काठमाडौं– नेपाली कांग्रेस महाधिवेशन अन्तर्गत बाजुरामा सभापतिका लागि आज दोस्रो चरणको मतदान हुँदै छ। यसअघि कुनै पनि उम्मेद्वारले कुल खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि सभापतिका लागि दोस्रो चरणको निर्वाचन आज हुने भएको हो।
दोस्रो चरणको निर्वाचनमा यसअघिको शीर्षमा रहने दुई जनाबीच प्रतिस्पर्धा हुनेछ। बाजुरामा कुल १२ सय १२ मत रहेकोमा पहिलो चरणमा १२ सय ५ मत खसेको थियो।
संस्थापनका कबिराज पण्डितले ४८९ मत ल्याएका थिए भने संस्थापन इतरका रामसिंह रावलले ४७४ मत ल्याएका थिए। अर्का उम्मेद्वार चक्र शाहले १५२मत्रमात्र ल्याएका थिए। अब पण्डित र रावलबीच आज दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।