काठमाडौं- अफगानिस्तानमा पछिल्लो एक महिनामा इस्लामिक स्टेट्स (आइएस)का २५० लडाकु पक्राउ परेका छन्।
सरकारी सुरक्षा अधिकारीहरुका अनुसार अफगानिस्तानमा तालिवान विद्रोहीहरुले सत्ता कब्जा गरेपनि अर्को विद्रोही समूह आइएसससँगको द्वन्द्व भने कायमै रहेको छ।
‘पछिल्लो एक महिनामा आइएस समूहसँग सम्बन्धित झण्डै २५० लडाकुलाई सरकारी सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएका छन्,’ टोलो न्युज टेलिभिजन च्यानलमा तालिवान प्रवक्ता जाबिउल्लाह मुजाहिदले भने।
पक्राउ परेका केही लडाकुसँगै आक्रमणका लागि प्रयोग हुने विस्फोटक पदार्थ तथा हतियारहरु समेत बरामद गरिएको उनको भनाइ छ।
आइएस लडाकुहरुले अफगानिस्तानमा आक्रमणको तयारी गरिरहेको दाबी गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।