काठमाडौं- प्रसिद्ध पाकिस्तानी कलाकार ओमर शरीफको निधन भएको छ।
पाकिस्तानको कमेडी थिएटरमा लामो समयसम्म शासन गरेका ६६ वर्षीय अभिनेता शरीफ मुटुलगायत धेरै रोगहरुबाट पीडित थिए। उनको शनिबार निधन भएको बताइएको छ।
शरीफलाई २८ सेप्टेम्बरमा जर्मनीबाट उपचारको लागि अमेरिका लगिएको थियो। तर उनको पारिवारिक स्रोतका अनुसार जर्मनी बसाईको समयमा उनको अवस्था बिग्रियो र निको हुन सकेनन्।
शरीफकी साली उम्ब्रिनले बीबीसी उर्दूलाई भनिन्,‘उनी त्यहाँ विगत चार दिनदेखि उपचार गराइरहनु भएक थियो। उहाँलाई निमोनिया र ज्वरो थियो।’
पाकिस्तानका प्रधानमन्त्री इमरान खामले शरीफको निधनप्रति दुख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरेका छन्।
ट्विटरमा लेखेका छन्, ‘उमर शरीफको निधनले दुखी छु। म भाग्यमानी हुँ, उहासँग शौकत खानम मेमोरियल ट्रस्टको लागि एक कोष निर्माण गर्न भ्रमणमा जाने मौका पाएँ। उहाँ सबैभन्दा ठूलो अभिनेता मध्ये एक हुनुहुन्थ्यो, उहाँलाई याद गरिनेछ। मेरो सम्वेदना र प्रार्थना परिवारसँग छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।