काठमाडौं- रोमानियाको ‘ब्ल्याक सी’ सहर कन्स्टान्टामा रहेको एउटा अस्पतालको सघन उपचार कक्षमा शुक्रबार बिहान भएको आगलागीमा परी ९ कोरोना संक्रमित बिरामीको मृत्यु भएको पुष्टि स्थानीय अधिकारीहरूले गरेका छन्।
सहरका आकस्मिक सेवा अनुगमनका लागि खटाइएका एक अधिकारीका अनुसार अस्पतालमा रहेका अन्य सबै बिरामीलाई उद्धार गरी नजिकैका अन्य अस्पताल तथा स्वास्थ्य केन्दहरूलाई बिरामीहरूलाई आफ्नो भर्ना लिन आग्रह गरिएको छ।
स्वास्थ्य मन्त्रालयले प्रेस विज्ञप्तिमा भनेको छ, ‘आज बिहान कोरोनासँग सम्बन्धित ११३ विरामीले अस्पतालमा सेवा लिइरहेको समय भएको आगलागीमा परी केही व्यक्तिको मृत्यु भएको छ। विरामीमध्ये गम्भीर १० जनालाई आईसीयूमा राखिएको छ।’
आगलागीको सम्भाव्य कारणबारे कुरा गर्दा अन्तरिम स्वास्थ्य मन्त्री आटिला सेकेले भने, ‘कारणहरू धेरै हुन सक्छन्। यो आधारभूत संरचना, उपकरणहरूको ओभरलोडसित सम्बन्धित हुन सक्छ र यो असावधानी वा मानवीय कमजोरीसँग पनि सम्बन्धित हुन सक्छ।’
नोभेम्बर २०२० देखि रोमानियाको अस्पतालमा भएको तेस्रो घातक आगलागी हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।