काठमाडौं- अमेरिकाले अफगानिस्तानमा २० बर्षसम्म आफ्नो सैन्य उपस्थिति कायम राख्दा देशमा युद्ध अपराध गरेको तालिबानले आरोप लगाएको छ।
तालिबानको सांस्कृतिक आयोगका सदस्य जावाद सरगरले अफगान समाचार च्यानल टोलो न्यूजसँग भने, ‘अमेरिका यी अपराधहरुका लागि जिम्मेवार छ। किनकि उसको सेनाले अफगानिस्तानमा हमला गरेको छ। बन्दुक र हतियारले लोकतन्त्र ल्याउनु भनेको युद्ध अपराध हो।’
यता, अन्तर्राष्ट्रिय मामिलाका विशेषज्ञ मोहम्मद खान एन्डरले सबैविरुद्ध छानबिन गर्नुे बताएका छन्।
एन्डरले भने, ‘उनीहरु मात्र तालिबान र इस्लामिक स्टेट होइनन्। अफगानिस्तानमा धेरै उग्रवादी संगठनहरु थिए र सम्भवतः उनीहरु अझै पनि छन्। यसैले हामी अन्तर्राष्ट्रिय समुदाय विशेष गरी संयुक्त राष्ट्र संघलाई यो अपील गर्दछौं कि उनीहरु सबैविरुद्ध छानबिन गर्नुपर्छ।’
अन्तर्राष्ट्रिय आपराधिक अदालतले अफगानिस्तानमा विगत २० बर्षमा तालिबान र इस्लामिक स्टेटले गरेको मानवताविरुद्धको अपराधको छानबिन गर्ने घोषणा गरेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।