नयाँ दिल्ली- भारतमा कोरोना भाइरसका थप १५ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिएका छन्।
सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा १५ हजार ७८६ जना नयाँ सङ्क्रमित थपिएका हुन्।
नयाँ सङ्क्रमितमध्ये आठ हजार ७३३ जना केरला प्रदेशका मात्रै रहेको पनि केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ।
सोही अवधिमा भारतमा १८ हजार ६४१ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन्। भारतमा अहिले नयाँ सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या घट्दै गएको हो।
भारतमा अहिले एक लाख ७५ हजार ७४५ जना सङ्क्रमित अवस्थामै रहेका छन्। यो सङ्ख्या २३२ दिनपछिकै सबैभन्दा कम भएको मन्त्रालयका अधिकारीहरुको भनाइ छ।
भारतमा अहिलेसम्म कूल तीन करोड ३५ लाख १४ हजार ४४९ जना सङ्क्रमणमुक्त भएका छन्।
मन्त्रालयका अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका कारण थप २३१ जनाको मृत्यु भएको छ। तीमध्ये केरलाका मात्रै ११८ जना रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।