काठमाडौं- पाकिस्तानमा छुट्टाछुट्टै तीन आक्रमणमा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ।
तीनमध्ये दुई आक्रमण पाकिस्तानको पश्चिमी प्रान्तस्थित सुरक्षा चौकीमा भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ।
बुधबार पाकिस्तानको उत्तरपश्चिमी जिल्ला बाजौरमा सुरक्षाकर्मीलाई लक्षित गरी गराइएको विष्फोटमा परी कम्तीमा चार सुरक्षाकर्मीको मृत्यु भएको छ।
उनीहरुमध्ये दुईजना सेना र दुईजना प्रहरी थिए। बाजौर जिल्ला अफगानिस्तानसँग सीमा जोडिएको जिल्ला हो।
त्यस्तै, बाजौरको दक्षिणी क्षेत्रमा रहेको हान्गु जिल्लामा पनि आक्रमणकारीहरुले सुरक्षाकर्मीलाई लक्षित गरी गरेको आक्रमणमा २६ वर्षीय एक सैनिकको मृत्यु भएको सामाचारमा उल्लेख छ।
बालोचिस्तानमा भएको अर्को एक आक्रमणमा पनि सैनिकको मृत्यु भएको पाकिस्तानको सेनाले बताएको छ। अहिलेसम्म कुनै पनि आक्रमणको जिम्मा कुनै समूहले लिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।