काठमाडौं- भारतले छिमेकी राष्ट्र चीनसँग सीमा जोडिएका इलाकामा पूर्वाधार र विकास निर्माणलाई तीव्र बनाइएको छ।
भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवाणेका अनुसार चीनले सीमा क्षेत्रमा सैनिक संख्या बढाएपछि सम्भावित खतरालाई मध्यनजर गर्दै भारत पनि आफ्नो तयारी थालेको हो।
भारतीय सञ्चारमाध्यमका अनुसार चीनले पूर्वी लद्दाख, उत्तरी कमाण्ड र पूर्वी कमाण्डमा पनि ठूलो संख्यामा सैनिक तैनाथ गरेको छ। चीनलाई काउन्टर दिन भारतले पनि सेनाको संख्या बढाएको छ।
मिडिया रिपोर्टका अनुसार भारतले चीनसँग जोडिएको लद्दाखस्थित सीमा क्षेत्रमा शनिबार के ९ बज्र तोप तैनाथ गरेको छ।
यसले सेल्फ–प्रोपेल्ड हाविल्जर तोपले ५० किलोमिटर दूरीसम्म निशाना साँध्न सक्ने समाचारहरुम उल्लेख छ।
चीन र भारतबीच लद्दाखमा लामो समयदेखि सीमा विवाद छ। विवाद समाधानका लागि अक्टोबरको दोस्रो साता १३औं चरणको सैनिक स्तरीय वार्ता हुने पनि बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।