काठमाडौं- अमेरिकी राष्ट्रपति जो वाइडेनले दक्षिण एशियाली देशका साथ उभिने बताएका छन्। उनले ताइवानमा चीनको कारबाही शान्ति र सुरक्षाका लागि खतरा रहेको बताए।
इस्ट एशिया समिटको भर्चुअल कार्यक्रममा उनले यस्तो बताएका हुन्। कार्यक्रममा चिनियाँ प्रधानमन्त्री लि खछ्याङ पनि सहभागी थिए।
जो वाइडेनले अमेरिका लोकतन्त्र र समुद्री स्वतन्त्रताको रक्षाका लागि दक्षिण एशियाली देशका साथ रहने बताएका हुन्।
अमेरिकाले हिन्द प्रशान्त क्षेत्रमा आर्थिक नेटवर्क विकास गर्नका लागि सहयोगी देशहरुसँग कुराकानी सुरु गर्ने वाइडैनले बताए।
ताइवानका लागि अमेरिकी प्रतिबद्धतामा दृढ रहेको वाइडेनले बताए। उनले भने, ‘’हामी चीनको जबरजस्ती कारबाहीबाट निकै चिन्तित छौं।’’
यसअघि वाइडेनले यदी चीनले ताइवानमाथि हमला जारी राखे अमेरिकाले ताइवानलाई बचाउने बताए।
तर पछि अमेरिकी प्रवक्ता जेन साकीले यस टिप्पणीलाई नीतिमा आएको परिवर्तनको रपमा हेर्न नहुने सञ्चारमाध्यमसँग बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।