काठमाडौं- उत्तर कोरियाका शासक किम जोङ उनले दक्षिण कोरियासँगको हटलाइन पुन: सुरु गर्न तयार रहेको बताएका छन्।
उनको यस्तो भनाइ उत्तर कोरियाली संसद बैठकका क्रममा आएको बीबीसीले जनाएको छ। उत्तर कोरियाले यस वर्ष अगस्टमा अमेरिकासँग दक्षिण कोरियाले सैन्य अभ्यास गरेपछि उक्त हटलाइन सेवा बन्द गरेको थियो।
संसदमा किमले अमेरिकाले उत्तरप्रतिको आफ्नो "शत्रुतापूर्ण नीति" परिवर्तन नगरी छलफलको प्रस्ताव गरेको आरोप लगाएका छन्।
सरकारी समाचार संस्था केसीएनएले किमलाई उदृत गर्दै भनेको छ, "अमेरिका 'राजनीतिक जोड' को कुरा गरिरहेको छ तर यो अन्तर्राष्ट्रिय समूदायलाई धोका दिने र आफ्नो शत्रुतापूर्ण कामलाई लुकाउने चाल हो। यो अमेरिकी प्रशासनद्वारा लगातार अपनाइएको शत्रुतापूर्ण नीतिको विस्तार हो।"
तर, किमले दक्षिण कोरियाका साथ शान्तिको सशर्त प्रस्ताव बढाइरहेको देखिएको बीबीसीले जनाएको छ।
केसीएनएको रिपोर्टमा भनिएको छ, "किम जोनले कोरियाका दुई देशकाबीचको हटलाइनलाई अक्टोबर भन्दा पहिला पुन सुरु गर्ने इच्छा व्यक्त गरेका छन्। तर, यो दक्षिण कोरियाका अधिकारीहरुको रवैयैमा निर्भर हुन्छ कि दुबै देशको सम्बन्धलाई बहाल गरिन्छ या अहिले स्थितिलाई यतिकै बिग्रन दिइन्छ।''
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।