काठमाडौं- रुसमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएपछि सरकारले देशमा आंशिक लकडाउन घोषणा गरेको छ।
रुसमा पहिलोपटक ४० हजारभन्दा बढी नयाँ कोरोना संक्रमित भेटिएका छन्। लगातार तेस्रो दिन पनि कोरोनाका कारण ११ सयभन्दा बढीको मृत्यु भएको रुसी स्वास्थ्य अधिकारीले बताएका छन्।
देशमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि कडा प्रतिबन्ध लगाइएको छ। देशमा अत्यावश्यक वस्तुका पसलहरू मात्र खोल्न अनुमति दिइएको छ।
शनिबारदेखि देशभरका कामदारहरूलाई ९ दिनको तलब दिएर बिदा दिइँदैछ। रुसमा तीनजना मध्ये एक जनालाई मात्र पूर्ण खोप लगाइएको अधिकारीहरुले बताएका छन्।
मस्कोका मुटुरोग विशेषज्ञयुरोस्लाभ आशिखमिनले बीबीसीसँग भने,‘रूस कोरोना बढ्नुको ३ कारणहरु छन्। १) यसबारे गलत सूचना, २) रूसका मानिसहरू खोपमा विश्वास गर्दैनन्, ३) संक्रमण फैलनुको अर्को कारण भाइरसको डेल्टा संस्करण हो, जसले धेरै बच्चाहरूलाई संक्रमित गर्यो र यो अब वृद्धहरूमा फैलिएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।