• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस १८, २०८२ Fri, Jan 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सर्वोच्चको फैसलापछि निर्वाचन आयोगले कसरी सल्टाउँदै छ यी ५ विषय ?

64x64
प्रवीण ढकाल मंगलबार, फागुन २५, २०७७  ०८:४०
1140x725

काठमाडौं–सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम विवादमाथि आइतबार फैसला गर्दै तत्कालीन नेकपा (एमाले) र  नेकपा (माओवादी केन्द्र)बीचको एकीकरण समेत खारेज गरिदिएको छ। अदालतले नै एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि निर्वाचन आयोगलाई थप जटिलता थपिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि एकीकृत अवस्थामा रहेको नेकपा दुई चिरामा विभाजित भएको थियो। त्यसपछि आयोगमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले आधिकारिकताको दावी गर्दै निवेदन दिएको थियो। तर उक्त विषयमा प्रक्रिया नै अगाडि नबढाएको आयोगलाई आइतबारको आदेशपछि थप जटिलता थपिएको छ।

दुईवटा पार्टीको विभाजनका विषयमा निर्णय गर्न नसकेको आयोगलाई अब ४ वटा दलका विषयमा निर्णय गर्नुपर्नेछ। यसका साथै अदालतले एकीकरण खारेज गरेपछि एकीकरण हुनुअघि नेकपाकै नाममा निर्वाचित भएका ४६ जना जनप्रतिनिधिका विषयमा पनि निर्णय लिनुपर्नेछ।

आयोगले अदालतको आदेशपछि मुख्यतः ५ वटा विषयमा केन्द्रित रहेर अहिलेको समस्या र विवाद हल गर्नुपर्ने देखिएको छ। आयोगका एक आयुक्तका अनुसार आयोगले सबैभन्दा पहिला अदालतको आदेश अनुसार नेकपाको नाम ऋषि कट्टेलले पाएको भन्दै उनलाई दलको नाम दिनु पर्नेछ। त्यसपछि तत्कालीन समयका एमाले र माओवादी केन्द्र ब्युताउने, यी दलको एकीकरणपछि एमाले र माओवादी केन्द्रकै नाममा दर्ता भएका दलका विषयमा, एमाले र माओवादी केन्द्रबीच पुनः एकीकरणका लागि बोलाउने र एकीकरणपछि निर्वाचित भएका जनप्रतिनिधिका विषयमा निर्णय गर्नुपर्ने देखिन्छ।

सर्वोच्चको फैसलापछि आयोगले मंगलबारबाट आवश्यक प्रक्रिया अगाडि बढाउने भएको छ। आयोगले अदालतको फैसला आइतबार नै पाइसकेको छ।

नेकपा ऋषि कट्टेललाई दिने

आयोगका एक आयुक्तका अनुसार मंगलबार आयोगमा छलफल भइसकेपछि अदालतको आदेश अनुसार ’ऋषि कट्टेललाई नेकपा दल तपाईंले पाउनुभयो’ भन्ने विवरणको पत्र पठाइनेछ। ’अदालतको आदेश अनुसार उहाँलाई हामीले पत्र पठाउनेछौं,’ ती आयुक्तले भने, ’आयोगमा हामीले ऐन कानुन अनुसार उहाँलाई नेकपा दल दिने निर्णयसँगै अन्य विषयमा पनि जानकारी दिन पर्ने हुनसक्छ। त्यो चाँहि मंगलबार हुने छलफलपछि मात्र थाहा हुन्छ। अहिलेसम्मको अवस्था हेर्दा उहाँलाई नेकपा तपाईंको हो भन्ने पत्र भने जाने देखिन्छ।’ उनका अनुसार आयोगले मंगलबार नै कट्टेललाई पत्र पठाउनेछ।

Ncell 2
Ncell 2

एमाले र माओवादी केन्द्र ब्युँताउने

सर्वोच्चले २०७५ जेठ ३ गते एकीकरण भएका तत्कालीन नेकपा (एमाले) र  नेकपा (माओवादी केन्द्र)बीचको एकीकरण नै खारेज गरिदिएको छ। नेकपाको नाम विवादबारे आइतबार भएको सर्वोच्चको फैसलामा यसअघि निर्वाचन आयोगमा दर्ता भइसकेको एमाले र नेकपा माओवादी केन्द्रबीचको एकीकरणबाट गठन भएको नेकपाको अस्तित्व नरहने उल्लेख छ। सर्वोच्चको फैसलामा नेकपाको नाम ऋषि कट्टेलको हुने पनि उल्लेख छ। आयोगले उक्त आदेश अनुसार अब ऋषि कट्टेललाई नेकपा दिनुका साथै तत्कालीन एमाले र माओवादीलाई ब्युँताउनेछ।

आयोगले यी दुवै दललाई पत्र पठाउँदै अदालतको आदेश अनुसार दल ब्युँतिएको जानकारी दिनेछ। आयोगले उनीहरुलाई साबिककै दलका रुपमा कायम भएको जानकारी दिँदै आ–आफ्ना दलको केन्द्रीय कमिटी, पार्टी विधान लगायतका विवरणसमेत लिएर आयोगमा बोलाउने तयारी गरेको आयोग स्रोत बताउँछ।

’एकीकरण खारेज भएपछि उनीहरुलाई आफ्नो पार्टीको विधान, केन्द्रीय कमिटी र कानुन अनुसार आवश्यक पर्ने अन्य विवरण समेत लिएर आउन भन्नेछौं,’ स्रोतले भन्यो।’

अरुकै नाममा दर्ता भएका एमाले र माओवादी केन्द्र के हुन्छन्?

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते एकीकरण भएको थियो। उनीहरुको एकीकरणपछि बनेको दललाई आयोगले नेकपा नाम दिएको थियो। त्यसपछि आयोगमा सन्ध्या तिवारीको नेतृत्वमा नेकपा एमाले र गोपाल किरातीको नेतृत्वमा माओवादी केन्द्र नामका दुई दल दर्ता भएका छन्।

तर, अदालतको आइतबारको आदेशले एमाले र माओवादी केन्द्र ब्युँतिएपछि आयोगले तिवारी र किरातीको नाममा दर्ता गराएको एमाले र माओवादी केन्द्रका विषयमा के हुन्छ त? आयोगका एक आयुक्त भन्छन्, ’अदालतको आदेश अनुसार उहाँहरुलाई दिएको उक्त नाम अब फेर्नुपर्ने हुन्छ। आयोगले उहाँहरुलाई फरक नाम राख्न पत्र काट्नेछ।’ तिवारीको चुनाव चिन्हमा समस्या छैन। तर, किरातीले गोलाकार भित्रको हसिया हतौडा नै चुनाव चिन्ह पाएकाले उक्त विषयमा पनि निर्णय गर्नुपर्ने ती आयुक्तको भनाइ छ।

’उहाँहरुले यो विषयमा सहज रुपमा फरक नाम राख्न मान्नुभयो भने त सहज नै हुनेछ,’ उनले भने, ’तर आफ्नो नाममा दर्ता भइसकेकाले उहाँहरुमध्ये कोही फेरि अदालत जानुभयो भने चाँहि  समय लाग्ने देखिन्छ।’

नेकपा एकीकरणपछि निर्वाचित भएका जनप्रतिनिधि

अदालतको फैसलापछि उपनिर्वाचनमा नेकपाबाट निर्वाचित प्रतिनिधि सभा, राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तहका प्रतिनिधिको वैधता के हुन्छ भन्ने प्रश्न उठेको छ। आयोगका आयुक्तहरुका अनुसार निर्वाचन आयोगलाई अहिले सबैभन्दा बढी चिन्ता यही विषयको छ। आयोगमा यो विषयमा मिश्रित सुझावहरु आइरहेको आयुक्तहरु बताउँछन्। केहीले दल नै खारेज भइसकेपछि जनप्रतिनिधि पनि खारेज हुने भनिरहेका छन् भने केहीले निर्वाचित प्रतिनिधिलाई एमाले र माओवादी केन्द्रमध्ये आफू कुन पार्टीमा जाने भनेर रोज्न दिनुपर्ने सुझाव पनि दिएका छन्।

’आयोगले यो विषयमा कानुनविज्ञहरुसँग छलफल गरेर मात्र निर्णय लिनेछ,’ एक आयुक्तले भने, ’यो विषयमा केहीले सूर्य चिन्हबाट लडेकाले उक्त चिन्ह भएकै पार्टीको हुने भन्ने खालका कुरा पनि आएकाले आयोगले वृहत रुपमा छलफल गरेर मात्र टुंगोमा पुग्नुपर्ने अवस्था छ।’

नेपाल बार एशोसिएसनका पूर्वमहासचिव सुनिलकुमार पोखरेलले नेकपाबाट निर्वाचित सांसदलाई पूर्ववत आवद्ध दलमा जान छुट रहेको बताए। त्यसरी गए दल बदलको आरोप पनि नलाग्ने उनको तर्क छ।

’उहाँहरुको सांसद पद जाँदैन। उहाँलाई अवसर दिइन्छ। कता जाने भन्ने छनोट गर्न दिइन्छ। एमाले वा माओवादी केन्द्र जता गए पनि उहाँले छनोट गर्न सक्नुहुन्छ। त्यसरी गएका कारण राजनीतिक दलको ४० प्रतिशत उहाँहरुलाई लागू हुँदैन। दल बदलको आरोप लाग्दैन,’ उनले भने।

पूर्वएमाले र पूर्वमाओवादीको एकतापछि भएको उपनिर्वाचनबाट प्रतिनिधि सभामा एक जना, राष्ट्रिय सभामा १६, प्रदेश सभामा एक जना र स्थानीय तहमा ३ गाउँपालिका अध्यक्ष, १ गाउँपालिका उपाध्यक्ष र २४ वडाध्यक्ष गरी नेकपाका नाममा चुनाव लडेर ४६ जना विजयी भएका छन्।

एमाले र माओवादी केन्द्रबीच पुनः एकीकरण

सर्वोच्च अदालतले दुई पार्टीको एकीकरण खारेज गरे पनि पुनः एकीकरण हुन भने रोकेको छैन। अदालतले अब यी दुई दलले एकीकरण गर्ने भएमा राजनीतिक दलसम्बन्धी ऐन तथा नियम विपरित नहुने गरी निर्णय गरी आयोगमा उपस्थित गराउन पनि आदेशमा भनेको छ। आयोगले यो आधारमा दुई दललाई पत्र पठाउँदा एकीकरण हुने विषय पनि उल्लेख गर्ने तयारी गरेको छ।

आयोगले एकीकरणका लागि पत्र काटे पनि दुई पार्टीको अहिलेको अवस्था हेर्दा एकीकरण हुने सम्भावना भने निकै कम देखिन्छ। आयोगको पत्रका आधारमा ओली र प्रचण्ड पक्षले एकीकरण गर्न चाहेमा फरक नाममा दल दर्ता हुने सम्भावना छ। तर, सोमबार दुवै पक्षको गतिविधि हेर्दा पार्टी पुनः एकीकरणतर्फ जाने देखिँदैन।

 

प्रकाशित मिति: मंगलबार, फागुन २५, २०७७  ०८:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रवीण ढकाल
लेखकबाट थप
कांग्रेस अब ‘ब्याक-बेञ्च’मा बस्दैन : गगन थापा [अन्तर्वार्ता]
हिमपातले तिलिचो जाने बाटो अवरूद्ध [तस्बिर/भिडियो]
जनताको मुद्दा एकातिर, 'नेकपा संकट' अर्कैतिर
सम्बन्धित सामग्री
आइतबारसम्म सम्झौता नगरे आन्दोलन गर्छौं : दुर्गा प्रसाईं प्रधानमन्त्री सुशीला कार्कीसहितको उपस्थितिमा बिहीबार सिंहदरबारमा भएको वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रसाईंले सरकारले आइतबारसम... बिहीबार, पुस १७, २०८२
कालिकोटबाट प्रचण्डको नाम एकल सिफारिस पार्टीका केन्द्रीय सदस्य प्रेम बहादुर सिंहका अनुसार, प्रचण्डको नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको हो । बिहीबार, पुस १७, २०८२
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक विशेष महाधिवेशनका लागि भृकृटीमण्डपको हलसमेत बुक गरिएको उनले बताए । 'यसबीचमा विधानले गरेको व्यवस्था कार्यन्वयन गर्न कार्यवाहक सभापतिल... बिहीबार, पुस १७, २०८२
ताजा समाचारसबै
आइतबारसम्म सम्झौता नगरे आन्दोलन गर्छौं : दुर्गा प्रसाईं बिहीबार, पुस १७, २०८२
कालिकोटबाट प्रचण्डको नाम एकल सिफारिस बिहीबार, पुस १७, २०८२
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक बिहीबार, पुस १७, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
समानुपातिकको बन्दसूची सच्याउन दलका प्रतिनिधिसँग आयोगद्वारा छलफल बिहीबार, पुस १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
निकोलस भुसाललाई अस्पताल लगियो बुधबार, पुस १६, २०८२
सुनसरीको लौकही बजार तनावग्रस्त, स्थिती नियन्त्रणमा लिन प्रहरीले हान्यो अश्रु ग्यास बिहीबार, पुस १७, २०८२
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक बिहीबार, पुस १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्