काठमाडौं- भारतको महाराष्ट्रमा पछिल्ला ४८ घण्टामा बाढीबाट १२ जनाको मृत्यु भएको छ।
बीबीसी हिन्दीका अनुसार बंगालको खाडीमा बनेको सामुद्रिक आँधी गुलाबको प्रभावले भारत महाराष्ट्रका धेरै स्थानमा भीषण वर्षा भइरहेको छ। कतै कतै बाढी पनि आइरहेको छ।
प्रकोप व्यवस्थापन विभागका अनुसार पालघर जिल्लामा ठूलो वर्षा भइरहेको छ।
मुम्बई–अममदाबाद राष्ट्रिय राजमार्गमा बाढीको पानी पसेका कारण यातायात सञ्चालनमा कठिनाइ भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।