काठमाडौं- चीनले छिमेकी राष्ट्र बंगलादेशलाई कोरोनाविरुद्धको खोप फेरि उपलब्ध गराएको छ।
चीनमा बनाइएको सिनोभ्याक खोप चीनले उपलब्ध गराएको बंगलादेशका उच्च अधिकारीहरूले जानकारी गराएका हुन्।
‘चिनियाँ सरकारले बंगलादेश सरकारलाई अहिले पाँचौ चरणको खोप उपहार प्रदान गरेको छ, उस्ले पठाएको खोप मङ्गलबार बंगलादेशको राजधानी ढाका आइपुगेको छ,’ एक अधिकारीले भने।
बंगलादेशस्थीति चिनियाँ दूतावासले पनि आफ्नो देशबाट बंगलादेशका लागि पाँचौ चरणको खोप आएको पुष्टि गरेको छ।
सामाजिक सञ्जाल फेसबुकमार्फत दूतावासले सिनोभ्याक लाईफ साइन्स कर्पोरेसन लिमिटेडद्वारा उत्पादित खोप उपलब्ध गराइएको जनाएको छ।
चीनले बंगलादेशलाई यसअघि गत मे, जुन र अगस्टमा सिनोफर्म खोप उपलब्ध गराएको थियो।
छिमेकी देशहरुलाई कोरोनाभाइरस विरुद्ध लड्न उच्च प्राथमिकताका साथ सहयोग गर्ने चिनियाँ रणनीति अनुसार चीनले बंगलादेशलाई खोप उपलब्ध गराउदै आएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।