काठमाडौं- इथियोपियाले संयुक्त राष्ट्रसंघका ७ जना उच्च अधिकारीलाई देश निकाला गरेको छ।
इथियोपियाको आन्तरिक मामिलामा हस्तक्षेप गरेको तथा बिचौलिया बन्न खोजेको आरोपसहित उनीहरुलाई देश निकाला गरिएको हो।
बीबीसीका अनुसार इथियोपिया सरकारले विज्ञप्तिमार्फत् ७२ घण्टाभित्र आफ्नो देश छाड्न उनीहरुलाई आदेश दिएको छ।
इथियोपियाको द्वन्द्वग्रस्त क्षेत्रमा मानवीय संकट रहेको विषयमा राष्ट्रसंघका अधिकारीहरुले बारम्बार आवाज उठाइरहेका थिए।
राष्ट्रसंघका अधिकारीहरुले आफ्नो देशको आन्तरिक मामिलामा चाहिनेभन्दा धेरै प्रचारबाजी गरेको आरोप लगाएको छ।
केही गम्भीर विषयमा समेत हस्तक्षेप गर्न खोजेको इथियोपियाको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
आफ्नो उच्च अधिकारीहरु इथियोपियाबाट निष्काशनमा परेपछि राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आफू अचम्मित भएको प्रतिक्रिया दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।