काठमाडौं– तल्लो भेगमा समेत लगातारको वर्षाका कारण बेँसीसहर–चामे सडकखण्डसमेत अवरुद्ध बनेको छ। आज पनि माथिल्लो भेगमा हिमपात जारी छ। भने तल्लो भेगमा निरन्तर वर्षा भइरहेको छ।
तिलिचो बेसक्याम्पमा हिमपात भइरहेकाले तिलिचो जान सक्ने अवस्था छैन। खङ्सारबाट करिब ५ घण्टा हिँडेपछि तिलिचो बेस क्याम्प पुग्न सकिन्छ। खङ्सारमा समेत भारी बर्षा भइरहेको छ।
वर्षा र हिमपातले खङ्सारदेखि तिलिचो बेसक्याम्पसम्म धैरै ठाउँ बाटोसमेत अबरूद्ध बनेको छ। मौसम प्रतिकुल रहेकाले अझै एक साता तिलिचो नआउन स्थानीयको सुझाब छ।







नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।