काठमाडौं- भारतको उत्तर प्रदेशस्थित शामली जिल्लाको किरण शहरमा एउटा पटाखा कारखानामा भएको बिस्फोटमा चार जनाको मृत्यु भएको छ। घटनामा अन्य सात जना घाइते भएका छन्।
बीबीसीका एसोसिएट पत्रकार समिरात्मज मिश्रका अनुसार प्रहरी र प्रशासनिक अधिकारीहरु घटनास्थल पुगेका छन्।
पटाखा कारखानामा बिस्फोट भएपछि दमकलले आगो निभाउन ठूलो संघर्ष गर्नुपरेको थियो।
आगो नियन्त्रणमा आएसँगै भग्नावशेषमा फसेका मजदुरहरुको उद्धार जारी छ। घटनाको सन्दर्भमा शामली जिल्ला मजिस्ट्रेट जसजित कौरले भनिन्,‘अवैध रुपमा चलिरहेको एउटा कारखानामा बिस्फोट भएको छ। जहाँ अवैध रुपमा पटाकाहरु बनाइरहेका थिए। शीर्ष अधिकारीहरु घटनास्थलमा छन् र अनुसन्धान गरिरहेका छन्।’
प्रत्यक्षदर्शीका अनुसार बिस्फोट यति शक्तिशाली थियो कि छेउछाउको घरको ढोका र झ्यालहरु पनि हल्लाएका थिए।
शामली जिल्लामा गतवर्ष पनि काधला शहरमा बिस्फोट भएको थियो। उक्त बिस्फोटमा धेरै मानिसहरु मारिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।