काठमाडौं- इरानी सेनाले अजरबैजानसँगको सीमा नजिकै सैन्य अभ्यास थालेको छ।
सरकारी समाचार माध्यमहरुका अनुसार उत्तरपश्चिम इरानको एक क्षेत्रमा सेनाले स्वदेशमै बनेका लामो दूरीका ड्रोन र अन्य उपलब्धिहरूको परीक्षण पनि गरिरहेको जनाएको छ।
सैन्य अभ्यासमा ट्यांक, हेलिकोप्टर र अत्याधुनिक हतियारसहितका सेना परिचालित गरेको बताइएको छ।
गत महिना इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले सीमा क्षेत्र नजिकै हतियारसहितको सेना पठाएको थियो। त्यसको बदलामा अजरबैजान, टर्की र पाकिस्तानले पनि बाकुमा संयुक्त सैन्य अभ्यास गरेका थिए।
इजरायल र अजरबैजानबीचको निकट सैन्य सम्बन्धले आफू चिन्तित भएको इरानले बताइरहेको छ।
इरान र इजरायल एकअर्काका कट्टर शत्रु हुन्। इजरायलले गत वर्ष अर्मेनियासँग चलेको ४४ दिन लामो युद्धका क्रममा अजरबैजानलाई अत्याधुनिक ड्रोन र अन्य सामाग्री उपलब्ध गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।