काठमाडौँ– मेडिकल व्यवसायी समेत रहेका दुर्गा प्रसाईँको समर्थनमा नागरिक बचाउ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पुगेको छ।
प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान चलाउँदै आएका छन्। यही महाअभियानसँग मिल्दो नाममा दल बनाएका हुन्।
नागरिक बचाउ दलको सभापतिमा माधव खतिवडा (कल्पित) को नाम रहेको छ। उनले पार्टीमा अहिले २९ जना केन्द्रीय सदस्य रहेको बताए।
कल्पितले दुर्गा प्रसाईँको विचार, लक्ष्य र उद्देश्य प्राप्तिका लागि दल दर्ता गरिएको र प्रसाईँ संरक्षक रहने बताए।
दल दर्ताका लागि निवेदन दिने आज अन्तिम दिन हो।
निर्वाचन आयोगले भने दल दर्ताको निवेदन प्राप्त भएको खण्डमा कागजात पुगे/नपुगेको हेर्ने र कागजात पुगेपछि दर्ता गर्ने बताउँदै आएको छ। मंसिर १० गतेसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय भएकाले त्यसदिनसम्मै निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएकाले चुनाव लड्न सक्नेछन्।
प्रतिनिधि सभाको चुनाव आगामी फागुन २१ गतेका लागि तय भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।