काठमाडौं- पोल्याण्डले बेलारुसको सीमा पार गरेर आएका अफगान शरणार्थीहरुको समूहलाई अवैध ढंगले हटाएको एम्नेस्टी इन्टरनेशनलले आरोप लगाएको छ।
बिहीबार प्रकाशित एक डिजिटल अनुसन्धानमा एक १५ बर्षीया बालिका र चार महिलाहरुसहित ३२ जनाको समूहलाई आफ्नो भू-भागबाट हटाएको आरोप लगाएको हो।
एम्नेस्टीका अनुसार पोल्याण्डका अधिकारीहरुले गरेको अमानविय कार्य स्याटालाइटको माध्यमबाट हेरिएको थियो। ती अफगानीहरु १८ अगस्टमा बेलारुसको सीमा पार गर्दै पोल्याण्ड पुगेका थिए।
त्यसको एक दिन पछि उनीहरुलाई बेलारूस फिर्ता पठाइएको थियो। ‘यो एक गैरकानूनी काम हो,’ एमनेस्टीले भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।