काठमाडौं– उत्तरी चीनको भित्री मंगोलिया स्वायत्त क्षेत्रको एउटा रासायनिक कारखानामा विष्फोट हुँदा चार जनाको मृत्यु भएको छ। शुक्रबार बेलुका भएको विष्फोटमा परी अन्य तीन जना घाइते भएको समाचारहरमा उल्लेख छ।
उक्त विष्फोट राति ११ बजे भएको थियो। अल्क्सा लिग (प्रिफेक्चर) को बायन ओबो औद्योगिक पार्कमा रहेको रासायनिक प्लान्टको कार्यशालामा शुक्रबार लागेको आगो शनिबार बिहानै निभाइएको छ।
फर्मका कानुनी प्रतिनिधिलाई स्थानीय सार्वजनिक सुरक्षा अधिकारीहरूले आगो नियन्त्रणमा लिएका छन्। आगलागीपछि कम्पनीले उत्पादन रोकेको छ।
दुर्घटनाको कारण पत्ता लगाउन क्षेत्रीय सरकारले छानबिन टोली गठन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।