• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

जनताको मुद्दा एकातिर, 'नेकपा संकट' अर्कैतिर

64x64
प्रवीण ढकाल शुक्रबार, फागुन २८, २०७७  ०८:१२
1140x725

सरकार चलाइरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई एमाले र माओवादी केन्द्रकै अवस्थामा फर्काउने सर्वोच्च अदालतको फैसलासँगै ती पार्टीका नेताहरुका बोली पनि अपत्यारिलो ढंगले फेरिएका छन्। कतिपय विजयको उन्मादमा देखिन्छन् भने कतिपय हारको भावनामा। हिजोसम्म एकअर्कालाई शत्रुवत् रुपमा हिलो छ्यापाछ्याप गरेकाहरु फेरि एउटै दलका सहयात्री भएका छन्। यस्ता परिदृश्यले कैयौं प्रश्न उब्जाइदिएको छ। 

पहिलो प्रश्न, राजनीतिक दलभित्रको झगडाको गाँठो के हाे? यसपटकको नेकपाको विवादले स्पष्ट पारेको छ–दलभित्र झगडाको गाँठो नागरिकका सरोकार, जनजीविकाका मुद्दा होइनन्। आफैंले भन्दै आएको विकास वा समृद्धिको अभियान पूरा गर्नका लागि पनि यो विवाद वा झगडा भएको होइन। भ्रष्टाचार र बेथितिको अन्त्यका लागि पनि होइन। बरु दशकौंदेखि आफ्नो निहित लाभ र स्वार्थको निरन्तरताको लागि हो।

अझ प्रष्टसँग भन्दा, यो झगडा नेताहरुबीच व्यक्तिगत लाभ खोसाखोस गर्ने संघर्ष मात्र हो। लाभको केन्द्रमा रहिरहने अभिप्रायले नेताहरुले आफूलाई कुन हदसम्म ‘एक्पोज’ गर्न सक्छन् भन्ने चित्र यसपटक छताछुल्ल भएको छ।

दोस्रो, सैद्धान्तिक सवालमा नेताहरुको स्पष्टता छ? नेकपा विवादको सबैभन्दा यक्ष प्रश्न नै यही हो। तत्कालीन नेकपा (एमाले) र माओवादी (केन्द्र)को एकताको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए। एकताको समयमा एमालेभित्र सबैभन्दा उत्साहित पनि उनै थिए। अर्थात् एमालेलाई नेकपामा बदल्ने अभियानको नेतृत्व उनैले लिएका थिए। त्यतिबेला माधव नेपाल पनि खुसी नै देखिन्थे।

लाभको केन्द्रमा रहिरहने अभिप्रायले नेताहरुले आफूलाई कुन हदसम्म ‘एक्पोज’ गर्न सक्छन् भन्ने चित्र यसपटक छताछुल्ल भएको छ।

एकतापश्चात भने नेकपाको शक्ति संघर्षमा माधव नेपाल पुष्पकमल दाहाल प्रचण्डसँग नजिकिएका थिए। तर सर्वोच्चको फैसलासँगै केपी ओली निकटका नेता तथा कार्यकर्ताहरु माधव नेपाललाई माओवादीका नेता जसरी लाञ्छित गरिरहेका छन्। उनीहरु आफू मात्र असली एमाले भएको कथ्य निर्माण गर्न लागिपरेको देखिन्छन्। माधव नेपालले एमाले भएको परीक्षा दिनुपर्ने भाव उनीहरुमा देखिन्छ। 

एमालेभित्र अहिले निर्माण भइरहेको माधव नेपालविरोधी भावनाले दलभित्रको सैद्धान्तिक फितलोपन देखाउँछ। यदि ओली पक्षलाई प्रचण्ड वा माओवादीसँग त्यतिका घृणा थियो भने हिजो कुन सैद्धान्तिक आधारमा एकीकरण गरियो? यसको जवाफ माधव नेपालभन्दा बढी केपी ओलीले दिनुपर्ने होइन? आफू प्रधानमन्त्री हुँदासम्म वा शक्तिको पदमा रहँदासम्म जुनसुकै दर्शन वा सैद्धान्तिक आधार ठीक हुने तर आफ्नो पदमा संकट आउने बित्तिकै अरु सबै गलत भन्ने ओली सिद्धान्त राजनैतिक अवसरवादको पराकाष्ठा हो।

तेस्रो, नैतिकताको राजनीति सकिएको हो? प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीतिमा नैतिकताको सन्दर्भमा सबैभन्दा तल्लोस्तरको मानक निर्माण गरेका छन्। कानुनी वा प्राविधिक रुपमा उनी बलिया होलान्। तर आफैंले भंग गरेको संसदमा पुनः प्रवेश गर्दा उनले कुनै नैतिक जिम्मेवारी लिने चेष्टासम्म गरेनन्। उनमा कुनै लज्जाबोध देखिएन। नैतिकताको कसीमा अन्य नेता पनि खरो उत्रन सकेनन्। केपी ओली त यसै पनि तल्लोस्तरका भाषामा पारंगत भइसकेका थिए, अन्य नेताहरुले प्रयोग गरेका भाषामा पनि यथेष्ट तुच्छता थियो।

Ncell 2
Ncell 2
nimb
nimb

अर्को महत्त्वपूर्ण प्रश्न, नेकपामा जनताका सवालहरुको कुनै महत्त्व थियो? विवादको उत्कर्षका केही महिना भइसक्दा पनि नेकपाका दुवै धारका नेताहरुले जनताका दुःख, वेदना र अवस्थामा चिन्ता गरेको नदेखिनु नेपाली राजनीतिको दुःखलाग्दो पक्ष हो। कुनै पनि पक्षले विद्यालयका कुरा, भ्रष्टाचारका कुरा, अस्पतालका कुरा, बाटोघाटोका कुरा वा जनताको जीवनसँग जोडिएका महत्त्वपूर्ण बिषयमा बोलेको देखिएन। त्योभन्दा पनि दुःखलाग्दो बिषय भनेकोचाहिँ हिजो सर्वहाराका एजेण्डा बोक्नेहरुले समेत अहिले उनीहरुको पक्षमा बोल्दैनन्। यसको अर्थ अब नेकपामा जनपक्षीय एजेन्डाको सान्दर्भिकता सकिएकै हो? स्थिति त्यस्तै देखिन्छ।

 चाखलाग्दो कुरा के हो भने कतिपय अनुहारहरुले केपी शर्मा ओलीको बचावटको लागि आफ्नो राजनीतिक अडानको समेत ख्याल गरेनन् वा उग्रता, मुर्खता र बकवासपूर्ण तर्कमै आफ्नो भविष्य देखे।

त्यस्तै, अवसरवादको लागि सबैखालको सम्झौता सामान्य हो? भन्ने प्रश्न पनि उब्जिएको छ। राजनीतिमा स्थायी शत्रु कोही हुँदैन भनिन्छ। तर के राजनीतिक अवसरको लागि सबैखालको अवसरवाद स्विकार्य हुन्छ? के नेताहरुले हिजोका आफ्नो अडान, दृष्टिकोण र धारणा बदलिएकोमा कुनै कारण दिनुपर्दैन? हिजो माओवादीलाई सबैभन्दा चर्को स्वरमा गाली र घृणा गर्ने केपी शर्मा ओली र हिजोका सबैभन्दा उग्र क्रान्तिकारी रामबहादुर थापा ‘बादल’को सामिप्यता कति स्वभाविक हो? यसको जवाफ शायद स्वयं ओली र बादलले समेत दिन नसक्लान्। हिजोका माओवादी लडाकुहरु एकाएक कसरी ओलीका प्यारा भए? उनमा यो परिवर्तन किन आयो? यसमा व्यक्तिगत लाभ बाहेक अन्य कुनै सैद्धान्तिक आधारहरु पनि छन्।

राजनीतिक दलभित्र गाँजिएको दासत्वको प्रश्न पनि उठेको छ। नेकपाको यो पटकको विवादमा केही अनुहारहरु नांगिएका छन् र केहीको सक्कली अनुहार पटाक्षेप भएको छ। चाखलाग्दो कुरा के हो भने कतिपय अनुहारहरुले केपी शर्मा ओलीको बचावटको लागि आफ्नो राजनीतिक अडानको समेत ख्याल गरेनन् वा उग्रता, मुर्खता र बकवासपूर्ण तर्कमै आफ्नो भविष्य देखे। त्यस्तै अवस्था माधव नेपाल वा प्रचण्डको बचावटमा लाग्नेहरुको पनि देखियो। यसले एकसाथ केही प्रश्नहरु उठाएको छ ( बुढा नेताहरुले राजनीतिबाट कहिले पनि सन्यास लिन हुन्न?  वा, दोस्रो तह वा पुस्ताका भनिएका नेताहरु पहिलो पुस्ताका दास मात्र हुन्? तिनको आफ्नो विवेक छैन? तिनले गलतलाई गलत भन्ने हिम्मत गर्न सक्दैनन्?

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यस सन्दर्भमा बिर्सन नहुने तथ्य के हो भने, अहिले पदमा बसेका र शक्तिशाली भनिएका उच्च तहका नेताहरु आफ्नो उमेरमा उनीहरुभन्दा पहिलो पुस्तालाई प्रश्न गरेरै वा चुनौती दिएरै अहिले पदमा पुगेका हुन्।

अन्तमा, यसपटक नेकपाको विवादले उठाएका प्रश्नहरु अन्य दलको हकमा समेत उत्तिकै लागू हुन्छ। नेपाली कांग्रेसकै हकमा समेत ठेकेदारहरुको उपस्थिति र ठेकेदारी प्रथाको जंजिरमा जकडिएको असन्तुष्टि यथेष्ट छन्। सबैजसो दलहरु ठालुहरुको कब्जामा पुगिसकेकाे छ। दुर्भाग्यचाहिँ के हो भने यसका बाबजुद तल्लो तहमा रहेका कार्यकर्ता दल र तिनको दर्शनको लागि विभाजित भएका छन्। लाभ पाएको सानो समूहले आम कार्यकर्तालाई एक वा अर्को नेताको पक्षमा लड्नभिड्न उत्प्रेरित गरिरहनुचाहिँ हाम्रो समाजकै दुर्भाग्य हो।

दल फरक होला, तर केन्द्रमा सबैको प्रवृत्ति उस्तै हो भन्ने ती कार्यकर्ताहरुले कहिले बुझ्लान् भन्ने प्रश्न पनि उत्तिकै पेचिलो रहेको छ। दलहरुभित्र जरा गाडेको अवसरवाद र लाभको पदको लोभले गर्दा जनताका खास मुद्दाहरु ओझेलमा पर्ने र सत्ता र शक्तिको लुछाचुँडीको वरिपरि राजनीति घुम्ने खतरा बढेर गएको देखिन्छ। यसलाई तोड्न राजनीतिको नयाँ पुस्ता सक्षम होलान् वा हाम्रो राजनीति चीरकालसम्म यस्तै रहला?

प्रकाशित मिति: शुक्रबार, फागुन २८, २०७७  ०८:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रवीण ढकाल
लेखकबाट थप
कांग्रेस अब ‘ब्याक-बेञ्च’मा बस्दैन : गगन थापा [अन्तर्वार्ता]
हिमपातले तिलिचो जाने बाटो अवरूद्ध [तस्बिर/भिडियो]
जनताको मुद्दा एकातिर, 'नेकपा संकट' अर्कैतिर
सम्बन्धित सामग्री
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस दशैंको महान पर्वलाई असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको विजय र अन्धकारमाथि उज्यालोको विजयपर्वका रुपमा स्वीकारिन्छ। तर यो पर्वक... मंगलबार, असोज २७, २०८३
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग बुधबार, असोज २८, २०८३
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता बुधबार, असोज २८, २०८३
कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामा १ हजार ७६९ मतले अगाडि बुधबार, असोज २८, २०८३
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण बुधबार, असोज २८, २०८३
कांग्रेस केन्द्रीय सदस्यमा पेशागत (विषय विज्ञ) तर्फ केसीको अग्रता बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्