काठमाडौं- फाइजरले विकास गरेको कोरोनाविरुद्धको खोप बालबालिकामा लक्षणसहितको संक्रमण नियन्त्रणका लागि ९१ प्रतिशत प्रभावकारी पाइएको दाबी गरिएको छ।
शुक्रबार सार्वजनिक गरिएको अध्ययनको नतिजाअनुसार ५ देखि ११वर्ष उमेर समूहमा यो खोप निकै प्रभावकारी देखिएको हो।
अमेरिकाले यो उमेर समूहमा खोप कार्यक्रम सुरु गर्ने तयारी गरिरहेको छ। यही समयमा यो नतिजा सार्वजनिक भएको हो।
फाइजरले २ हजार २६८ बालबालिकालाई खोपको परीक्षणमा सहभागी गरेको थियो। उनीहरुलाई तीन साताको अन्तरमा २ डोज खोप दिइएको थियो।
यसअघि १२–१८ वर्ष उमेर समूहमा पनि फाइजरको खोप ९३ प्रतिशत प्रभावकारी पाइएको थियो।
आगामी साता अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसनले सार्वजनिकरुपमा यो खोपलाई अनुमति दिने वा नदिने भन्ने निर्णय गर्ने बताइएको छ।
यसअघि नै यो खोप १२ वर्ष वा सोभन्दा बढी उमेरका मानिसमा प्रयोगको अनुमति दिइसकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।