काठमाडौं- कुवेतमा अब ३० देखि ५५ वर्ष उमेर समूहका भारतीय महिला घरेलु कामदार बन्न पाउने भएका छन्।
भारत सरकारले कुवेतमा घरेलु कामदारको रूपमा काम गर्ने भारतीय महिलाको उमेर ३० देखि ५५ वर्षभित्रको हुनुपर्ने प्रस्ताव गरेको थियो।
यसका साथै मासिक तलब १०० कुवेती दिनारभन्दामाथि हुनुपर्ने र सबैको तलब बैंक खाता खोलेर दाखिला गर्नुपर्नेलगायतको प्रस्तावमा कुवेती सरकार सकारात्मक देखिएको छ।
भारत सरकारले हालै राखेको यो प्रस्ताव कुवेती मन्त्रिमण्डलले कार्यान्वयनका लागि स्विकृति प्रदान गरेको छ। योसँगै छिट्टै नै यस विषयको टुँगो लाग्ने अनुमान गरिएको छ।
भारतीय प्रस्ताव कार्यान्वयनमा आएपछि कुवेतमा काम गर्ने भारतीय महिला कामदारले थप मर्यादित रूपमा काम गर्ने बाटो खुला हुने भारतीय पक्षको विश्वास छ।
दुई देशबीच हुन लागेको सम्झौंता पत्रमा अब भारतबाट कामदारको रूपमा कुवेत जाने भारतीय महिलाको कागजपत्रको सम्पूर्ण जिम्मेवारी भारतीय दूतावास र मान्यता प्राप्त रोजगार कम्पनीले लिने छन्।
कुवेतको रोजगार विभागका प्रमुख खालीद अल–धाख्नानले ३० वर्षमाथि उमेर समूहका महिलालाई मात्र भिसा दिने प्रावधान लागु भएपछि उमेर नपुगेका भारतका केही महिला कामदारको कटौती हुने सम्भावना रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।