काठमाडौं- तालिबान सरकारले अफगानिस्तानका महिलालाई अध्ययन अध्यापनका लागि प्रतिबन्ध लगाएपछि अहिले विश्वविद्यालयहरू सुनसान भएका छन्।
प्रतिबन्ध कारण महिलाहरू घरैमा बस्न थालेपछि पहिला पहिला भिडभाड तथा चहल पहल हुने विश्वविद्यालय सुनसान भएका हुन्।
तालिबान सरकारले महिलाहरूलाई शैक्षिक संस्थाहरुमा गएर अध्ययन अध्यापन गर्न, सार्वजनिक कार्यक्रममा सहभागी हुन, एक्लै घर बाहिर निस्कन प्रतिबन्ध लगाएको छ ।
अमेरिकाबाट प्रकाशित हुँदै आएको वासिङ्टनपोष्टले प्रकाशित गरेको समाचारअनुसार विश्वविद्यालहरुमा पुरुषहरु मात्रै देखिएका छन्।
विद्यालय गएका छात्राहरूलाई पनि इस्लामिक पोशाक लगाएर जानु पर्ने र कक्षामा छात्रहरूसँग राख्न नहुने मापदण्ड तय गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।