान्ड जस्तो बलियो टोलीसँग खेल्दा कप्तान कोहलीले ब्याकअप प्लान बनाउन पर्नुपर्ने हो। तर, प्लानबिना खेलाडी मैदान उत्रिँदा कोहली आफैंपनि टिकेनन् र रोहित लगायतका अन्य भरपर्दा खेलाडीले पनि सामान्य इनिङ्स खेले।
ठूला शट खेल्नुअघि समय निकाल्न मन पराउने रोहितले पहिलो बलमा छक्का प्रहार गर्ने प्रयास गरे। मध्य ओभरहरूमा स्पिनरहरूलाई मुस्किलले आक्रमण गर्ने कोहलीले आफ्नो छैटौं बलमा स्लोग गरे। एकै समयमा, उनी कभर ड्राइभबाट खेल्ने प्रयासमा देखिए, सिंगल्स लिएर स्कोर चलाउने उनको शैलीको विपरीत।
जम्न नसकेका बलर
भारतीय टोलीले सुरुआती दुई खेल हार्नुमा कोहली र रोहितमात्रै होइन भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)माथि पनि प्रश्नचिह्न लगाउने थुप्रै ठाउँहरु देखिएको छ, खासगरी बलरको मामिलामा।
भारतीय इनिङ्समा सबैभन्दा ठूलो साझेदारी हार्दिक पाण्ड्या र रवीन्द्र जडेजाको बीचमा भएको थियो। तर, छनोटकर्ताहरुले जब यो टोली छनोट गरे, उनीहरूबीच फरक साझेदारीको अपेक्षा गरेका थिए। एकअर्काको रक्षा गर्दै विपक्षी ब्याट्सम्यानविरुद्ध कूल चार ओभर बलिङ गर्ने साझेदारी।
बीसीसीआईको यो अपेक्षाविपरीत निस्किए हार्दिक। उनी पहिलो खेलमै फिट नरहेको पत्ता लाग्यो। जब बीसीसीआईमाथि पूर्वक्रिकेटहरुले औंला उठाउन थाले तब त्यसमा पदाधिकारीहरु पानीमाथिको ओभानो बन्ने कोशिस गरे।
हार्दिकले बलिङ नगरेको थाहा पाएपछि भारतसँग अलराउन्डरको विकल्प तयार थियो भन्ने होइन। र, कोहलीले रातारात त्यस्ता खेलाडी टोलीमा ल्याउन सक्छन् भन्ने पनि होइन।
उनीसँग दुई विकल्पहरू थिए– या त एक अलराउन्डरलाई मैदान उतार्ने वा हार्दिकको प्राथमिक कौशल (डेथ ओभरहरूमा)मा ब्याटिङमा पठाउने। यो परिस्थितिमा उपयुक्त हुने दोस्रो विकल्प लिएर उनी मैदान गए। तर, उनी सफल हुन सकेका छैनन्।
कोहलीका अनुसार भारतको असफलताको पछाडि बीसीसीआई वा रोहित होइन न त हार्दिक। आफ्ना खेलाडीमा हुनुपर्ने आत्मविश्वासको कमी नै अफलता हो। उनी आफ्नो खेलाडीमा सुरुवाआती दुई खेलमा त्यो आत्मविश्वास नदेखिएको स्वीकार गर्छन्। तर, उनी बीसीसीआईको कमजोरीलाई ढाकछोप गर्न खोज्दैछन्। यसका साथै आफूमा नभएको सही जजमेन्ट।
कठिन यात्रामा भारत
हामीले बाहिरबाट हेर्दा र कोहली आफैंले विश्वकप अगाडि जिम्मेवारीबाट पछि हट्ने निर्णय गर्दा यो भन्दा गलत हुँदैन कि उनको भूमिकामाथि पर्याप्त प्रश्नचिह्न गर्ने ठाउँ छ। टी२० क्रिकेटका दिग्गजहरू चेन्नई सुपर किंग्स र मुम्बईले आफ्ना खेलाडीका लागि सही भूमिका पहिचान गर्ने र त्यसपछि उनीहरूलाई बारम्बार एउटै भूमिका खेल्न दिने नीति पछ्याउँछन्। त्यसक्रममा उनीहरुले प्रारम्भिक असफलतामा ध्यान दिने गर्दैनन्। तर, कोहली प्रारम्भिक असफलतालाई लिएर बढी दबाब महसुस गर्ने गरेको देखिन्छ। जसले उनको करिअरलाई मात्रै होइन टोलीलाई पनि कमोजर बनाइरहेको छ।
कोहली पछिको भारतीय टी२० टोलीको नयाँ नेतृत्वले त्यो सुनिश्चित गर्नुपर्नेछ, आईपीएलमा समान भूमिका खेल्ने धेरै ब्याट्सम्यानहरू छनोट गर्नुहुँदैन। ओपनरको तुलनामा बाँकी ब्याट्सम्यानको आँकडा घटेपनि उसले मिडल अर्डरमा रनको गति बढाउनु पर्नेछ। यसका साथै आफ्नो विकेटको कत्तिको मूल्य कति छ भन्ने बुझेर पुनः मूल्यांकन गर्नसक्ने खेलाडी छनोट गर्नुपर्ने हुन्छ।
अलराउन्डर, फास्ट गति र बायाँहाते स्विङ बलर भेट्टाउनु ‘भाग्य’को कुरा हो। भारतसँग जसप्रित बुमराह र स्पिनरहरू छन् जसको वरिपरि बलिङ आक्रमण बलियो बनाउन सकिन्छ। तर, उनीहरुको विकल्प पनि खोजिनु पर्छ। आउने दिनमा के भारतीय टोलीले उमरान मलिक जस्ता युवा फास्ट बलरलाई प्रयोग गर्छ त? प्रश्न उठ्न थालेका छन्।
यी सबैको बाबजुद वास्तविकता यो पनि हो भारतीय टोलीलाई २०१२ पछि पहिलो पटक विश्वकप प्रतियोगिताको सेमिफाइनलमा पुग्न कठिन छ। तर, यो क्रिकेटका लागि दुःखको कुरा होइन।
भारतको टी२० क्रिकेट टोली लामो समयदेखि पुनर्संरचना भएको छैन भन्नु पनि उचित होइन। तर, प्रतियोगिताको प्रारम्भिक चरणबाट बाहिरिँदा त्यस्ता परिवर्तनहरू गर्ने मौका मिल्छ, जसले भविष्यमा केही उपलब्धी हासिल गर्न सजिलो हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।