काठमाडौं- भारतको उत्तर प्रदेशको लखीमपुरमा जारी किसान आन्दोलनमा दुई किसानसहित पाँच जनाको मृत्यु भएको छ।
लखीमपुरका जिल्ला अधिकारी डा अरविन्द चौरसियाले यसको पुष्टि गरेका छन्।
‘दुईजनाको मृत्यु एक कारको ठक्करले भएको हो। अरुको त्यही कार पल्टिँदा मृत्यु भएको हो,’ उनले भने।
लखीमपुर खेरीमा उपमुख्यमन्त्री केशवप्रसाद मौर्यले परियोजनाहरुको उद्घाटन गर्ने कार्यक्रम राखेका थिए। त्यसपछि उनी गृहराज्यमन्त्री अजयकुमार मिश्राको पैतृक गाउँमा एक कार्यक्रममा भाग लिन गएका थिए।
यो जानकारी प्राप्त भएपछि किसान नेताहरु उपमुख्यमन्त्रीलाई कालो झण्डा देखाउन भेला भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।