काठमाडौं– अफगानिस्तानको राजधानी काबुलमा तालिबानको सवारीसाधन लक्षित ‘ग्रेनेड’ आक्रमणमा दुई लडाकूसहित ६ जना घाइते भएका छन्।
उक्त आक्रमणमा परी २ लडाकू र ४ जना विद्यालयका बालबालिका घाइते भएका छन्।
एक प्रत्यक्षदर्शीले एएफपीलाई भने, ‘स्थानीय समयानुसार बुधबार बिहान ८ बजे काबुलको पश्चिम भागमा रहेको देह मझाङ जिल्लामा अत्यन्त व्यस्त समयमा सो विस्फोट भएको थियो।’
अपराधीहरुको खोजि र अनुसन्धान सुरु गरिएको तालिबान आन्तरिक मन्त्रालयका प्रवक्ता कारी सईद खोस्तीले एएफपीलाई बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।