काठमाडौं- लाखौं अमेरिकी नागरिकलाई कोरोनाविरुद्धको बुस्टर डोज प्राप्त गर्न मोडेर्ना र जोन्सन एन्ड जोन्सनलाई अनुमति दिएको छ।
कोरोना संक्रमणको कारण ७ लाख २९ हजार जनाको मृत्यु भएको बेला बुस्टर डोजबारे निर्णय भएको हो। अहिले पनि लाखौं अमेरिकीले खोपको पहिलो मात्रा पनि लगाउन पाएका छैनन्।
यद्यपि, फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनको यो मान्यतासँगै अब अमेरिकी नागरिकहरुलाई तेस्रो डोज दिने बाटो खुलेको छ।
मोडेर्नाको बुस्टर डोज ६५ वर्षभन्दा माथिको उमेरका नागरिक, गम्भीर तथा दीर्घरोगीलाई दिने बताइएको छ। पहिलो डोज लगाएको ६ महिनापछि मात्र मोडेर्नाको बुस्टर डोज दिइने जनाइएको छ।
यसअघि लगाएकै खोपको बुस्टर डोज दिइने छ। तर, चिकित्सकको सल्लाहमा अर्को खोपको बुस्टर डोज पनि लगाउन सकिने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।