काठमाडौं- भारतको पिपल्स डेमोक्रेटिक पार्टी (पीडीपी) की नेतृ महबुबा मुफ्तीले आफूलाई पुन: नजरबन्दमा राखिएको दाबी गरेकी छिन्।
हाल जम्मू कश्मीरमा रहेकी मुफ्तीले ट्वीट गर्दै आफूलाई नजरबन्दमा राखेको दाबी गरेकी हुन्। उनले आफू त्रालमा रहेको एक गाउँमा जान खोज्दा जान नदिएको पनि बताएकी छन्। उनले उक्त गाउँमा सेनाले तोडफोड गरेको समेत बताएकी छन्।
उनले सेनाले उक्त गाउँको मानिसलाई पहिलोपटक पिटेको घटना नभएको बताएकी छिन्।
उनले कश्मीरको वास्तविक तस्बिरभन्दै भारत सरकारको निम्तोमा कश्मीर भ्रमणमा पुगेको विदेशी प्रतिमण्डलमाथि समेत प्रश्न उठाएकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।