काठमाडौं- पाकिस्तानको लाहोरमा दक्षिणपन्थी समूहको हिंसात्मक प्रदर्शनमा दुई प्रहरीको मृत्यु भएको छ। प्रदर्शनकारीले प्रहार गरेको ढुङ्गाले लागेर दुई प्रहरीको मृत्यु भएको हो। यस्तै घटनामा एकजना घाइते भएका छन्।
शुक्रबार लाहोरमा दक्षिणपन्थी लेहरीक ई–लबियाक पाकिस्तान (टीएलपी) पार्टीले निकालेको र्यालीमा हजारौं मानिस सहभागी भएका थिए। उनीहरुले आधिकारिकरुपमा दर्ता नभएको पार्टीका नेताको रिहाइको माग गर्दै प्रदर्शन गरेका थिए।
लाहोरबाट इस्लामाबादतर्फ बढ्न लागेका उनीहरुलाई प्रहरीले बल प्रयोग गरेर रोक्न खोज्दा झडप भएको अलजाजिराले जनाएको छ।
प्रहरीले र्याली रोक्न प्रयास गरेसँगै अवस्था बिग्रिएको प्रत्यक्षदर्शीले बताएका छन्। पाकिस्तानको सरकारले प्रदर्शनकारीलाई रोक्न उल्लेख्य संख्यामा प्रहरी तैनाथ गरेको थियो। साथै, लाहोरको केही स्थानमा मोबाइल फोन सेवा र सडक पनि बन्द गरिएको समाचारमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।