काठमाडौं- अल्जेरियाली सरकारले फ्रान्सेली सैन्य विमानलाई आफ्नो हवाई क्षेत्रमा प्रतिबन्ध लगाएको छ।
फ्रान्सेली सेनाका अनुसार प्रवेशाज्ञा विवादले कूटनीतिक संकट गहिरिएको बेला यस्तो निर्णय आएको हो। फ्रान्सका जेटहरू नियमित रूपमा अल्जेरियाली क्षेत्रमाथि उडेर पश्चिमी अफ्रिकाको साहेल क्षेत्रमा पुगेर जिहादी विद्रोहीहरूसँग लडिरहेका छन्।
सेनाका प्रवक्ता कर्नल पास्कल इन्नीले एएफपीलाई दिएको जानकारीअनुसार आज बिहान उनीहरूले दुईवटा विमानको उडान योजना तयार गरेका बेला एक्कासी अल्जेरियाली नागरिकले फ्रान्सेली सैन्य विमानले आफ्नो क्षेत्रबाट उडान रोकेको जानकारी पाएका थिए। प्रवक्ता पास्कले यो निर्णयले साहेल अपरेसनलाई र इन्टेलिजेन्स मिसनलाई भने फरक नपर्ने बताएका छन्।
तर, यस कदमले पेरिस र अल्जेरियाबीचको तनाव भने बढाउने छ। शनिबार मात्र अल्जेरियाले आफ्नो देशको आन्तरिक मामिलामा ‘अस्वीकार्य हस्तक्षेप’ गरेको आरोप लगाउँदै फ्रान्सका लागि आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ।
फ्रान्स र अल्जेरियाका सञ्चारमाध्यमका अनुसार म्याक्रोनले अल्जेरियाको स्वतन्त्रताको लडाइँमा संलग्न व्यक्तिका सन्तानलाई भनेका छन् देश एक ‘राजनीतिक–सैन्य प्रणाली’ द्वारा शासित थियो जसको इतिहास ‘पूरै पुनः लेखिएको’ छ।
अल्जेरिया पछिल्लो हप्ता फ्रान्सले अल्जेरिया, मोरक्को र ट्युनिसियाका नागरिकहरूलाई दिइने भिसाको सङ्ख्या ह्वात्तै घटाउने निर्णय गरेको भन्दै रिसाएको छ।
यता फ्रान्सले भन्यो उक्त निर्णय अवैधानिक आप्रवासी कामदारलाई नियन्त्रण गर्नाका लागि आवश्यक रहेको बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।