काठमाडौं- रूस र पाकिस्तान बीचको सम्बन्धमा सुधार आएको छ। यसलाई भारत र रूसको सम्बन्धमा आएको दूरीको नतिजाको रुपमा हेरिएको बीबीसीले जनाएको छ।
रूसी समाचार एजेन्सी ताशका अनुसार रूसी र पाकिस्तानी रक्षा मन्त्रालय रक्षा सहयोग बढाउनका लागि तयार रहेका छन्।
ताशका अनुसार बुधवार रूसी उप-रक्षा मन्त्री एलेक्जेन्डर फोमिनले इस्लामाबादमा द्विपक्षीय सैन्य सम्पर्क समितिको एक बैठकमा यस्तो बताएका हुन्।
फोमिनले भने, ''वार्ताका क्रममा दुबै पक्षले पारस्परिक हितको सम्बन्धमा भएको प्रगतिको प्रशंसा गरे र सैन्य सहयोग बढाउनेबारे सहमत भएका छन्।''
ताशका अनुसार, रूस र पाकिस्तानमा द्विपक्षीय सम्बन्धलाई लिएर सरगर्मी बढेको छ। फोमिनले दुबै देशबीच बढेको सम्बन्ध र रक्षा सहयोग क्षेत्रीय सुरक्षाका लागि महत्वपूर्ण रहेको बताए।
उनले पाकिस्तान ति केही देश मध्ये रहेको जसले महामारीकाबीच पनि पूर्न निर्धारित कार्यक्रममा कुनै कटौती गरेको छैन।
उनले केही वर्षमा दुई देशबीचको सम्बन्धमा निकै गति आएको र रक्षा सहयोगका विषयमा महत्वपूर्ण सहमति प्राप्त भएको उल्लेख गरे।
यसअघि १४ सेप्टेम्बरमा पाकिस्तानका प्रधानमन्त्री इमरान खान र रूसी राष्ट्रपति भ्लादमिर पुटिनले अफगानिस्तानमा परिवर्तित अवस्थाबारे फोनमा कुराकानी गरेका थिए।
एक महिना भन्दा कम समयमा दुई नेताबीच दुई पटक फोनमा कुराकानी भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।