• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

कांग्रेस अब ‘ब्याक-बेञ्च’मा बस्दैन : गगन थापा [अन्तर्वार्ता]

नेपाल लाइभ शुक्रबार, पुस २, २०७८  १९:३४
1140x725

नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा निर्वाचित भएका छन्। बिहीबार सार्वजनिक भएको मतपरिणाममा उनले महामन्त्रीका लागि प्रतिस्पर्धीहरुमध्ये सर्वाधिक ६५ प्रतिशत मत प्राप्त गरे। उनले प्राप्त गरेको मतले पार्टीभित्र उनको लोकप्रियतालाई पुष्टि गर्छ। अर्कोतिर कांग्रेससँग नजोडिएको ठूलो पंक्तिले पनि उनको विजयलाई रुचिपूर्वक हेर्‍यो र खुशी मनायो। त्यसलाई आफूले ठूलो पुँजी मानेको थापाको भनाइ छ।

सभापतिका उम्मेदवार शेखर कोइरालाको प्यानलबाट प्रतिस्पर्थी बनेका थिए, थापा। कोइरालाको पराजयसँगै  थापाले फरक समूहका सभापतिसँग काम गर्नुपर्ने भएको छ। सभापति शेरबहादुर देउवालाई उनकै प्यानलको उम्मेदवारले महामन्त्रीमा जित्दा जति मद्दत गर्थ्यो, आफूले पनि त्यति नै मद्दत गर्ने बताउँछन्, थापा। तर, सभापति देउवासँग आफ्नो सहयोग र संघर्षको सम्बन्ध रहने भन्न चुक्दैनन् उनी। फरक समूहबाट आएका अर्का महामन्त्री विश्वप्रकाश शर्मासँग पनि परिपुरकको भूमिकामा रहेर पार्टीलाई राम्रोसँग अगाडि बढाउने उनको भनाइ छ। प्रस्तुत छ, थापासँग नेपाल लाइभका लागि किशोर दहाल र प्रवीण ढकालले गरेको कुराकानीः

महामन्त्रीका लागि भएको प्रतिस्पर्धामा तपाईंले लगभग दुई तिहाइ मत पाउनुभयो। यसप्रति तपाईंको विश्लेषण के छ?
नेपाली कांग्रेसमा विभिन्न तहमा निर्वाचित भएर आउँदै गर्दा गुटगत आबद्धता एकदमै धेरै बलियो भएको हुन्छ। त्यसैले महाधिवेशन प्रतिनिधिहरुले आफ्नो उम्मेदवार छान्दाखेरि गुटगत रुझानको प्रभाव पर्छ। बाह्रौं महाधिवेशनमा पनि मलाई धेरै साथीहरुले त्यस्तो रुझानबाट मुक्त भएर मत दिनुभएको थियो। मैले त्यो अनुभव गरेर आएको हुँ। यसपटक पनि त्यस्तै भयो। मलाई मत दिने साथीहरुले यो वा त्यो गुट नभनी मत दिनुभएको छ। त्यसबारेमा मलाई मतगणनामा बस्ने साथीहरुले पनि सुनाउनुभएको छ। त्यसैले पार्टीभित्रका सबै खालका साथीहरुले मलाई विश्वास गर्नुभएको छ।

त्यस्तै, यो पार्टीको सदस्य नै नभएकाहरुले पनि मप्रति चासो राख्नुभएको छ। आम चुनावमा जस्तै यो महाधिवेशनमा मेरो परिणाम के होला भनेर चासो राख्नुभएको छ। मैले महामन्त्रीमा जित्दै गर्दा पनि आफैंले जितेको अनुभूति गर्नुभएको छ। मेरो लागि त्यो पनि ठूलो पुँजी हो। तर, हिजोको मतपरिणाम आउँदै गर्दा म डराएको पनि छु। त्यो कुन अर्थमा भने त्यति धेरै विश्वास र जिम्मेवारी दिएपछि प्रत्येक पाइलामा ध्यान पुर्‍याउनुपर्ने छ। सचेत रहनुपर्ने छ। मिहिनेत पनि गर्नुपर्ने छ। आफूलाई प्रमाणित पनि गर्नुपर्ने छ। मेरो अगाडिको यात्रा चुनौतीपूर्ण छ भन्नेमा म सचेत छु।

तपाईंहरूले पुस्तान्तरण र रुपान्तरणको कुरा उठाउनुभयो। पुस्तान्तरणको आधार त देखियो, अब रुपान्तरणको आधार चाहिँ कसरी प्रस्तुत गर्नुहुन्छ? त्यो रुपान्तरण कस्तो हुन्छ?
स्थापनाको हिसाबले पनि नेपाली कांग्रेस पहिलो पार्टी हो। राजनीतिक आन्दोलनको नेतृत्वको हिसाबले पनि पहिलो पार्टी हो। तर, पछिल्ला केही वर्षमा यो पार्टी असाध्यै रक्षात्मक भयो। आफैंले निर्माण गरेको संविधान कार्यान्वयन गर्ने चरणमा पुग्दैगर्दा यसले जुन किसिमको नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने थियो, यससँग जोडिएका राजनीतिक र सामाजिक लगायतका यावत् पक्षमा यो अलमलियो। जसले गर्दा ती मुद्दाहरु जसरी टुंगिनुपर्ने थियो, टुंगिएन। अब नेपाली कांग्रेसको रुपान्तरणको मुख्य कुरा भनेको चाहिँ कांग्रेस अब 'ब्याक-बेञ्च'मा बस्दैन। कांग्रेसले नेतृत्व लिन्छ र यो प्रक्रियालाई कहीँ अवरोध हुन पनि दिँदैन।

त्यस्तै, हाम्रा राजनीतिक दलहरु, खासगरी नेपाली कांग्रेसकै पनि सिंगो संरचना कस्तो भयो भने, हामी जम्मा चुनावका लागि छौं। चुनाव जित्नका लागि छौं। हाम्रो एउटै मात्र काम छ, चुनाव जितेर सरकार बनाउने। हामी त्यसकै लागि बनेका हौं जस्तो देखियो। जबकि, यो पार्टी त सरकार बनाउनका लागि स्थापना भएकै होइन। यो त एउटा आन्दोलनका लागि स्थापना भएको हो। विचारका लागि स्थापना भएको हो। काम गर्दै जाँदा त्यही विचारलाई स्थापित गर्न र आन्दोलनका आकांक्षालाई सम्बोधन गर्न सरकार पनि चाहिने कुरा भएकाले सरकारमा जान खोजेको हो।

No description available.

रुपान्तरणको अर्को मुख्य कुरा, सिंगो नेपाली कांग्रेस पंक्तिलाई पुनःअभिमुखीकरण गर्नु छ। कांग्रेस किन भएको? कांग्रेसको सदस्य हुनुको अर्थ के हो? सरकारमा किन जाने? भन्ने जस्ता विषयमा सिंगो पार्टी पंक्तिलाई अभिमुखीकरण गर्नु छ।

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै, यो पार्टी भनेको राज्यको दोहनकारी एजेन्सी जस्तो भएको छ। हामीलाई विद्यालय व्यवस्थापन समितिमा पनि जानुपर्ने, वन व्यवस्थापनमा पनि जानुपर्ने, हामी जहाँ पनि हुनुपर्ने भएको छ। त्यसको एउटा मात्रै उद्देश्य भनेको हामी त्यहाँको स्रोत र साधनलाई दोहन गर्न चाहन्छौं। दोहन गरेर पार्टीलाई बलियो बनाउन चाहन्छौं र पार्टी बलियो बनाएर सरकार बनाउन चाहन्छौं। यो यथार्थलाई हामीले परिवर्तन गर्न सक्यौं भने बल्ल पार्टी भनेको आन्दोलन हुन्छ, विचार हुन्छ। 

अन्तिम कुरा चाहिँ पार्टी सञ्चालनको तरिकासँग जोडिन्छ। हामी भव्य महाधिवेशन गरेर आउँछौं र विधि-विधानलाई कुल्चिन्छौं, थितिमा पार्टी चलाउँदैनौँ। लहडमा पार्टी चलाउँछौँ। यो पनि पार्टी रुपान्तरणसँगै जोडिएको विषय हो।

लामो समयदेखि तपाईंले पार्टी विधान र विधि अनुसार नचलेको भनेर प्रश्नहरू उठाउनुभयो। अब तपाईं आफैं जवाफ दिने ठाउँमा पुग्नुभएको छ। यसले तपाईंभित्र कत्तिको दबाब सिर्जना गरिरहेको छ?
नेपाली कांग्रेसभित्र विधि र थितिको कुरा उठाउँदै आएको हुनाले गर्दा विधि र थिति बसाल्ने भनेको के हो, कसरी बसाल्न सकिन्छ भन्ने कुरा मलाई थाहा छ। आधा काम मलाई त्यसकारण पनि सजिलो छ। सँगसँगै अहिले महामन्त्री, उपसभापतिमा जो साथीहरु आउनुभएको छ, पदाधिकारीको जस्तो टिम बन्दैछ, काबिल साथीहरु आउनुभएको छ। काम गर्ने यही टिम हो। हामी सामूहिक रुपमा पार्टीभित्र विधि बसाल्ने, थिति बसाल्ने कुरामा काम गर्न सक्छौं। हाम्रो सामूहिक प्रयत्नलाई पार्टी सभापतिले पनि ग्रहण गरेर जानुहुन्छ, जानै पर्छ। हामी त्यो अवस्था पनि निर्माण गर्छौं। सुरुसुरुमा केही कठिन होला। किनकि एक ढंगले चलिरहेको पार्टी थियो। तर, विधि र थिति बसाल्न सकिन्छ भन्ने मलाई विश्वास छ। 

पार्टी सभापति भने तपाईंले पराजित गर्न चाहेको व्यक्ति हुनुहुन्छ। उहाँसँगको सम्बन्ध कस्तो रहन्छ?
हाम्रो मतदान गोप्य हुने भएपनि केही कुरा हामीले खुला भनेका छौं। मैले शेखर कोइरालालाई मत पनि मागेको हो, उहाँलाई सभापति बनाउन चाहेको पनि हो। मत हालेको पनि हो। त्यो नै पार्टीका लागि हितकर हुन्छ भन्ने ठानेको पनि हो। तर, महाधिवेशनले निर्णय सुनाइसकेपछि त्यसलाई ग्रहण गर्ने कुरामा ममा अलमल छैन। त्यसैले पार्टी सभापतिसँग बसेर काम गर्ने हो। उहाँले महामन्त्रीका उम्मेदवार बनाएका व्यक्तिले जितेको भए उहाँलाई जति मद्दत हुन्थ्यो, त्यति नै मद्दत मबाट पनि उहाँले पाउनुहुन्छ।

Xtrem

Xtrem

पार्टीभित्र विधि र थिति बसाल्ने कुरामा चाहिँ मैले उहाँलाई मद्दत पनि गर्छु, सहकार्य पनि गर्छु। तर, कतिपय कुरामा नेतृत्व बरालियो भने संघर्ष पनि हुन्छ। सभापतिसँग मेरो सम्बन्ध सहकार्य र संघर्षको हुन्छ। जहाँ ठीक हुन्छ, त्यहाँ सहकार्य हुन्छ। जहाँ गलत हुन्छ, त्यहाँ संघर्ष हुन्छ। मैले बुझेसम्म, पार्टीभित्र सुधारका कुरामा सभापति 'प्रोएक्टिभ्ली' नलाग्नुहोला, उमेरका हिसाबले पनि। दोस्रो पटकको कार्यकाल भएकाले जाँगर पनि नचल्ला। तर, पदाधिकारीको टिमले पार्टीभित्र यो-यो कुरा सुधार गर्नुपर्छ भन्यो भने त्यसलाई सहजतापूर्वक ग्रहण गर्नुहुन्छ र अवरोध गर्नुहुन्न भन्ने मलाई लाग्छ।

No description available.

अर्का महामन्त्री (विश्वप्रकाश शर्मा) पनि अर्कै समूहबाट आउनुभएको छ। उहाँसँगको सहकार्य चाहिँ कस्तो हुने आकलन छ?
उहाँसँग पनि म पहिले नेपाल विद्यार्थी संघको कमिटीमा बसेर सँगै काम गरिसकेको छु। हाम्रा धेरै कुरा र काम गर्ने तरिका मिल्छ। हामीलाई पार्टीभित्र मात्रै होइन, बाहिरका पंक्तिले पनि ठूलो विश्वास गर्नुभएको छ। म के कुरामा सचेत छु भने, मेरो अगाडि जति चुनौती छ, विश्वप्रकाश शर्माका अगाडि पनि त्यति नै चुनौती छ। त्यसैले यसमा हाम्रोबीचको सम्बन्ध सुदृढ, प्रगाढ र एक अर्काको परिपुरकको भयो भने उहाँलाई पनि फाइदा हुन्छ, मलाई पनि फाइदा हुन्छ। सिंगो पार्टीलाई फाइदा हुन्छ। किनकि, हामीलाई सामूहिक रुपमा पार्टीका साथीहरुले विश्वास गर्नुभएको छ। म यो कुरामा सचेत छु। मलाई लाग्छ, उहाँ पनि सचेत हुनुहुन्छ। हामी दुई दाजुभाइले मिलेर पार्टीको महामन्त्रीको भूमिकाबाट 'सिनर्जी' निकाल्न सक्छौं। राम्रोसँग पार्टीलाई अगाडि बढाउन सक्छौँ भन्ने लाग्छ।

हिजो (बिहीबार) पार्टी कार्यालय सानेपामा एउटा नारा लागिरहेको थियो- कांग्रेसभित्र क्रान्ति, गगन-विश्व महामन्त्री। त्यो नारामा निहित शब्द पछ्याउँदा, अब कस्तो खालको क्रान्ति झल्किएला कांग्रेसमा?
मैले अघि पनि भनेँ, पार्टीभित्र सुधार गर्नुपर्ने जुन कुराहरु छन्, विधि र थिति बसाल्ने कुराहरु छन्, त्यसमा व्यवस्थापन गर्ने कुराहरुलाई हामी तत्काल सुरु गरिहाल्छौं। त्यसको नतिजा देखिन्छ नै, हुन्छ नै। त्यो कुरा मलाई खासै चुनौतीपूर्ण लागेको छैन।

मैले अघि पनि कुरा उठाएको थिएँ, नेपाली कांग्रेसको सदस्य हुनुको अर्थ के हो? हामी सम्पूर्ण रुपमा निर्वाचनसँग किन जोडिन्छौं? यो पार्टी किन बनेको हो? यस्ता मूल कुराबाटै हामी विच्छेद भएका छौं। त्यसलाई पुनःस्थापित गर्नु चाहिँ गाह्रो कुरा छ। यो एउटा दुइटा बोलेर वा निर्णय गरेर हुने कुरा छैन। गहिराईमा गएर प्रयास गर्नुपर्ने छ। यो चाहिँ चुनौतीपूर्ण छ। तर, हामी मिलेर गर्नसक्छौँ भन्ने लाग्छ।

कांग्रेस भनेको भागबण्डा र गुटको जरो गाडेको पार्टी हो। त्यसैलाई पद्धति बनाएको पार्टी हो। त्यसैले नयाँ पात्रहरू आउँदा भागबण्डा गर्नुपर्ने ठाउँ फेरिएला तर, प्रवृत्ति कायमै रहन्छ भन्नेहरू छन्। यसलाई कसरी चिर्नुहुन्छ?
शेखर कोइरालाको ४० प्रतिशत तागतसहित निर्वाचन यात्रा टुंगिएको छ। उहाँकै समूहबाट हामी पदाधिकारीमा आएका छौं। केन्द्रीय समितिमा पनि आउँला। २५/३० जना जिल्ला सभापति र दुइटा प्रदेश सभापति पनि आउनुभएको छ। यसरी हेर्दा शेखर कोइरालासँग केही विकल्प छन्। जस्तो, आफूसँग भएको ४० प्रतिशत तागतको आधारमा सभापति शेरबहादुर देउवासँग भागबण्डा लिने। यस्तो विकल्पको प्रयोग पहिला पनि भइसक्यो। स्वयं शेरबहादुर देउवाले पनि सुशील कोइरालासँग पराजित भएपछि त्यसको अभ्यास गर्नुभयो। रामचन्द्र पौडेलले पनि त्यस्तै अभ्यास गर्नुभयो।

मलाई खुशी लाग्छ, शेखर कोइराला यस कुरामा प्रष्ट हुनुहुन्छ। उहाँले ४० प्रतिशतको अभ्यास गर्दिनँ भन्नुभएको छ। म भागशान्तिवाला राजनीति गर्दिनँ भन्नुभएको छ। हामी जे चाहन्थ्यौं, हाम्रो नेताले नै त्यही कुरा भनिदिएपछि सजिलो भएको छ। उहाँले ताली बजाउन एउटा हात अघि सार्नुभएको छ। अर्को हात सभापतिजीले सार्नुपर्छ। सभापति अब ६० प्रतिशतको सभापति हुनुहुन्न। उहाँ १०० प्रतिशतकै सभापति भइदिनुभयो भने त नेपाली कांग्रेसभित्र जरो जस्तै गाडिएको महाधिवेशनमा हारेको पक्षले आफ्नो आफ्नो भाग लिने प्रवृत्ति अन्त्य हुन्छ। शेखर कोइरालाको समूहमा रहेर जितेर आएका हामीहरु यो कुरामा प्रष्ट छौँ। स्वयं शेखर कोइराला पनि प्रष्ट हुनुहुन्छ। अब सभापति पनि यो कुरामा तयार भइदिनुभयो भने यो धन्दा सकिन्छ।

त्यसो भए तपाईं चाहिँ १०० प्रतिशतकै महामन्त्री बन्नुहुन्छ?
हो। म १०० प्रतिशतकै महामन्त्री बन्छु। सभापति १०० प्रतिशतकै सभापति बन्नुपर्‍यो। सभापतिमा पराजित मुख्य प्रतिपक्षी शेखर कोइरालाले पनि आफू सोही भूमिकामा रहन्छु भन्नुभएको छ। पार्टी सभापतिलाई दबाब दिने, प्रश्न उठाउने र गलत भयो भने गलत भयो भन्ने गर्छु तर, भाग माग्दिनँ भन्नुभएको छ। भाग मागेर दुःख दिने ठाउँमा त उहाँ हुनुहुन्छ नि। किनकि, पदाधिकारी पनि आफ्नै समूहका साथीहरु छन्। जिल्ला सभापति पनि छन्। मलाई यति चाहिन्छ भनेर उहाँले किचकिच गरिराख्न सक्नुहुन्छ। म त्यस्तो गर्दिनँ भनेर शेखर कोइरालाले भनिसकेपछि सभापतिजीले मुख्य भूमिका खेल्नुपर्छ।

तपाईंहरू जुन समूहबाट आउनुभयो, त्यो समूह अब रहन्छ कि रहँदैन? रहन्छ भने, कसरी रहन्छ? कस्तो भूमिकामा रहन्छ?
अवश्य रहन्छ। पार्टीभित्र समूह बन्छ र रहन्छ। तर, यो भागशान्तिमा रमाउने समूह बन्दैन। विचार समूहको रुपमा रहन्छ। पार्टी सभापतिसँग यसको सहकार्य र संघर्षको सम्बन्ध रहन्छ। पार्टीको हित र पार्टीले गर्ने देश हितका विषयमा कहीँ पनि पार्टी नेतृत्वलाई अप्ठ्यारो पार्ने काम गर्दैन। जहाँनेर पार्टीको नेतृत्व बरालियो भन्ने लाग्छ, जहाँनेर पार्टीको नेतृत्वले बिगार्योे भन्ने लाग्छ, त्यहाँनेर संघर्ष हुन्छ। यो कुरा मान्नुस् कि, यसअघिका दुई तीनवटा अधिवेशनपछि हामीले जे देख्यौँ, अधिवेशनमा प्रतिस्पर्धा गर्ने, निश्चित मत प्रतिशत ल्याउने र त्यसको आधारमा बाँकी अवधिभर भाग मागेर बस्ने काम भयो। त्यसले गर्दा पार्टीको नेतृत्वलाई आवश्यक परेको बेलामा दबाब दिन पनि नसक्ने भयो किनकि आफैं त्यसको सहभागी हो।

कांग्रेसभित्र दुइटा समूह भनिएको भए पनि कहिल्यै दुइटा समूह भएन। जहिल्यै एउटै भयो। दुवै संस्थापन समूह भए। किनकि मन्त्री बनाउँदा पनि भाग लिएको छ। निर्वाचनको उम्मेदवारमा पनि भाग लिएको छ। पार्टीको केन्द्रीय समितिमा पनि भाग लिएको छ। सबै ठाउँमा भाग लिएपछि ऊ पनि संस्थापन भइहाल्यो नि! सञ्चारमाध्यमले संस्थापन र संस्थापनइतर भनिदिएको भए पनि त्यस्तो भएन। सुशील कोइराला सभापति भएको बेलामा शेरबहादुर देउवा पनि संस्थापन हुनुभयो। शेरबहादुर देउवा सभापति भएका बेलामा रामचन्द्र पौडेल संस्थापन हुनुभयो। भाग लिएपछि त संस्थापन भइयो। यसपटक शेखर कोइराला त्यस्तो संस्थापन हुनुहुन्न। उहाँले आफ्नो समूहलाई अगाडि बढाउनुहुन्छ। पार्टीलाई मद्दत गर्नुहुन्छ। आवश्यक परेको बेलामा दबाब पनि दिनुहुन्छ।

तपाईंहरुले नेतृत्व चयनको लागि महाधिवेशन गर्नुभयो। नीति निर्क्योल गर्न छुट्टै महाधिवेशन गर्ने भन्नुभएको छ। त्यो महाधिवेशन कहिले हुन्छ? कसरी हुन्छ?
यसको बारेमा ठ्याक्कै छलफल भएको छैन। तर, तीन महिनाभन्दा ढिलो गर्नुहुँदैन भन्ने मलाई लाग्छ। किनकि हामी जम्मा चार वर्षका लागि आएका छौं। यो अधिवेशन हामी आ-आफ्नो व्यक्तिगत कुरा गरेर आयौं। चार वर्ष कांग्रेसलाई मार्ग निर्देशित गर्ने हाम्रो आफ्नो दस्तावेज र विचारहरु हो, त्यो त आएकै छैन। त्यसैले हामीले आनन्दपूर्वक ६/८ महिनापछि नीति महाधिवेशन गरौंला भन्यौं भने त त्यतिञ्जेल हामीले शून्यतामा काम गर्नुपर्ने हुन्छ। हामीले यो महाधिवेशन सकिनासाथ तत्काल नीति महाधिवेशन गर्न नसकिएला तर, तीन महिनाभित्र गरेर त्यसको आधारमा अगाडि बढ्नुपर्छ भन्ने लाग्छ।

No description available.

तपाईंले केही दिन अगाडि एउटा अवधारणा पनि अघि सार्नुभएको थियो। त्यो चाहिँ कसरी अगाडि बढाउनुहुन्छ?
म व्यक्तिगत रुपमा त्यसमा थप काम गर्दै अझ परिमार्जन गर्दै र उन्नत बनाउँदै जान्छु। मैले कुनै निजी विचार अगाडि सारेको होइन। यसको स्रोत भनेको नेपाली कांग्रेसकै आजसम्मको विचार र नीति हो। त्यसैले यो सिंगो पार्टीकै कार्यक्रम बन्न सक्दछ भन्ने मलाई विश्वास छ। र, 'समुन्नत नेपाल, सम्मानित नेपाली'लाई पार्टीले नै नारा बनाओस् भन्ने र यसको सपना पार्टीले नै बोकोस् भन्ने चाहन्छु। सामाजिक लोकतन्त्रको सिद्धान्तको आधारमा यसलाई प्राप्त गर्न सकिन्छ भनेको छु, त्यसमा छलफल र बहस गरौँ र पार्टीले स्वामित्व लियोस् भन्नेमा मेरो प्रयास रहन्छ।

कांग्रेसका सभापति, अन्य पदाधिकारी र कार्यसमिति सदस्यहरू चार वर्षका लागि निर्वाचित हुने तर, झण्डै ६ वर्षसम्म रहने स्थिति देखियो। प्रमुख कार्यकारी पद महामन्त्रीमा तपाईं आउनुभएको छ। पन्ध्रौं महाधिवेशन चार वर्ष भित्रैमा हुन्छ भनेर कसरी विश्वास दिलाउनुहुन्छ?
चार वर्षमा महाधिवेशन हुन नसक्नुको मुख्य कारण चाहिँ महाधिवेशन सकिएपछि हामीले विधानलाई यसरी तहगत रुपमा मिच्दैमिच्दै जान्छौं कि महाधिवेशन सार्ने कुरा हामीलाई सामान्य लाग्छ। कतिपय बेला अत्यावश्यक हुन आउँछ। म र विश्वप्रकाश शर्मा, हामीहरु दुवै जना महामन्त्रीको भूमिकामा छौँ। हामीहरु दुवैजना यो कुरामा सचेत छौं। हामी दुई भाइ बसेर पार्टीको बैठक सञ्चालनदेखि सदस्यता वितरणसम्म विधिमा बाँधेर लिएर जान्छौं। जसले गर्दा चौंथो वर्षमा महाधिवेशन नगर्ने भन्ने कुरा नै अस्वभाविक बन्न पुग्छ। हाम्रो महाधिवेशन जसरी सर्छ, त्यो चौंथो वर्षमा गएर बिग्रिएको होइन। पहिलो दिनबाट बिग्रिँदै गएर त्यहाँ पुगेको हो। हामी बिग्रन दिन्नौं। 

प्रकाशित मिति: शुक्रबार, पुस २, २०७८  १९:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
जलवायु न्यायमा आर्थिक अवसर समेट्न ज्ञवालीको जोड बिहीबार, असोज ८, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
बाढी प्रभावित बालबालिका र जोखिममा रहेका नागरिकको संरक्षणमा सरकार गम्भीर छ : मन्त्री बादी बिहीबार, असोज ८, २०८३
कन्टेन्ट क्रिएटर र ब्रान्डलाई एआईमार्फत जोड्ने प्लेटफर्म ‘इनमार्क’ सञ्चालनमा बिहीबार, असोज ८, २०८३
वर्षा भएसँगै जोखिमयुक्त क्षेत्र र विद्यालयहरूमा काठमाडौं महानगरको निगरानी तीव्र बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत बुधबार, असोज ७, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं बुधबार, असोज ७, २०८३
नेपाली कांग्रेस मङ्गलसैन नगर सभापतिमा हेमराज भण्डारी सर्वसम्मत निर्वाचित बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्