काठमाडौं- माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको फाइनल खेल सुरु भएको छ। उपाधिका लागि नेपाल र भारत भिड्दै छन्।
फाइनल खेल मालेस्थित राष्ट्रिय रंगशालामा अहिले सुरु भएको हो।
भारतविरुद्ध फाइनल खेलमा कप्तान तथा गोलरक्षक किरण लिम्बूसहित अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, पुजन उपरकोटी, सुमन अर्याल, सुमन लामा, तेज तामाङ, सुजल श्रेष्ठ, नवयुग श्रेष्ठ र रोहित चन्द सुरुआती टिममा परेका छन्।
आजको खेलमा नेपाल र भारत दुवैका मुख्य प्रशिक्षक प्रतिबन्धमा परेका छन्। नेपालका अञ्जन विष्ट पनि आज टिममा छैनन्। यसअघि दुई खेलमा पहेँलो कार्ड खाएका कारण उनले फाइनल खेल गुमाएका हुन्।
नेपालले साफ च्याम्पियनसिपको इतिहासमा पहिलोपटक फाइनल खेल्न लागेको हो। भारतको भने यो १२औं फाइनल हो।
यस्तो छ नेपाली टिम:

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।