काठमाडौं- माछा मार्ने अधिकारबारे फ्रान्स र बेलायतबीच विवाद बढेको छ।
बिबादका बीच फ्रान्सले बेलायतको एक माछा मार्ने डुंगा नियन्त्रणका लिएको छ चेतावनी पनि दिएको छ। बेलायत यूरोपेली संघबाट बाहिरिएसँगै यूरोप र बेलायतमा समुद्रबाट माछा मार्ने क्षेत्रका बारेमा बिवाद छ।
फ्रान्सका युरोपेली मामलाका मन्त्री क्लेमे बेनोले जब सम्म बेलायत फ्रान्सलाई माछा मार्ने लाइसेन्स दिँदैन तब सम्म बेलायती फिसिङ बोट्सलाई माछा मार्न दिइने छैन।
उनले भने, “हामीले अहिलेसम्म कुराकानीको बाटो लिएका थियौं तर हामीलाई आधा क्षेत्रको मात्र लाइसेन्स प्राप्त भएको छ। यसकारण अब हामीले शक्तिको भाषा गर्नु छ किनकी बेलायती सरकारले सायद यही तरिका मात्र बुझ्छ।"
बुधरबा बेलायतका ब्रेग्जित मन्त्री लर्ड फ्रन्टले बेलायतको डुंगा बन्दरगाहमा रोक्ने फ्रान्सको धम्कीलाई निराशाजनक भनेका थिए।
बेलायत युरोपेली संघबाट बाहिर आएपछि फ्रान्स र बेलायतबीच समुद्रमा माछा मार्ने विषयमा विवाद छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।