काठमाडौं- साउदी अरब नेतृत्वको सैन्य गठबन्धनले यमनमा १०५ विद्रोही मारिएको दाबी गरेको छ।
यमनी सरकारलाई सहयोग गर्दै आएको गठबन्धन सेनाले विद्रोहीविरुद्ध सुरक्षा कारबाही गर्ने क्रममा उनीहरुको मृत्यु भएको जनाएको छ।
गठबन्धन सेनाले मारिएका सबै हुथी विद्रोही रहेको पनि स्पष्ट पारेको छ। उनीहरूमाथि गठबन्धन सेनाले हवाई आक्रमण गरेको थियो। देशको मारिब सहरमा घटना भएको हो।
हुथी विद्रोहीहरुलाई भने इरानले सहयोग गरेको छ। उनीहरुले भने यति धेरै क्षति नभएको दावी गरेका छन्। दुवै पक्षका आ–आफ्नै दावी भएकाले यसको स्वतन्त्र पुष्टि भने भएको छैन।
घटनास्थलबाट गठबन्धन सेनाले १५ ओटा सवारीका साधन नष्ट गरेको छ। घटनामा परी अरु कैयौँ घाइते पनि भएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।