• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सर्वोच्चको फैसलापछि निर्वाचन आयोगले कसरी सल्टाउँदै छ यी ५ विषय ?

64x64
प्रवीण ढकाल मंगलबार, फागुन २५, २०७७  ०८:४०
1140x725

काठमाडौं–सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम विवादमाथि आइतबार फैसला गर्दै तत्कालीन नेकपा (एमाले) र  नेकपा (माओवादी केन्द्र)बीचको एकीकरण समेत खारेज गरिदिएको छ। अदालतले नै एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि निर्वाचन आयोगलाई थप जटिलता थपिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि एकीकृत अवस्थामा रहेको नेकपा दुई चिरामा विभाजित भएको थियो। त्यसपछि आयोगमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले आधिकारिकताको दावी गर्दै निवेदन दिएको थियो। तर उक्त विषयमा प्रक्रिया नै अगाडि नबढाएको आयोगलाई आइतबारको आदेशपछि थप जटिलता थपिएको छ।

दुईवटा पार्टीको विभाजनका विषयमा निर्णय गर्न नसकेको आयोगलाई अब ४ वटा दलका विषयमा निर्णय गर्नुपर्नेछ। यसका साथै अदालतले एकीकरण खारेज गरेपछि एकीकरण हुनुअघि नेकपाकै नाममा निर्वाचित भएका ४६ जना जनप्रतिनिधिका विषयमा पनि निर्णय लिनुपर्नेछ।

आयोगले अदालतको आदेशपछि मुख्यतः ५ वटा विषयमा केन्द्रित रहेर अहिलेको समस्या र विवाद हल गर्नुपर्ने देखिएको छ। आयोगका एक आयुक्तका अनुसार आयोगले सबैभन्दा पहिला अदालतको आदेश अनुसार नेकपाको नाम ऋषि कट्टेलले पाएको भन्दै उनलाई दलको नाम दिनु पर्नेछ। त्यसपछि तत्कालीन समयका एमाले र माओवादी केन्द्र ब्युताउने, यी दलको एकीकरणपछि एमाले र माओवादी केन्द्रकै नाममा दर्ता भएका दलका विषयमा, एमाले र माओवादी केन्द्रबीच पुनः एकीकरणका लागि बोलाउने र एकीकरणपछि निर्वाचित भएका जनप्रतिनिधिका विषयमा निर्णय गर्नुपर्ने देखिन्छ।

सर्वोच्चको फैसलापछि आयोगले मंगलबारबाट आवश्यक प्रक्रिया अगाडि बढाउने भएको छ। आयोगले अदालतको फैसला आइतबार नै पाइसकेको छ।

नेकपा ऋषि कट्टेललाई दिने

आयोगका एक आयुक्तका अनुसार मंगलबार आयोगमा छलफल भइसकेपछि अदालतको आदेश अनुसार ’ऋषि कट्टेललाई नेकपा दल तपाईंले पाउनुभयो’ भन्ने विवरणको पत्र पठाइनेछ। ’अदालतको आदेश अनुसार उहाँलाई हामीले पत्र पठाउनेछौं,’ ती आयुक्तले भने, ’आयोगमा हामीले ऐन कानुन अनुसार उहाँलाई नेकपा दल दिने निर्णयसँगै अन्य विषयमा पनि जानकारी दिन पर्ने हुनसक्छ। त्यो चाँहि मंगलबार हुने छलफलपछि मात्र थाहा हुन्छ। अहिलेसम्मको अवस्था हेर्दा उहाँलाई नेकपा तपाईंको हो भन्ने पत्र भने जाने देखिन्छ।’ उनका अनुसार आयोगले मंगलबार नै कट्टेललाई पत्र पठाउनेछ।

Ncell 2
Ncell 2
nimb
nimb

एमाले र माओवादी केन्द्र ब्युँताउने

सर्वोच्चले २०७५ जेठ ३ गते एकीकरण भएका तत्कालीन नेकपा (एमाले) र  नेकपा (माओवादी केन्द्र)बीचको एकीकरण नै खारेज गरिदिएको छ। नेकपाको नाम विवादबारे आइतबार भएको सर्वोच्चको फैसलामा यसअघि निर्वाचन आयोगमा दर्ता भइसकेको एमाले र नेकपा माओवादी केन्द्रबीचको एकीकरणबाट गठन भएको नेकपाको अस्तित्व नरहने उल्लेख छ। सर्वोच्चको फैसलामा नेकपाको नाम ऋषि कट्टेलको हुने पनि उल्लेख छ। आयोगले उक्त आदेश अनुसार अब ऋषि कट्टेललाई नेकपा दिनुका साथै तत्कालीन एमाले र माओवादीलाई ब्युँताउनेछ।

आयोगले यी दुवै दललाई पत्र पठाउँदै अदालतको आदेश अनुसार दल ब्युँतिएको जानकारी दिनेछ। आयोगले उनीहरुलाई साबिककै दलका रुपमा कायम भएको जानकारी दिँदै आ–आफ्ना दलको केन्द्रीय कमिटी, पार्टी विधान लगायतका विवरणसमेत लिएर आयोगमा बोलाउने तयारी गरेको आयोग स्रोत बताउँछ।

Xtrem

Xtrem

’एकीकरण खारेज भएपछि उनीहरुलाई आफ्नो पार्टीको विधान, केन्द्रीय कमिटी र कानुन अनुसार आवश्यक पर्ने अन्य विवरण समेत लिएर आउन भन्नेछौं,’ स्रोतले भन्यो।’

अरुकै नाममा दर्ता भएका एमाले र माओवादी केन्द्र के हुन्छन्?

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते एकीकरण भएको थियो। उनीहरुको एकीकरणपछि बनेको दललाई आयोगले नेकपा नाम दिएको थियो। त्यसपछि आयोगमा सन्ध्या तिवारीको नेतृत्वमा नेकपा एमाले र गोपाल किरातीको नेतृत्वमा माओवादी केन्द्र नामका दुई दल दर्ता भएका छन्।

तर, अदालतको आइतबारको आदेशले एमाले र माओवादी केन्द्र ब्युँतिएपछि आयोगले तिवारी र किरातीको नाममा दर्ता गराएको एमाले र माओवादी केन्द्रका विषयमा के हुन्छ त? आयोगका एक आयुक्त भन्छन्, ’अदालतको आदेश अनुसार उहाँहरुलाई दिएको उक्त नाम अब फेर्नुपर्ने हुन्छ। आयोगले उहाँहरुलाई फरक नाम राख्न पत्र काट्नेछ।’ तिवारीको चुनाव चिन्हमा समस्या छैन। तर, किरातीले गोलाकार भित्रको हसिया हतौडा नै चुनाव चिन्ह पाएकाले उक्त विषयमा पनि निर्णय गर्नुपर्ने ती आयुक्तको भनाइ छ।

’उहाँहरुले यो विषयमा सहज रुपमा फरक नाम राख्न मान्नुभयो भने त सहज नै हुनेछ,’ उनले भने, ’तर आफ्नो नाममा दर्ता भइसकेकाले उहाँहरुमध्ये कोही फेरि अदालत जानुभयो भने चाँहि  समय लाग्ने देखिन्छ।’

नेकपा एकीकरणपछि निर्वाचित भएका जनप्रतिनिधि

अदालतको फैसलापछि उपनिर्वाचनमा नेकपाबाट निर्वाचित प्रतिनिधि सभा, राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तहका प्रतिनिधिको वैधता के हुन्छ भन्ने प्रश्न उठेको छ। आयोगका आयुक्तहरुका अनुसार निर्वाचन आयोगलाई अहिले सबैभन्दा बढी चिन्ता यही विषयको छ। आयोगमा यो विषयमा मिश्रित सुझावहरु आइरहेको आयुक्तहरु बताउँछन्। केहीले दल नै खारेज भइसकेपछि जनप्रतिनिधि पनि खारेज हुने भनिरहेका छन् भने केहीले निर्वाचित प्रतिनिधिलाई एमाले र माओवादी केन्द्रमध्ये आफू कुन पार्टीमा जाने भनेर रोज्न दिनुपर्ने सुझाव पनि दिएका छन्।

’आयोगले यो विषयमा कानुनविज्ञहरुसँग छलफल गरेर मात्र निर्णय लिनेछ,’ एक आयुक्तले भने, ’यो विषयमा केहीले सूर्य चिन्हबाट लडेकाले उक्त चिन्ह भएकै पार्टीको हुने भन्ने खालका कुरा पनि आएकाले आयोगले वृहत रुपमा छलफल गरेर मात्र टुंगोमा पुग्नुपर्ने अवस्था छ।’

नेपाल बार एशोसिएसनका पूर्वमहासचिव सुनिलकुमार पोखरेलले नेकपाबाट निर्वाचित सांसदलाई पूर्ववत आवद्ध दलमा जान छुट रहेको बताए। त्यसरी गए दल बदलको आरोप पनि नलाग्ने उनको तर्क छ।

’उहाँहरुको सांसद पद जाँदैन। उहाँलाई अवसर दिइन्छ। कता जाने भन्ने छनोट गर्न दिइन्छ। एमाले वा माओवादी केन्द्र जता गए पनि उहाँले छनोट गर्न सक्नुहुन्छ। त्यसरी गएका कारण राजनीतिक दलको ४० प्रतिशत उहाँहरुलाई लागू हुँदैन। दल बदलको आरोप लाग्दैन,’ उनले भने।

पूर्वएमाले र पूर्वमाओवादीको एकतापछि भएको उपनिर्वाचनबाट प्रतिनिधि सभामा एक जना, राष्ट्रिय सभामा १६, प्रदेश सभामा एक जना र स्थानीय तहमा ३ गाउँपालिका अध्यक्ष, १ गाउँपालिका उपाध्यक्ष र २४ वडाध्यक्ष गरी नेकपाका नाममा चुनाव लडेर ४६ जना विजयी भएका छन्।

एमाले र माओवादी केन्द्रबीच पुनः एकीकरण

सर्वोच्च अदालतले दुई पार्टीको एकीकरण खारेज गरे पनि पुनः एकीकरण हुन भने रोकेको छैन। अदालतले अब यी दुई दलले एकीकरण गर्ने भएमा राजनीतिक दलसम्बन्धी ऐन तथा नियम विपरित नहुने गरी निर्णय गरी आयोगमा उपस्थित गराउन पनि आदेशमा भनेको छ। आयोगले यो आधारमा दुई दललाई पत्र पठाउँदा एकीकरण हुने विषय पनि उल्लेख गर्ने तयारी गरेको छ।

आयोगले एकीकरणका लागि पत्र काटे पनि दुई पार्टीको अहिलेको अवस्था हेर्दा एकीकरण हुने सम्भावना भने निकै कम देखिन्छ। आयोगको पत्रका आधारमा ओली र प्रचण्ड पक्षले एकीकरण गर्न चाहेमा फरक नाममा दल दर्ता हुने सम्भावना छ। तर, सोमबार दुवै पक्षको गतिविधि हेर्दा पार्टी पुनः एकीकरणतर्फ जाने देखिँदैन।

 

प्रकाशित मिति: मंगलबार, फागुन २५, २०७७  ०८:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रवीण ढकाल
लेखकबाट थप
कांग्रेस अब ‘ब्याक-बेञ्च’मा बस्दैन : गगन थापा [अन्तर्वार्ता]
हिमपातले तिलिचो जाने बाटो अवरूद्ध [तस्बिर/भिडियो]
जनताको मुद्दा एकातिर, 'नेकपा संकट' अर्कैतिर
सम्बन्धित सामग्री
एमालेको निष्कर्ष: सरकार स्वेच्छाचारी बन्दैछ, संसद् सत्ताको छायामा पर्‍यो आइतबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले आगामी अधिवेशनमा थप सशक्त भूमिका निर्वाह गर्ने गरी तयारी गर्न... आइतबार, असोज १८, २०८३
देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले देउवालाई लिनका लागि पार्टीका नेताहरू कति पटक जाने र कसरी जान... आइतबार, असोज १८, २०८३
म्युजिकल चियरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो जसले भदौ २३ र २४ आयो : गगन थापा नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्री बनेका व्यक्ति फेरि प्रधानमन्त्री बन्न खोज्ने... आइतबार, असोज १८, २०८३
ताजा समाचारसबै
हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : कुलमान घिसिङ आइतबार, असोज १८, २०८३
भोटेकोशी बाढीले दियो चेतावनी: अब पूर्वाधार निर्माणको मापदण्ड बदल्नुपर्छ आइतबार, असोज १८, २०८३
नेपाली क्रिकेट टिमका ९ स्टारसँग एक्सट्रीमको ‘पावरफुल’ साझेदारीः आइतबार, असोज १८, २०८३
एमालेको निष्कर्ष: सरकार स्वेच्छाचारी बन्दैछ, संसद् सत्ताको छायामा पर्‍यो आइतबार, असोज १८, २०८३
देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्