काठमाडौं- पाकिस्तानले अफगानिस्तानसँगको भ्रमण र व्यापारमा लगाएको प्रतिबन्ध हटाउने भएको छ।
तालिबानले अफगानिस्तानमा कब्जा जमाएपछि पहिलोपटक भ्रमणमा निस्किएका पाकिस्तानी विदेशमन्त्री शाह मोहमूद कुरेसीले यस्तो घोषणा गरेका हुन्।
इस्लामाबादमा अफगानिस्तान भ्रमणबारे जानकारी दिँदै कुरेसीले पाकिस्तानको भिसा भएका अफगानिस्तानका मानिसहरु विना कुनै रोकतोक नहुने बताएका छन्।
त्यस्तै, भिसाको लागि अनलाइनबाट पनि आवेदन दिन सकिने जानकारी दिएका छन्। डिसेम्बर ३१ सम्मको लागि भिसा शुल्कमा पनि छूट दिइएको उनको भनाइ थियो।
यता, पाकिस्तान सरकारले अफगानिस्तानलाई तत्काल २ करोड ८० लाख डलर मानवीय सहायता प्रदान गर्ने भएको छ।
‘अहिलेको कठिन समयमा पाकिस्तानी जनता अफगानिस्तानका जनताको साथमा रहेको छ,’ उनले भने,‘अफगानिस्तानलाई पाकिस्तानको साथ सदैव रहने छ।
पाकिस्तानले दुई महत्वपूर्ण सीमानाका वस्तु तथा पर्यटकको गतिविधिमा कडाइ गर्दै आएको छ। तर, कुरेसीको अफगानिस्तान भ्रमणपछि भने पाकिस्तानले आफ्नो नीतिमा महत्वपूर्ण परिवर्तन गर्ने विश्वास गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।