काठमाडौं- उत्तर कोरियाले फेरि मिसाइल परीक्षण गरेको छ। बिहीबार उत्तरले आफ्नो नयाँ एन्टी-एयरक्राफ्ट मिसाइल परीक्षण गरेको हो। एक महिना भित्र उत्तर कोरियाले गरेको यो चौथो परीक्षण हो।
केही दिन पहिला उत्तर कोरियाले एक नयाँ हाइपरसोनिक मिसाइल लञ्च गरेको थियो। उक्त मिसाइलमा परमाणु क्षमता भएको जनाइएको छ।
परीक्षणलाई लिएर अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिंकनले भने, यो परीक्षणबाट "अस्थिरता र असुरक्षालाई लिएर धेरै आशंका उत्पन्न भएको छ।" उता, उत्तर कोरियाले भने आत्मरक्षाका हतियार आवश्यक रहेको बताएको छ। उसले अमेरिका र दक्षिण कोरियाले दोहोरो मापदण्ड अपनाएको आरोप लगाएको छ।
उत्तर कोरियामा भएको पछिल्लो परीक्षणले कडा प्रतिबन्धका बाबजुद पनि हतियार निर्माणमा कमी गर्ने इच्छा रहेको छैन। उत्तर कोरियाली न्यूज एजेन्सी केसीएनएका अनुसार नयाँ एन्टी-एयरक्राफ्ट मिसाइलले राम्रो युद्ध क्षमता प्रदर्शन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।